कलश खरेल
१३ जुलाई, वार्सावा। आदिमकालदेखी देश विकास र परिवर्तनको सम्बाहक संचार माध्यम त्यसमा सम्बद्ध पत्रकार रहेको आम जनमानसमा जगजाहेरनै छ।नेपालको सन्दर्भमा विश्लेषण गर्दा २००७ सालदेखि २०६३ सम्मको जनान्दोलनसम्म आइपुग्दा संचारकर्मीहरुले निरन्तर धारावाहिक रुपमा सत्य-तथ्य एवं जनचेतनामूलक सूचना तथा समाचार प्रबाह गरेर नै परिबर्तन संभव भएको ज्वलन्त उदाहरण हामी माझ सर्वविधितै छ।पत्रकारिता जगतमा पनि आफ्नो जीवनको सुरक्षा प्रवाह नगरी अहोरात्र खटिने ती अमुल्य निधि र स्रस्टालाई न्यायोचित कदर तथा सम्मान गरिनु पर्दछ।विभिन्न आरोह-अबरोह पार गर्दै अबिछिन्न कलम चलाइरहेका अद्दितीय, प्रखर युवा पत्रकार एवं प्रदेश नम्बर पाँच कृषि पत्रकार समाज नेपालका अध्यक्ष कृष्ण खनाललाई आज हामीले पोल्यान्ड -नेपालको विशेष सम्बादमा जोडेका छौ।अर्घाखाँची जिल्लामा जन्मिएका खनाल एस .एल. सि उत्तीर्ण पछि पत्रकारिताको सङ्गमस्थल बुटवलमा झरे।उनको सक्रियता र बौद्धिकताले उनलाई खाली बस्न दिएन परिणामस्वरुप २०६५ सालमा मोफसलको चर्चित पत्रिका नयाँ भावना दैनिकमा आवद्ध भई औपचारिक रुपमा पत्रकारिताको अध्याय सुरु गरे।करिब ६ महिना सम्म बिना पारिश्रमिक श्रम शोसित भएर नै उक्त पत्रिकामा कर्तव्य निर्बाह गरेका खनालको भोगाइबाट छर्लङ्ग हुन्छ कि आर्थिकरुपमा श्रमजिबी पत्रकारलाई शोसितमात्र गरिएको छ जहाँ उनीहरुको कर्तव्य निर्वाहको कुनै मुल्यांकन हुदैन।यो एउटा ज्वलन्त उदाहरण हो।यधपी उक्त मिडियाले श्रम शोषण गरि आर्थिकरुपमा निरीह बनाउदा पनि उनी आफ्नो कर्तव्य निर्बाहमा कहिल्यै रोकिएनन् बरु उनको पत्रकारिता अझै निखारताको उत्कर्समा पुग्दै गयो।रोक्नेले रोक्न खोजिरहे,छेक्नेले छेक्न खोजिरहे तर खनालले कदापी विश्राम लिएननँ।नयाँ भावना, बुटवल टुडे, दैनिक पत्र, जनसङ्गघर्स, स्वाधीन पत्रिका हुँदै पुन: बुटवल टुडेमा आवद्ध भएका खनालले अधा दर्जन भन्दा बढी पत्रिकामा अनबरत सेवा प्रदान गरेका एक सफल प्रेरणादायी पत्रकारको रुपमा चिनिन्छन् । बुटवल टुडे रास्ट्रिय दैनिकका वरिष्ठ सम्बादाता,कृषि पत्रकार समाज नेपाल प्रदेश ५ का अध्यक्ष एबम लोकप्रिय पत्रकार कृष्ण खनालसङ्ग कृषि पत्रकार समाज गठनको उद्देश्य एवं नीति तथा कार्यक्रम सन्दर्भमा पोल्याण्ड-नेपालका सम्पादक कलश खरेलले गरेको सन्क्षिप्त कुराकानी…….
प्रश्न: सुरुवातमा सबैको चासो र ध्यान केन्द्रित भएको लोकप्रिय पत्रकार तपाईंको पत्रकारिता यात्रा कसरी सुरु भयो?
जवाफ: विशेषगरी २०६५ सालमा बुटवलको नयाँ भावना दैनिकबाट पत्रकारिता सुरु गरेको हु।त्यहाँ करिब ६ महिनासम्म काम गरे बिडम्बना एक रुपैयाँ पनि पारिश्रमिक पाएन।त्यो दु:खद परिस्थितिबाट गुज्रिसकेपछी बिस्तारै बुटवल टुडेमा आबद्ध भए।सुरुवातमा स्ट्रेञ्जेरको रुपमा प्रबेश गरेको हुँ।त्यसपछि काम गर्ने दौरानमा अहिले बरिस्ठ सम्बादाता,कृषि पृष्ठ संयोजक र डेक्स इनचार्जको रुपमा काम गरेको छु।
प्रश्न: पछिल्लो समय तपाईंको नेतृत्वमा ५ नम्बर प्रदेश कृषि पत्रकार समाजको गठन भएको छ, यो समाज गठन गर्नुको मुल उद्देश्य के होला?
