MITRA LAL PARDAY
POLAND
(कसैको जीवनमा मेल खाएमा संयोग हुनेछ )
“म पनि सयौ पटक हारेको थिए साथी तर तिमी ……….”
रोनाल्डो मेस्सी नेयमारले हारेर आत्महत्या गर्ने प्रिय मित्र ,
कायर हौ भनु प्रिया ज्यान फाल्यौ ,,
बहादुर पनि कसरी भनु ,
जिन्दगी भर आमा र बुवाको आसुले,
आत्मा पिरोल्ने भो ,,
जे गर्यौ दु:खद गरयौ ,
नेयमारले जिते पनि तिम्रो जिभ्रोमा नुन लाग्ने थिएन,
हारे पनि जिते पनि जिभ्रामा नुन लगाउने अरु नै थिए ,,
खेलमा रमाउने पो हो ,
जिन्दगी नै सखाप पार्ने होइन साथी ,
मर्नु नै थियो भने अर्काको गोडाको भकुन्डोमा मर्नु थिएन साथी
आफ्नै बिचारले भकुन्डो स्थापित गरेको भए ,
कुनै उद्देश्यमुलक सोचमा मरेको भए ,,
सन्तोष राख्ने बाटो हुन्थ्यो साथी,
किन कि,
समाज वास्तविक्ता भन्दा रङिन स्क्रीनहरुमा भुलेको हुन्छ,,
हो होल्लामा रमाएको हुन्छ ,
त्यही होहल्लामै मर्यौ साथी ,,
तिमी त अरु देशले हार्यो भनेर मर्यौ साथी
मैले त सयौ पटक आँफै हारेको छु साथी
तर पनि जित्छु नै भनेर यात्रा जारी छ साथी
सयौ पटक राम्रो सोच्दा सोच्दै हार्दा
मलाई पनि तिमी जस्तै मर्न रहर थियो ।
मलाई पनि मेटासिट पिएर मर्न रहर थियो ।
समाजको अगाडि झुन्डिएर मर्न रहर थियो साथी ,
तिमीले त एकपटक मेस्सी रोनाल्डो नेयमार हार्दा ठुलो चोट मान्यौ,,
तर मैले सयौपटक हारेको छु साथी ,
तर जिन्दगीको यात्रामा हिंडेकै छु साथी,,
तिमीलाई हुर्काउन तिम्रा बाबा आमाले हजार पटक हारेका छन्,,
तिमीलाई प्रेम दिन तिम्री श्रीमतिले हजारौपटक हारेकी छन् ,
बिचार किन गरेनौ साथी ,
तिम्री प्रियाले ,,
जन्म दिने बाबा आमालाई ढाटेकी छन् ,
झुट कुरा बोलेर भएपनि ,,
पढ्न जान्छु भनेर भए पनि ,
बाख्रा ग्वाला जान्छु भनेर भए पनि,,
फिलिम हेर्न जान्छु भनेर भएपनि ,
लुकी लुकी तोरी बारिमा दिएको माया,,
लुकी लुकी खाल्साखुल्सिमा दिएको माया,
सबै बिर्सेंछौ साथी ,,
नेयमार रोनाल्डो र मेस्सिले हार्यो भनेर आत्महत्या गर्यौ साथी,
मरेर जानेलाई केको चिन्ता बाच्नेलाई पो हुन्छ गार्हो साथी ,,
हो हल्लामै भुकुन्डोमै मर्नु ठीक थिएन प्रिय साथी,
तर मरिहाल्यौ ,,
नेयमारले खेल्ने भुकुन्डो ,
तिम्रो आमाले हजारौ पटक बनाएकी थिइन् ,,
रोनाल्डोले लात हान्ने भुकुन्डो ,
तिम्रा बाबाले सयौ पटक बुनेका थिए,,
साथी तिमी गेदा भनेर खेलेको भुकुन्डो पनि कम थिएन ,
साथी तिमी मर्दा किन गेदा सम्झ सकेनौ ,,
साथी तिमी नेयमारले हार्यो भनेर सम्झदा ,
किन तिमी तिम्रो बाबा आमालाई सम्झन सकेनौ ,,
साथी तिम्रो भकुन्डो हेर्दा जोश पैदा गराउने आमा आज हार्नु भो ,
साथी तिम्रो बल खेल्न जा बाबु भनेर ताते ताते गर्ने तिम्रो बुवा आज हार्नु भो ,,
मर्नु भन्दा अगाडि साथी
मात्र एकपटक
तिमी र हामी कुनै दिन टालाको भकुन्डो खेलेको सम्झेको भए हुन्थ्यो ,
तिमी र म बगैचामा भकुरा भकुर गरेको सम्झेको भए हुन्थ्यो ,,
अर्को देशको टेलिभिजन भित्रको कुनै एक खेलाडिले हार्दा तिमीले बिर्स्यौ सबै ,
पानीमा पौडी खेल्दा डुब्यौ गुहार भनेकै हौ ,,
आखिर मैले बल्ल बल्ल बचाएकै थिए साथी ,
घुटु घुटु पानी पिएकै थियौ साथी ,
तर आज टेलिभिजन भित्र देखिने खेलमा जिन्दगी नै डुबायौ ,
यती पनि ख्याल गरेनौ हगि ,
त्यो खेल हेर्न तिमीले जग्गा बेच्नु पर्दथ्यो ,,
रिन गर्नु पर्दथ्यो ,,
तर त्यसैको लागि तिमी मर्यौ हगि ,
रोनाल्डो मेस्सी नेयमार भन्दा ,
स्क्रीन्मा देखिने खेलाडी भन्दा ,,
लङुटी लगाएर तिमीलाई,
पसिना पुछेर ताते ताते गर्ने,,
हजारौ गुना ठुला नेयमार तिम्रा बाबा थिए साथी,
रोनाल्डो नेयमार मेस्सी खेल्ने भकुन्डो भन्दा ,,
स्क्रीनमा देखिने फूटबल भन्दा ,
तिमी खेल्ने टालाको फूटबल ठुलो थियो साथी ,,
नेयामारले खेल्ने भुकुन्डो भन्दा
तिम्री आमाले बनाएको भकुन्डो सजिब थियो साथी ,
साथी नजानु थियो गयौ ,
हार्दिक श्रद्दान्जली ,,
साथी नगर्ने भुल गर्यौ,
मरिसकेपछी के पो गर्न सकिन्छ र,
हार्दिक श्रदान्जली मात्र पो भन्न सकिदो रहेछ,,
बरु नेयमार र मेस्सी म कसरी बन्छु
भनेर खेल खेल्दा मरेको भए सम्झन सकिन्थ्यो साथी ,
तर फ्यान् बनेर पो मर्यौ जसले तिमीलाई कहिलै सम्झदैनन् ,
एउटाको गोडाले भकुन्डो हुत्याउछ,
अर्कोले प्राण त्याग्छ ,,
म पनि ज्यान त फाल्ने हो साथी
तर तिमी जस्तो फ्यान बनेर होइन म्यान बनेर हो ,,
ज्यान फाल्नै परेछ भने म मेरो यात्रामा हिड्दा फालुला ,
तर अरुको भुकुन्डो खेलमा म कदापी ज्यान फाल्दैन है साथी ।।