अविवाहित युबतिको तिब्र चाहना र भावनालाई सङ्गीनी एल्बमले बुलन्द गरेको छ

कलश खरेल

१० जुलाई, वार्सावा।संसारकै सर्बमान्य शब्दनै गीत-सङ्गीत हो।सङ्गीतको दायरानै फराकिलो छ जहाँ हरेक जात,बर्ग,धर्म,लिङ्ग,फरक भुगोलका मानिस अनुपम आनन्दमा एकताबद्ध भएका ज्वलन्त उदाहरण छन्।मानिस चाहे बिरामी भएर अशक्त होस त्यो समय पनि गीतको धुनले उस्को पिडालाई मत्थर गर्न सक्छ।यसरी अन्तरबस्तुमा बिस्लेषण गर्यौ भने सङ्गीतको शक्ति अथाह एवं लाभदायक हुन्छ।सङ्गीतका श्रस्टाहरुलाइ जोडने क्रममा आज हामिले पछिल्लो समयकी चर्चित एवं सुन्दरी गायिका कल्पना कुसुमलाइ पोल्यान्ड -नेपालको विशेष सम्बादमा जोडेका छौ।

36860756_2061136610563605_2468781853536944128_n
 

गुल्मिको रेसुङ्गा नगरपालिकामा जन्मिएकी कुसुमको जीवन यात्रा सामान्य नै थियो तर २०७० सालको सन्दर्भले उनको यात्रामा निकै उतार-चढाव ल्यायो।उनी अचानक असत्त बिरामी भइन त्यसपश्चात नेपालको धेरै अस्पताल तथा स्वास्थ्य संघ -सस्थामा उपचार गराउदा पनि सम्भब नभएपछी भारतको दिल्लीमा उपचार गराएपछी मात्र उनी पुर्णरुपमा स्वस्थ हुन सफल भइन।भर्खर -भर्खर स्वास्थमा निखारता छाउदै गर्दा उनका श्रीमानले सङ्गीत शिक्षालयमा भर्ना गराए।उद्देश्य थियो तन-मन पुनर्ताजगी गराउने तर त्यो क्षणनै उनकालागी बरदान साबित भयो।सङ्गीत प्रशिक्षणको परिणाम नै गायीकाको जन्म भयो।२०७० सालदेखी औपचारिक गायन अध्याय सुरु गरेकी कुसुमले अहिलेसम्म चारवटा गीति एल्बम बजारमा ल्याएकी छन।त्यो मध्ये पनि २०७२ मा प्रकाशित यसपालिको तीजमा मैले लेङ्गा लगाउछु नामक तीज गीतले कुसुमलाई चर्चाको शिखरमा पुर्यायो।उनै कर्णप्रिय आवाजकी धनि, सुन्दरी गायिका कुसुमसँग गीत -सङ्गीतको विभिन्न पाटाेलाइ समेटेर पोल्यान्ड -नेपालका सम्पादक कलश खरेलले गरेको विशेष कुराकानी..
प्रश्न: तपाईंको जन्मबारे आम दर्शकलाई खुलस्त पार्नु हुन्छ कि?
जवाफ: म गुल्मी जिल्लाको सुन्दर नगरी रेसुङ्गा नगरपालिका दशमा जन्मिएकी हु।मेरो बाल्यकाल साधारणरुपमै बित्यो।बुवा -आमाको अगाध माया र सद्भावबाटनै म हुर्किएकी हु।उहांहरुको स्नेहनै मेरो लागि जिबन्त प्रेणाको श्रोत बनेको छ।
प्रश्न: तपाईंको साङ्गीतिक यात्रा कसरी सुरु भयो?
जवाफ: मेरो जीवनमा अबिस्मरणिय क्षणले हरेक पटक मलाई झकझकाउछ।२०७० सालमा म अनपेक्षितरुपमा बिरामी हुन पुगे।त्यो समयमा हामीले नेपालका हरेक जसो हस्पिटल,स्वास्थ्य संस्थामा चेकजाँच गरायौ तर रोगमा सुधार हुने लक्षण नदेखेपछी भारतको दील्लिमा पुर्णउपचार पश्यात स्वस्थ भए।गम्भीर अबस्थाबाट मुक्त हुँदै गर्दा मेरो श्रीमानले पुनः त्यो अबस्था श्रीजना नहोस् भन्ने हेतुले सङ्गीतालयमा भर्ना गर्नुभयो।सङ्गीतको प्रशिक्षणनै मेरा लागि गायनयात्राको ढोका खुल्ने माध्यम बन्यो।

