क्षणिक चर्चाको पात्र बन्ने व्यापारीले गर्दा साङितिक क्षेत्र धरमराएको छ

Basanta lamasal 1

देश बिकश र परिबर्तनमा गीत – सङ्गीतमा आबद्ध कलाकारहरूको अतुलनीय योगदान रहेको हामी माझ जगजाहेर नै छ।नेपालको सन्दर्भमा जोडिएर हेर्ने हो भने २००७ साल देखि २०६३ साल सम्मको आन्दोलन सम्म आइपुग्दा कलाकारहरू बिशेषगरि लोक सङ्गीत क्षेत्रका कलाकारको भुमिका मूल्यवान छ। पछिल्लो समय सामाजिक बिकृती -बिसङ्गतिलाइ गीत मार्फत लोक शैलीमा उजागर गरि सकारात्मक बिकासको पहरेदारिको भुमिका निर्बाह गर्दै आउनु भएका सम्पुर्ण नेपाली जन- जनका लोकपृय एबम उर्जाशिल गायक वसन्त लम्साललाई आज हामिले पोल्यान्ड नेपालको विशेष सम्बादमा जाेडेका छौ। अर्घाखाँची जिल्लाको साबिक पाणेनि गाउपालिकामा जन्मेका लम्साल कुनै न कुनै रुपमा लोक भाकाहरु गुन – गुनाउने गर्थे।गाउँ तथा बिधालयमा हुने हरेक जसो कार्यक्रममा प्रत्यक्ष सहभागी भएर उत्कृष्ट प्रदशन गरि धेरै सम्मान तथा पुरस्कार ग्रहण गरेका प्रशस्त उदाहरण छन। आफ्नो जिल्लामा पायेको हौसला र प्रेणालाइ आत्मासाथ गरि रास्ट्रियस्तरमा नै कलाको उजागर गर्ने पबित्र उद्देश्यका साथ पश्चिम क्षेत्रको गीत-सङ्गीतको सङ्गम स्थल बुटवलमा झरे।बुटवलमा पनि उनको साङ्गीतिक यात्राले कसि लगाएन बरु उत्कर्समा पुग्यो।परिणाम स्वरुप मिडिया हाउस र दोहोरी साझमा आवद्ध भै धारा -प्रबाहरुपमा आफ्नो समधुर स्वरलहरिलाइ दर्शक माझ पस्की रहे।२०६९ सालबाट औपचारिक गायन अध्याय सुरु गरेका अदितीय कलाकार एबम प्रखर युबा गायक बसन्त लम्सालसङ्ग पछिल्लो समय लोक दोहोरी क्षेत्रको तिब्र बिकास सङ्गै मौलाएको बिकृती -बिसङ्गतिको सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले कुराकानी गरेका सम्पादित अंशहरु …….

-तपाईंको जन्मको बारेमा आम लोक गीत पारखिलाइ खुलस्त पार्नु हुन्छ कि?

म पश्चिम नेपालको ब्यापारिक नगरी रुपन्देही जिल्लाको छिमेकी जिल्ला अर्घाखाँची साबिक पाणेनि गाउपालिका ८ कोटमा जन्मेको हु।सामान्य परिबारबाट नै मेरो धर्तिमा आगमन भएको हो।त्यो अनुरुप सरल बाल्यकाल बित्यो भन्नू पर्छ।

– खासगरी तपाईंले लोक -साङ्गीतिक क्षेत्रमा कसरी पाइला टेक्नु भयो?

मेरो गीत -सङ्गीत क्षेत्रमा सानै देखि नै रुचि थियो।जतिखेर म जान्ने भए भाब मन्चन अन्तर आत्मादेखी नै भयो त्येस पश्यात गीत गुन -गुनाउन सुरु गरे।बिधालय तथा गाउँ ठाउँमा हुने धेरै जसो कार्यक्रममा भाग लिने अबसर पनि पाए। त्यही क्रममा मेरो स्वरलाइ अन्तर आत्मादेखी मन पराएर सम्मान तथा पुरस्कार ग्रहण गर्ने सुनौला अबसर पनि प्राप्त भयो।सबैको हौसला र प्रेणालाइ आत्मासाथ गरि पश्चिम नेपालको साङ्गीतिक चर्चाको केन्द्रबिन्दु बुटवलमा झरे।बुटवलमा पनि मिडिया हाउस तथा दोहोरीमा आबद्ध भएर आफ्नो स्वरलाइ विभिन्न कोणवाट प्रस्तुत गरिरहे।सबैको हौसला र जिज्ञासा्लाई हृदयङ्गम गरि २०६९ सालबाट औपचारिक गायन यात्रा सुरु गरे।

basanta 2
-नेपालमा केही बर्षदेखि हामिले पर्दामा देखिरहेका छौ कि केही समय अधिक चर्चाको शिखरमा पुग्ने अनि तुरुन्तै हराउने गायक प्रशस्त छन नि येस्मा तपाइको धारणा के छ?

