कलश खरेल
५ जुलाई, वार्सावा ।बिगत केही समयदेखि आम नेपाली जन -जनको मनमा जम्न सफल शब्द बोल माया बोल पुनः तीज कोसेलीको रुपमा बजारमा आएको छ।चर्चित गायक एबम सर्जक प्रकाश सपुतले बिदेशिएका नेपालिको दर्दनाक कथालाई बोल माया मार्फत प्रस्तुत गर्दा करोडौं नेपालिको मन रोएको थियो।पछिल्लो समय तीजको माहोल चलिरहदा विभिन्न साङ्गीतीक कोसेली आउने क्रम सुरु भएको छ।तेसै क्रममा लय र शब्द समायोजन सहीत सुप्रसिद्ध गायक प्रकाश सपूत एबम समधुर स्वरकी धनी बिस्णु श्रीपालिको संयुक्त आबाजमा बोल माया बोल नामक तीज एल्बम बजारमा आएको छ।
उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतलाइ धेरै भन्दा धेरै दर्शक श्रोताले मन पराउने अपेक्षा गरिएको छ।लोकपृय रचनाकार नेत्र अर्यालको शब्द श्रीजना तथा नारायण बिपिको लयमा तयार पारीएको मनमोहक गीतको भिडियोलाइ समय सापेक्ष निर्देशन मौसम हिमाली,करन चैसिर र सम्पादन सम्योजन मनोज कार्किले गरेका छन।यो समधुर गीतको बजार बेबस्थापन हीम सम्झौता डिजिटल मार्फत गरिएको छ।प्रकाश सपूत र बिष्णु श्रीपालिले गाय तिज गित बोल माया बोल हेरेर सुझाव सल्लाह अनि सेयर गर्दिनु होला है ।