यस्तो भएमा चम्किन्छ अर्जेन्टिनाको भाग्य,कसको सम्भावना कति ?

जुन २६, विश्वकप फुटबलमा समूह डीको प्रतिस्पर्धा निकै नै रोमाञ्चक बनेको छ । यो समूहबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् । समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्ड र क्रोएसियाको समान १ अंक छ । तर गोल अन्तर अर्जेन्टिनाको भन्दा आइसल्याण्डको राम्रो छ । आसल्याण्डको गोल अन्तर माइनस २ छ भने अर्जेन्टिनाको माइनस ३ छ । यो समूहको अन्तिम २ खेल आज मंगलबार नेपाली समय अनुसार राति पौने १२ बजे (पोल्याण्डको ८ बजे) एकै समयमा हुने छ । त्यो खेलपछि मात्र अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ ।
75E53D13-A873-4216-A7BE-53922637BAF4

नाइजेरिया
यो समूहमा रहेको ३ टिममध्ये नाइजेरिया मात्र एक टिम हो जो अर्जेन्टिनाविरुद्धको खेल जितेमा अघिल्लो चरणमा पुग्ने छ । उसले अघिल्लो चरण पुग्नका लागि अरु खेलका नतिजा कुर्नु पर्दैन ।नाइजेरियासँग अर्जेन्टिनालाई बराबरीमा रोकेर अघिल्लो चरण पुग्ने सम्भावना पनि कायम छ । अर्जेन्टिनासँग बराबरी गरेको खण्डमा नाइजेरियाले क्रोएसिया र आइसल्याण्डसँगको खेलको नतिजामा पनि भर पर्नु पर्छ ।नाइजेरिया बराबरीमा रोकिएको खण्डमा क्रोएसियाले आइसल्याण्डलाई हराएमा उ अघिल्लो चरणमा पुग्ने छ । साथै क्रोएसियामाथि आइसल्याण्डको १ गोल अन्तरको जितले पनि नाइजेरियालाई अर्जेन्टिनासँग बराबरी गरे अघल्लिो चरणमा पुग्नबाट रोक्न सक्दैन । यस्तो अवस्थामा नाइजेरिया गोलअन्तरका आधारमा आइसल्याण्डलाई पन्छ्याउँदै अघिल्लो चरणमा पुग्नेछ ।
आइसल्याण्ड
एक अंकसहित तेश्रो स्थानमा रहेको आइसल्याण्डलाई अघिल्लो चरण पुग्नका लागि क्रोएसियासँगको खेल जित्नुको विकल्प छैन । क्रोएसियासँगको जित मात्र पनि आइसल्याण्डलाई अघिल्लो चरण पुग्न प्रयाप्त हुँदैन । उसले अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा भर पर्नु पर्छ ।क्रोएसियासँगको खेल २ गोलभन्दा बढीको अन्तरले जितेको स्थितिमा अर्जेन्टिना र नाइजेरियाले बराबरी खेलेमा, वा अर्जेन्टिना ३ गोलभन्दा कम अन्तरमा विजयी भएमा आइसल्याण्ड अघिल्लो चरणमा पुग्ने छ ।

अर्जेन्टिना
आइसल्याण्डकै समान १ अंक भए पनि गोल अन्तरका आधारमा तालिकाको पुछारमा रहेको अर्जेन्टिनालाई पनि अघिल्लो चरणमा पुग्नका लागि नाइजेरियासँगको खेलमा ३ गोलभन्दा बढीको अन्तरको जित बाहेक अर्को विकल्प छैन । उसले नाइजेरियालाई ३ गोल भन्दा बढीले हराएमा पनि अघिल्लो चरणमा पुग्न क्रोएसिया र आइसल्याण्डको खेलको नतिजामा भर पर्नुपर्छ ।आफू ३ भन्दा बढी गोल अन्तरले जितेको र क्रोएसिया र आइसल्याण्डबीचको खेल बराबरी भएको वा क्रोएसिया जितेको स्थितिमा अर्जेन्टिना अघिल्लो चरण पुग्ने छ । आइसल्याण्ड विजयी भएको स्थितिमा उसले क्रोएसियालाई जति अन्तरले हराउँछ, अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न नाइजेरियालाई त्यसमा १ गोल अन्तर थपेर हराउनु पर्छ । उदाहरणका लागि आइसल्याण्डले क्रोएसियालाई १–० ले हराएमा अर्जेन्टिनाले नाइजेरियालाई २–० ले हराउनु पर्छ ।

स्रोत: सिनर्जी एफ़एम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.