१० जुलाई, वार्सावा । रसियामा जारी विश्व कपमा आज भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स स्यामुअल उमटीटीको एक गोलको मद्दतले १२ वर्ष पछि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आज भएको बेल्जियम बिरुद्दको खेलमा ५१ औं मिनेटमा हेड मार्फत उनले गरेको गोल नै फ्रान्सलाई जिताउन निर्णायक साबित भयो । यस अघि फ्रान्स २००६ मा गर्मनीमा सम्पन्न भएको विश्वकपमा फाइनल पुगेको थियो, जुनबेला फ्रान्स इटालीसंग ट्राइबेकारमा ५-३ ले पराजित हुदैँ उपाधि चुम्नबाट बन्चित भएको थियो।त्यसो त फ्रान्स सन् १९९८ सालको विश्वकप बिजेता हो।
चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो ।आफ्नो पक्षमा धेरै बल खेलाएको वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गर्यो तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो । अब फ्रान्सले उपाधिका लागि भोली हुने दोश्रो सेमिफाइनल इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँगआइतबार प्रतिस्पर्धा गर्नुपर्नेछ ।