पोल्याण्डको रूपमा राम्रो टिम बाहिरियो

नवीन न्यौपाने
वार्सावा — विश्वकप २०१८ बाट आइतबार एउटा राम्रो टिम बाहिरियो, पोल्यान्डका रूपमा । यसपल्टको विश्वकपमा समूह चरणमै चुनौती समाप्त हुने यो पहिलो युरापेली देश रह्यो । पोल्यान्डबाट धेरैले आश राखेका थिए, विशेषत: यसका स्टार स्ट्राइकर रोबर्ट लेवनडोस्कीबाट । तर यही टिम भाग्यमानी रहेन् । अाइतबार रातिको खेलमा कोलम्बियाको हातबाट ३–० ले पराजित रह्यो ।

BB7D9225-5874-49EF-9E07-45527C1A68D1.jpegतस्विर: कान्तिपुर दैनिक

यस समूह ‘एच’ बाट जापान, सेनेगल र कोलम्बिया तीनै टिमको चकआउट चरण पुग्ने सम्भावना जीवन्त छ। कोलम्बिया र पोल्यान्डबीचको खेलमा दुवैलाई निश्चित जित आवश्यक थियो। जापानविरुद्धको पहिलो खेलमा कोलम्बियाले सुरुमै एक खेलाडी रातो कार्डमा गुमाएको थियो र त्यसको बेफाइदा बेहोर्न बाध्य रह्यो। पोल्यान्डविरुद्ध त्यस्तो केही भएन्।

कोलम्बियाले सुरुदेखि नै आक्रामक खेल खेल्यो, यो पूर्णत: तीव्र गतिको थियो। डिफेन्सबाट आक्रमण गर्ने कोलम्बियाको रणनीति पूर्णत: सफल रह्यो। पोल्यान्डले पनि आक्रामक खेल्ने प्रयास गरेपनि त्यो सफल रहेन। पोल्यान्डका खेलाडीलाई उचाईको फाइदा भएपनि त्यसबाट लाभ लिन सकेन्। यसअघि यसै समूहमा जापान र सेनेगलले २–२ को बराबरी खेले।

सेनेगलले दुई पल्ट यो खेलमा अग्रता लियो, दुवै अवसरमा जापान खेलमा फर्कन सफल रह्यो। फेरि दुवै टिमलाई यो खेलमा अंक चाहिएको थियो। सेनेगलले यस खेलमा आक्रामक हुँदै प्रस्तुत हुने रणनीति लिएको थियो भने जापानले बल नियन्त्रणमा बढी जोड दिइरहेको थियो। जापानका लागि दोस्रो बराबरी गोल केइसुके होन्डाले गरे।

उनी सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका थिए र त्यसको केही समयमै गोल गर्न सफल रहे। यसले जापानी प्रशिक्षकको खेलाडी सब्टिच्युट गर्ने सही निर्णय आएको देखिन्छ। अब जापानले पोल्यान्ड र सेनेगलले कोलम्बियाको सामना गर्नेछ र यी खेल रोमाञ्चक हुने विश्वास गर्न सकिन्छ। दिनको पहिलो खेलमा भने इंग्ल्यान्डले एकपक्षीय रूपमा पानामालाई ६–१ ले हरायो।

यो जितसँगै समूह ‘जी’ बाट इंग्ल्यान्ड र बेल्जियम नकआउट चरणमा पुगेका छन्। यो समूहको विजेता चयनका लागि अब यिनै दुई टिमबीच खेल हुनेछ। अहिलेसम्म अंकविहीन ट्युनिसिया र पानामा प्रतियोतिगाबाट बाहिरिएका छन्। यी दुई टिमबीचको खेल अब औपचारिक मात्र हुनेछ। इंग्ल्यान्डले पानामाविरुद्ध आक्रामक खेल्ने रणनीति लिएको थियो।
यसमा टिम सफल पनि रह्यो। कमजोर टिमविरुद्ध खेल्न चाँडै गोल निस्कियो भने बलियोलाई फाइदा हुन्छ, इंग्ल्यान्डका लागि पनि यस्तै भयो। इंग्ल्यान्डका छ गोलमध्ये चार सेट–पिसबाट निस्केको थियो। यसैक्रममा ह्यारी केनले ह्याट्रिक गर्न पनि सफल रहे। उनका सुरुआती दुई गोल पेनाल्टीमा थिए। दुवै अवसरमा उनले राम्रो प्रहार गरे। तेस्रो गोलमा भने उनलाई भाग्यले साथ दिएको थियो। नवीन न्यौपानेजीले गर्नु भएको खेल विश्लेषण आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

स्रोत : https://www.kantipurdaily.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.