कलश खरेल
६ जुलाई, वार्सावा । हरेक ठाउँ र क्षेत्रमा आउदै गरेको नेपाली महिलाहरुको महान पर्व तीजले बजार तताइरहदा पुन:वसन्त लम्साल र चेतना थापा पृथक र बेग्लै प्रस्तुति लिएर आम दर्शक माझ प्रस्तुत भएका छन।महिलाहरूले आफ्नो प्रेमी वा श्रीमानबाट निरन्तर सद्भाव,माया-प्रेमलाइ तृष्णरुपमा अपेक्षा गरेको गीतको भाबले दर्शाएको देखिन्छ भने अर्कोतर्फ महिलाहरूले कुरा मात्र गर्ने काम नगर्ने श्रीमान वा प्रेमिले गुनासो गरेको देखिन्छ।समग्रमा गीतले चलिआएको सामाजिक चलनचल्तिलाइ उतारेको प्रष्ट हुन्छ।यो गीतले पनि आम दर्शक श्रोताको मन जित्ने निर्माण पक्षले बिश्वास लियेको छ।समधुर गीतको शब्द शन्कलक बिक्कु कुवर,लय श्रीजना स्वयं गायक वसन्त लम्साल तथा निर्देशन बिस्नु भट्टराईको रहेको छ।येस गीतलाइ अर्घादरबार फिलिम्स प्रालिले बजार बेबस्थापन गरेको छ।