युवा बैज्ञानिक तथा खगोलशास्त्री अधिकारीलाई विद्यावारिधी

२९ जुन वार्सावा। युवा बैज्ञानिक तथा खगोलशास्त्री टेक प्रसाद अधिकारीले विद्यावारिधी हासिल गरेका छन्। विगत चार वर्ष देखि निकोलस कोपरनिकस खगोलशास्त्र अध्ययन केन्द्र, पोलिश एकाडेमी अफ साइन्सेसमा पुर्ण छात्रवृत्तिमा अध्ययन तथा अनुसन्धान गर्दै आएका अधिकारीले आज उपाधी लिएका हुन्। नेपालको इलाम सुर्योदय नगरपालिका १२ का स्थाई घर भ​एका अधिकारी सो अध्ययन केन्द्र मार्फत विद्यावारिधी गर्ने पहिलो नेपाली हुन् 

36342127_10212256334434046_3188632129126793216_n

“सक्रीय तारापुञ्जहरुको वातावरण सम्बन्धि एक अध्ययन” शीर्षक अन्तरगत तारापुञ्जहरुको गहिरो अध्ययन एवं अनुसन्धान गरेका अधिकरीलाई विशिष्ट श्रेणी सहितको पीएचडी उपाधि आज आयोजित एक कार्यक्रमका माझ प्रदान गरिएको हो।अधिकरीको खोजको मुख्य निष्कर्श सक्रिय तारापुञ्जहरुको केन्द्मा सुर्यभन्दा लाखौं करोडौं गुणा पिण्ड भ​एको कालो छिद्र (ब्ल्याक होल) हुन्छ, जसको गुरुत्वाकसर्षण बलले वरिपरि रहेका पदार्थहरुलाई आकर्षण गर्दछ​। तर पदार्थहरु कालो छिद्रतिर आकर्षण मात्र नभएर आँधीको रुपमा बाहिरतिर बिकर्षण वा बगिरहेका हुन्छन्। जसलाई बैज्ञानिक भाषामा “सक्रिय तारापुञ्ज आँधी” भनिन्छ​।कम्प्यूटर प्रोग्रामिंग प्रयोग गरेर सक्रिय तारापुञ्जहरुको वातारण सम्बन्धि गहन अनुसन्धान गरेका उनले १५ भन्दा बढि बैज्ञानिक सोधपत्रहरु विश्वका उत्क्रिष्ट खगोलबिज्ञानका जर्नलहरुमा प्रकशित गर्ने देखि लिएर विभिन्न देशहरुमा ग​एर आफ्नो सोधपत्रहरु प्रस्तुत गरीसकेका छन्। उनको शोधपत्रहरुले खगोलशास्त्रमा रुची राख्ने तथा नयाँ शैक्षिक अनुसन्धान गर्ने जो कोहिलाई महत्वपुर्ण दस्तावेज हुनेमा उनी विश्वस्त छन्।आफ्नो अनुसन्धानका क्रममा उनले खगोल विज्ञानमा उत्कृष्ट अनुसन्धान गरेबापत पोलिश एकाडेमी अफ साइन्स पोल्याण्डबाट २०१६ वर्ष यूवा बैज्ञानिक पुरस्कारद्वारा सम्मानित भएका थिए ।

36295413_1722211661166838_726923970762244096_nसानै देखि तीक्ष्ण बुद्दिका धनी उनको रुचि सँधै विज्ञानमा रहने गर्दथ्यो। त्रीभुवन विश्वविद्यालयबाट बिज्ञान विषयमा बिशिस्ट श्रेणीमा स्नातकोत्तर गरेका अधिकारी आफ्नो ज्ञानलाई अझै उजागर गर्न सन २०१३ को अन्त्य तिर पोल्याण्ड आएर पुर्ण छात्रवृत्तिमा अध्यनरत थिए। नीजी विश्वविद्यालय हरुमा उच्च शुल्क तिरेर आउने र बीचमै अध्ययन छोडेर काममा लाग्ने साथै अन्य देशमा गएर काम गर्ने नेपाली बिध्यार्थीहरुका माझमा राम्रो विश्वविद्यालयमा अध्ययन गर्ने उनी प्रतिनीधी ब्यक्ति बन्न सफल भ​एका छन्। चर्को शुल्क तिर्ने नेपाली विद्यार्थीहरुलाई उनको एउटै सल्लाह छ कि भर्ना गर्नु पुर्व दलालहरुको पछि लाग्नु भन्दा सकेसम्म आफैले विश्वविद्यालय खोज्नु र नीजी नभई सरकारी वा अर्ध सरकारी जँहा छात्रवृत्तिको राम्रो ब्यवस्था हुन्छ​।

पोल्याण्ड नेपालसँग कुरा गर्दै उनले आफ्नो भावि योजनाबारे आफुले यँहा आफ्नो सम्पुर्ण अध्ययन सकेको र अब नेपालमै ग​एर खगोलशास्त्र सम्बन्धि अध्ययन एवम अनुसन्धानमा हरपल लागि रहने साथै आगामी दिनमा खगोलशास्त्रिय विषयमा रुचि रख्नेहरुलाई एउटा साझा थलोको बिकासमा आफु तल्लिन हुने बताए । 36354281_10212256334554049_6401009358611677184_nउनले अझै अगाडी थपे अब नेपालमा पनि खगोलशास्त्रमा रुचि राख्ने हरु बढ्दै ग​एको तर अवसरको खोजिमा बैज्ञानिकहरु विश्वको विभिन्न देशमा पलायन हुन पुगेका छन्। जसबाट देशले यूवा बैज्ञानिकहरुको ज्ञानबाट हुन सक्ने धेरै उपलब्धिहरु गुमाइरहेको र त्यस्ता जनशक्तिहरुलाई पलायन हुनबाट रोक्न राज्यले गम्भिर भ​एर सोच्नु पर्ने साथै तिनीहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्नु पर्ने बताए। त्यसैले खगोलशास्त्रिय अध्ययनको राज्यले प्रभावकारी योजना तथा ठोस कार्यक्रमहरु बिकास गर्न छिट्टै कदम चाल्नु पर्ने कुरामा जोड दिए । अन्त्यमा आफ्नो अनुसन्धानलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने सपुर्णमा उनले कृत्यज्ञता ब्यक्त गरेका छन् ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.