प्रश्न: पछिल्लो समय लोकदोहोरी क्षेत्रले आमजनमासमा लोकप्रियता छाइरहदा उत्तिकै मात्रामा बिकृती-बिसङ्गती मौलाएका छन्।यो नाजुक परिस्थीलाई अन्त्य गरेर गीत-सङ्गीतलाई जिबन्त बनाइराख्न के गर्नुपर्छ जस्तो लाग्छ तपांईलाई ?
जवाफ: हरेक बिसय बस्तुका सकारात्मक वा नकारात्मक दुबै पक्ष हुन्छन् यो स्वभाबिक हो।प्रत्येक सन्दर्भलाई गलत अर्थबाट नजरअन्दाज गरियोभने पक्कै पनि त्यहाँ खाडल सृजना हुन्छ । तसर्थ सकारात्मक पक्षलाई अनुसरण गरि नकारात्मक पाटा्ेलाई हटाउनु पर्दछ।अर्कोतर्फ दर्शक-श्रोता पनि आजको युगअनुसार अत्यन्त सजग र सचेत छन्।फलतः यी गलत परिदृश्यहरु स्वतह निर्मुल हुँदै जान्छन्।परिबर्तनलाई समयानुकुल अङ्गीकार गर्न कन्जुस्याइँ गरीनु हुदैन।मौलिकता र पहिचानलाई निरन्तर गीत मार्फत उजागर गर्यौ भने लोक सङ्गीत जिबन्त हुन्छ।

 36986389_270599180359974_4871834725871779840_n

प्रश्न: तीजको माहोल पनि तातिसकेको छ कस्तो एल्बम बजारमा ल्याउदै हुनुन्छ?
जवाफ: हरेक तह-तप्काका मानिसहरू छम-छमी नाच्ने सङ्गीनी एल्बम निकट भबिस्यमै बजारमा रीलीज हुँदै छ।अविवाहित युबतिहरुको तिब्र चाहना र भाबनालाइ यो गीतले बुलन्द गरेको छ।कुनै पनि बिसय जबरजस्त लादिनु हुदैन भन्ने सन्देश येस गीतमार्फत दिन खोजिएको छ।

प्रश्न: तीज भडकिलो भयो मौलिकता चटक्कै त्यागेर आधुनिक आडम्मर बढीमात्रामा दर्शाइयो भन्ने टिकाटिप्पणि छ नी, यसबारे तपाईंको धारणा के छ?
जवाफ: भड्किलो रुपमा मात्र गीत पक्कै पनि आएका छैनन्।समयानुसार परिमार्जित गरेर कला संस्कृतिलाई समेटेरनै गीतले भावना प्रस्तुत गरेको हुन्छ।यधपी परम्परा र तीजको मौलिकतालाई बिर्सनु हुदैन।

प्रश्न: अन्तमा आम दर्शक -श्रोतालाइ के भन्न चाहानुहुन्छ?
जवाफ: मेरा हरेक श्रीजना र गीतलाई दर्शक श्रोताले अतयन्त माया गर्दै आउनु भएको छ।यो पुनित अबसरमा आम दर्शकप्रती हार्दिक नमन गर्न चाहान्छु। मेरा केही भनाइहरु ब्यक्त गर्ने अबसर प्रदान गर्ने पोल्यान्ड नेपाललाई हार्दिक आभार साथै दर्शक श्रोताबाट सदैब न्यानो माया सहित सकारात्मक सल्लाह सुझाबको अपेक्षा गर्दछु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.