KALASH KHAREL EDITOR
हरेक मानिसको मानसपटलमा गीत सङीतले कुनै न कुनै रुपमा माधुर्यता धुन बजाएको हामी माझ सर्वविदितै छ।जुनसुकै दुख र पिडाको क्षण किन नहोस् त्यो संबेदनसिलतालाइ बिर्साउने कडि पनि सङीतको चीत्कार रहदै आएको छ।तथापि सुखलाइ रोमाञ्चकतामा बदल्ने उत्कृष्ट माध्यम पनि गीतको भाब नै हो।नेपालको सन्दर्भमा जोडिएर हेर्ने हो भने आदिमकालदेखि नै मौलिक गीतको अन्तरधुनलाइ प्राय बनाएर लोक दोहोरी गीतले आमजनमानसमा सुगन्धता छाएको छ।कुनै एक समय मेला पातमा जादा नेपाली चेलिबेटीले आफ्ना मनका पिडा र दर्द्लाइ गीतको माध्यमबाट व्यक्त गर्दथे। यति सम्मकी सासू बुहारिको झगडा पनि गीत मार्फत नै झलकिन्थ्यो।तर पछिल्लो समय गीत सङीतको स्वरुपमा बिस्तारै परिमार्जन हुँदै आधुनिक इतरको शैली झल्किदै आयेको छ।लोक दोहोरी क्षेत्रमा मुर्धन्य स्रष्टाहरुपनि स्थापित भए नारायण गोपाल,भक्तराज आचार्य तथा हरिदेवी कोइराला जस्ता अ्मुल्य निधिहरुले लोक गीत र मौलिकतालाई गायन मार्फत विश्वसामु चिनारी बनाए। यद्दपी पछिल्लो समय नेपालमा गायक छाेटाे समयमै चर्चाको पात्र बन्ने र पुन: हराउने परिपाटी बन्दै गैरहेको सन्दर्भमा आफ्ना समकालीन र सर्बकालिन सहपाठीलाई पछि पार्दै उत्कृष्ट गीत पस्केर हरेक नेपालीको मन मनमा रङगिन छाप छोड्न सफल,बहुआयामिक,प्रतिभाशाली,गला र कलाका धनी गायक प्रकाश सपुतलाइ आज हामिले पोल्यान्ड नेपालको विशेष सम्बादमा जोडेका छौ।
बाग्लुङ जिल्लाको धम्जा गाविस बाबा बल बहादुर विश्वकर्मा र आमा मीना कुमारीको जेठाे सुपुत्रको रुपमा धर्तिमा पाइला टेकेका सपूत सानै देखि शालिन तर बौद्धिक रुपमा निकै चलाख थिए।बाल्यकाल देखिनै गीत गुन गुनाउन सुरु गरेका सपुतले धेरै लोक दोहोरी प्रतियोगिता तथा महोत्सवमा भाग पनि लिए। त्यसै क्रममा अब्बलता र उत्कृष्टता प्रदशन गरेर प्रथम स्थान हासिल गरेका प्रशस्त उदाहरण छन् ।
गायन क्षेत्रमा अनगिन्ती आरोह र अबरोहका बाबजुद पनि आफ्नो यात्रालाइ कदापि पुर्ण बिराम नगरी अबिछिन्न समुन्द्रमा बग्ने पानीको तरलताझै जारी राखे। २०६० सालमा राजधानी काठमाडौं छिरेका सपूत यथार्थमै संघर्षको भकारीलाई ग्रहण गरी अगाडि बढीरहे छेक्नेले छेक्न खोजिरहे,रोक्नेले रोक्न भरमज्दुर प्रयास गरे तर सपुतको निखारता उत्कर्षमा पुग्दै उत्कृष्ट गीतको सिर्जना भयो।केही समय अगाडी बजारमा ल्याएको दोहोरी ब्याटल युबा जमातमा त लोकप्रिय बन्यो तर बौद्धिक सर्कलमा नकारात्मक टिप्पणी भयो। यद्दपी पछिल्लो समय बजार तताइरहेको बोल माया गीतले हरेक नेपालीको मानसपटलमा सामाजिक पाटो
र मार्मिक घटनालाई पूर्नताजगी गराएको छ। विदेशिएका नेपालीको वास्तविक कथा र जिबनमा मेल खाने यस गीतले हरेकको आँखा रसाएका छन् ।सपूत जस्तो सुकै गीत गाउन ,लेख्न सक्छ साथै सृजनाको कुनै सिमा र परिधी हुदैन भन्ने ज्वलन्त उदाहरण हो बोल माया।यो सँगसङै गलत टीका टिप्पणी गर्नेलाई उनले उत्कृष्ट गीत मार्फत दरिलो जबाफ फर्काएका छन् । युबा पुस्ताका चर्चित गायक,उदयमान हस्ती एबम सर्जक सपूतसँग पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा बिकसित बिबिध आयामको सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले गरेको विशेष कुराकानी ……….