जवाफ: यो नितान्त कृषि क्षेत्रमा काम गर्ने संचारकर्मीको साझा थलोको रुपमा बिकास भएको संस्था हो।हामी कृषि क्षेत्रमा कलम चलाउने प्रदेश ५ का विभिन्न जिल्लाका साथिहरु सहभागी भएर कार्यसमिती गठन गरेका छौ।केही समय अगाडिनै कृषि पत्रकार समाज रुपन्देही जिल्लामा सक्रियरुपमा अगाडि बढिरहेको छ।
प्रश्न: बिगत केही समयदेखि पत्रकारिता क्षेत्रमा संघ-सस्था निर्माण गर्ने क्रम बढदै जादा नेतृत्वमा जान रस्सा कस्सी चल्ने तर काम केही पनि नहुने भन्ने टिकाटिप्पणि चलिरहेको छ नि येसमा तपाईंको धारणा के छ?
जवाफ: पेशागत पत्रकारिताको दौरानमा विभिन्न संघ -संस्थाको निर्माण हुनु प्रसंसनीय बिषय र पत्रकारिता गर्ने सञ्चारक्रमिलाई यो शुभ-अबसर पनि हो।कृषि पत्रकार संघ कृषि बिट पत्रकारिता विषयमा अनुसन्धान तथा प्रक्षेपण गर्ने अग्रणि संस्थाको रुपमा विकास गर्दै लाने हाम्रो अभियान हो र यो प्रयास निरन्तर जारी रहनेछ ।
प्रश्न: ५ नम्बर प्रदेशमा पनि धेरै विकट जिल्ला त्यसमा पनि अति पिछडिएका वर्ग कृषि क्षेत्रमा आश्रित छन्।उनीहरुसंग प्रयाप्त मात्रामा आर्थिक स्रोतको अभाव हुदाँ मनग्य कृषिजन्य समानको उत्पादन हुन सकिरहेको छैन।अर्को तर्फउनीहरुले अपेक्षा गरेअनुसार आर्थिक लाभ पनि लिन सकिरहेका छैनन् यस्तो संबेदनसिल अवस्थामा उनीहरुको जीवन उकास्न संस्थाले के भुमिका निर्वाह गर्न सक्छ?
जवाफ: प्रश्न निकै बिचारणिय र संबेदनसिल छ।हामी नीति निर्माण गर्ने स्थरमा त पक्कै पनि छैनौ।यधपी नीति निर्माण गर्ने पक्षसङ्ग किसानको दुःख, बेदना र सफलताको कथा यथासिघ्र पुराउने छौ।हाम्रो लेखन तथा आवाजका माध्यमबाट सम्बन्धित पक्षलाई घच्घचाउन पक्कै पनि मद्दत पुग्नेछ। बिगतदेखि नै वास्तविक किसानको पक्षमा नबोल्ने तर अत्याचार र शोषण शैलीलाई बढवा दिने जुन गलत र गैरजिम्मेवार परिपाटी बस्दै आएको छ त्यो तत्काल चिर्नु आबस्यक छ।तदनुरुप हामी निरन्तर आम किसानको पक्षमा खबरदारी गर्छौ।
प्रश्न: कृषि पत्रकारिता क्षेत्रमा धेरैले कलम चलाउन खोजिरहेका छन् तर स्पस्ट रुपमा भन्ने हो भने उनिहरुले लेखेको समाचार पानी बिनाको माछा जस्तो भएको देखिन्छ। केवल रहरले मात्र कृषि पत्रकार हुन सम्भब छ?
जवाफ: रहरले मात्र पत्रकारिता कदापि सम्भब छैन।अरु घोडा चढ्यो भन्दैमा म पनि घरको धुरी चढ्छु भनेर आबेगमा लाग्नु, कृषि पत्रकारिता अपाच्य हुन्छ।विशेषगरी कृषि क्षेत्रको कुरा गर्ने हो भने बिसादी,बीउ,बिजन एबम नीति-नियमको सन्दर्भमा स्पष्ट हुनु पर्द्छ।यो येथार्थमा गम्भीर र चुनौतीपूर्ण छ।तसर्थ गहन अध्ययनपछि मात्र आबद्ध हुन समन्धित सबैमा निवेदन गर्दछु।
प्रश्न: अन्त्यमा के भन्न चाहानु हुन्छ?
जवाफ: यथार्थमा ६६.६५ प्रतिशत नेपालका जनता अझै पनि कृषि क्षेत्रमा आश्रित छन्।तर कृषि क्षेत्रको यथोचित बिकास बर्तमान समयसम्म आएपुग्दा अझै भएको छैन।यो कटु सत्य हो।कहाँ निर अनियमितता भयो,कमजोरी भयो भन्ने सन्दर्भमा तत्काल सोध-खोज हुन जरुरी छ।हामी त्यो दिशातर्फ खबरदारी गर्छौ।अन्त्यमा मेरा केही बिचारहरु प्रस्तुत गर्ने मौका दिएकोमा पोल्याण्ड-नेपाल परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु।