६ जुलाई, वार्सावा । “उज्यालो दिनसकुञ्जेल न हाे टुकीको अावश्यकता मान्छेहरूलाई । जब मट्टीतेल सकिएर उज्यालो छर्ने सामर्थ्य सकिन्छ टुकीमा, वा खियाहरूले खाएर पुरानो हुन्छ टुकी, अनि फालिन्छ।” युवा साहित्यकार मनोज अज्ञात द्वारा लिखित उपन्यास “टुकी” को एक अंश हो यो। अंध्यारोलाई उज्यालो पार्न पक्कै पनि केहि न केहिको जरुरी हुन्छ हामीलाई। जहाँ सबैले सम्झिने एउटा नाम हो टुकी । त्यहि उज्यालो छर्ने टुकीलाई विषयवस्तु बनाएर अज्ञातले साहित्यिक कृति तयार परेका छन् ।
चितवन स्थाई घर भएका अज्ञातले आफुले बच्चा हुंदा “टुकी” बालेर जीवन यापन गरेको र पछि बिजुली बत्ती आउँदा बिस्तारै जीवनशैली फेरिएको आफु स्वएम् भुक्तभोगी हुन्। यसैबाट प्रभावित भएर आफुलाई उपन्यास लेख्न प्रेरणा पाएको बताउछन् । चितवनको निष्पट्ट अन्धकारलाई चिर्न “टुकी” बालेर जीवन यापन गरेका स्थानीय बासिन्दाहरुको जीवन बुझ्न चाहने र साहित्यमा रुचि राख्ने जो कोहीलाई अज्ञातको “टुकी” राम्रो खुराक हुनेमा उनी बिस्वस्त छन् ।
बहु प्रतिभाका धनी चितवनको शेफोर्ड एफ एममा कार्यक्रम प्रस्तोताको रुपमा बिगत लामो समय देखि कार्यरत अज्ञातले आफ्नो पहिलो उपन्यास भर्खरै मात्र प्रकाशित गरेका हुन् । नेपाली बुक्सले प्रकाशन तथा बितरणको जिम्मा लिएको “टुकी” पाठकहरुलाई मध्यनजर गर्दै भोली असार २३ गते बिहान १० बजे लायन्स भवन, नारायणगढमा एक कार्यक्रका बीच सार्बजनिक गर्ने तयारी छ । जसरी एउटा सानो टुकीले हामीलाई अध्यारोबाट उज्यालो तर्फ डोर्याउन मदत गर्छ त्यसरी नै अज्ञातजीको टुकीले नेपाली साहित्य क्षेत्रलाई उज्यालो तिर लाने बत्तीको काम गरोस् “टुकी” उपन्यासलाई सफलताको हार्दिक शुभकामना ।