अत्यन्त संवेदनशिल र मार्मिक प्रश्न्न गर्नु भयो येथार्त धरातलमा टेकेर चिन्तन -मनन गरौ भने उदेकलाग्दो स्थिति सृजना भाको छ। नेपालमा प्रतिभा र क्षमता भन्दा पनि पैसाले अरुको शब्द -सृजना किन्ने आफ्नो नाम अग्रपंक्तिमा राखेर केबल क्षेणिक चर्चाको पात्र बन्ने ब्यापारिले गर्दा साङ्गीतिक क्षेत्र धरमराएको छ। मौलिकतालाइ चटक्कै गोलि हानेर पश्चिमा सन्स्कृतिको नक्कल गरि मोडेललाई अर्धनग्न नचाएर लोक भाकालाइ बदनाम गराइए को छ। यसले गर्दा प्रतिभाबान कलाकार एबम वास्तविक सर्जकलाइ गम्भीर आघात पुगेको छ।कस्ता गीत गाउन पाउने,कस्ता गीत गाउन नपाउने,कति दर रेट कायम गर्ने भन्ने बिसयमा स्पष्ट नीति नियम नहुदा पनि दिनानुदिन बिकृतिको खाडल भरिदै गयेको छ।तसर्थ लोक गीत सङ्गीतको रक्षार्थ कडा ऐन कानुन को निर्माण गरि तत्काल कार्यान्वयन गर्न सख्त आबस्यक छ।अब हामी वास्तविक कलाकार र सर्जक पनि गएर कलाकार विरुद्ध एकताबद्ध भै मौलिकता,परम्परालाइ जोगाइ राख्न तोडन नदिन सम्बन्धित पक्षलाइ खबरदारी गरौ।

-अहिलेसम्म कति एल्बम बजारमा ल्याउनु भयो त्यस मध्ये पनि आम दर्शक माझ वसन्त लम्साललाई चर्चित बनायो?

अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत गाइसके त्येस मध्य पनि श्रद्धाञ्जली नदेउ आत्मालाइ दर्शक श्रोताहरुले धेरै मन पराइदिनु भयो। त्यही गीतलेनै गायक बसन्त लम्साल को नाम आम लोकगीत पारखिमाझ सु प्रसिद्ध बनायो। त्यती बेला बर्तमान अबस्थामा जस्तै अन्लाईन च्यानल र युटुबमा ब्रगेल्ती गीत हेर्ने सुबिधा थिएन।रेडियो र टेलिभिजनमा जति बढी गीत बज्थ्यो त्यसलाई नै हिट भनेर उपमा दिने चलन थियो।त्यही क्रममा हाम्रो प्यारो अर्घाखाँची ,बिछोडको घाउ बल्झाउन आउछौ,पन्चेबाजा लगायत धेरै गीत बजारमा आयेसकेका छन।

-तीजको माहोल पनि सुरु भैसकेको छ बिगत भन्दा पृथक गीतको अपेक्षा आम दर्शकले गरेका छन कस्तो गीत बजारमा प्रस्तुत गर्दै हुनुन्छ?

बजारमा तीज गीतहरू पनि आउने क्रम सुरु भैसकेको छ ।येसक्रममा आम दर्शकको अपेक्षालाई मध्यनजर गर्दै पृथक गीत बजारमा ल्याएको छु।नेपालका चर्चित पत्रकार एबम सम्पुर्ण जन्ताका ढुकढुकि रबि लामिछानेको सन्दर्भलाई जाेडेर गीत बजारमा आयेको छ।सिधा कुरा जनता सङ्गको प्रत्यक्ष सम्बादबाट धेरै भ्रष्टाचारि,घुसखोरी तथा फटाहरुको जरा उखेलेर अन्नाय-अत्याचारमा परेका निर्दोष नेपालिलाइ न्याय दिलाउने एक कुशल सम्बाहाक र असल सपुतको विषयमा गीतले येथार्थ धरातलमा बिस्लेषण गरेको छ।बिदेशमा बेचिएका शोषित पीडित नेपाली चेलीबेटीलाई उद्दार गरि नबजिबन दिने एक रास्ट्रनायेकको बिसयमा गीतले सम्बोधन गर्दै सकारात्मक संदेश प्रबाह गरियेको छ।येस श्रीजनालाइ सबैले यथोचित माया गरि असत्यका विरुद्ध सत्यको जीत हुन्छ भन्ने कटु येथार्थलाइ हातमा हात मिलाएर साथ दिनुहुन्छ भन्ने पुर्ण अपेक्षा छ।साथसाथै बुटवल बजारमा किनेको सारी अनि जुरेली चरी पनि रिलिज हुने क्रममा छ।यी गीतहरू पनि दर्शकको नजरमा सकारात्मक छाप छोडन सफल हुन्छन् भन्ने बिस्वास छ।

– आगामी दिनमा लोक दोहोरी क्षेत्रको भबिस्य कस्तो आकलन गर्नु भयेको छ!साथसाथै अन्तमा दर्शक-श्रोताहरुलाइ के भन्न चाहानुहुन्छ?

मैले लोक दोहोरी क्षेत्रमा उज्ज्वल भबिस्य देखेको छैन।लोक साङ्गीतिक पाटाे नै कतै नक्कली कलाकारको सन्जालमा फसेको त हैन भन्ने भान भैराखेको छ।सच्चा र इमान्दार कलाकारको येथोचित मूल्याकंन नहुदा आगामी दिन थप जटिल बन्ने देखेको छु।यधपी धमिलो पानीमा माछा मार्ने कथित संजालका बिरुद्ध हामी वास्तविक सर्जक एकता बद्ध हुन जरुरी छ।नेपाल बाहिर रहेर पनि नेपाली मौलिक गीत सङ्गीतको सम्बर्द्धनको पक्षमा अहोरात्र कलम चलाइरहेको चर्चित अन्लाईन खबर पोल्यान्ड नेपाल परिबारलाइ हार्दिक नमन गर्न चाहान्छु।अन्तमा मेरा गीत र श्रीजनालाइ निरन्तर माया गरि सकारात्मक सल्लाह सुझाबको सदैब दर्शक श्रोताबाट अपेक्षा गर्दछु।
35814929_1901465010143880_7050031431602405376_n

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.