(१)सुरुवातमा तपाईंको बाल्यकाल र जन्मको बारेमा स्पष्ट पार्नु हुन्छ कि?
मेरो जन्म बाग्लुङ जिल्लाको धम्जा गाबिसमा भएको हो।खासगरी आर्थिकरुपमा सम्पन्नशाली नभएतापनि पठन -पाठन प्रक्रियामा बुबाले लामो समय सम्म बिदेशमा बसेर हाम्रो वृद्धि -बिकाशमा उच्च प्राथमिकता राख्नु भयो।म घर परिबारमा सबभन्दा जेठो छोरा भएको सन्दर्भमा पनि केही जिम्मेवारी तुलनात्मक रुपमा बढी हुने कुरालाई बोध गरेर मैले कर्तव्य निर्वाह गरे।
(२)लोक दोहोरी क्षेत्रमा तपाईंको यात्रा कसरी सुरु भयो?
मैले आफ्नो बाल्यकालमा बिधालय जादाखेरी होस या घाँस दाउरा काटदा होस हरेक पल हरेक क्षण गीत गुनगुनाउथे ।हाम्रो गाउँ सामाजिक परिवेश नै लोक गीत सङीतको दबदबा भएको ठाउँको रुपमा सुप्रसिद्द थियो । त्यसको अलबा हाम्रो घरमा पनि हजुरबुबा भजन कृतन गाउनमा एकदमै पोख्त हुनुन्थ्यो।हरेक गाउको कार्यक्रममा उहालाई गाउन निम्ता गरिन्थ्यो जस्को प्रभाव स्वभाविक परिबारमा पनि रहयो।बास्तबिक रुपमा मैले भन्नू पर्दा विद्द्यालय पढ्दा खेरिनै आयोजना हुने हरेक कार्यक्रममा सहभागी भएर सधैजसो उत्कृष्ट हुँदै आए। त्यही क्रममा विभिन्न महोत्सवमा हुने दोहोरी प्रतियोगितामा भाग लिन सुरु गरे।बाग्लुङ महोत्सव,म्याग्दी महोत्सव,पोखराको लोक दोहोरी गण्डकी तारा लगायत अनगिन्ती कार्यक्रममा मेरो सहभागिता रहयो।उक्त समारोहबाट पनि मैले यथेश्ट अनुभव लिने मौका पाए।
त्यो अनुभलाइ स्थायित्व दिने उद्देश्यले पहिलो एलबम मुसु मुसु नहास रेकर्ड गराइ औपचारिक गायन यात्राको अध्याय सुरु गरेको थिए।
(३)मानिस कुनै क्षेत्रमा लाग्दा कसै न कसैको सहयोग सदभाव हुन्छ नै तर त्यो बिचमा बिशेष प्रेणाकाे स्रोत भन्नू पर्दा कसको नाम लिनु हुन्छ?
संख्यामै गिन्ती गर्ने गरि नाम त ठ्याक्कै भन्न सक्ने अबस्था छैन।यद्दपी म दिग्गज,अग्रज एबम मुर्धन्य स्रस्टाहरुको सृजना र गायन शैलीबाट प्रभावित भएको छु।कलाको उच्च सम्मान र न्याय दिने व्यक्तिहरुलाई मैले संगीत क्षेत्रमा सदैब आदर्श व्यक्ती मान्दै आएको छु।
(४) केही समय अगाडि तपाइले बजारमा ल्याउनुभएको दोहोरी ब्याटल युबा पुस्तामा त लोकप्रिय बन्यो तर बौद्धिक र सामाजिक परिवेशमा यसले भडकिलो बिकृती ल्यायो भन्ने चर्चा छनी यसमा तपाइको धारणा के छ?
खासगरी गायन क्षेत्रको परिभाषालाई कुन काेणबाट विश्लेषण गर्ने भन्ने कुरा पनि हुन्छ।केबल सिमित घेरा र परिधिबाट नजर- अन्दाज गरियो भने त्यो सान्दर्भिक नहोला तथापि शैली र ढाचामा मैले रुपान्तरण पक्कै गरेकै हो।मौलिकता,सस्कृतिलाइ संश्लेषण गर्दा यो गीत मौलिक परिवेशसित मेल नखान सक्छ तर युबा पुस्तालाई दोहोरी पनि हाम्रो गीत हो,नेपाली गीत संगीतलाई पनि माया गर्नु पर्दछ भन्ने पाठ सिकाएको छ।धरातलमा उल्लेख गर्यौ भने कोहि न कोहि कम्जोरी छ भन्ने त लाग्छ सारमा सृजनाको ध्यय चाहिँ लोक गीत सङीतको उत्थान नै हो।
(५ ) देश-बिदेशमा बोल माया गीत हरेक नेपालीको जिब्रोमा झुन्डिएको छ।गीत सुन्ने धेरैका आखा रसाएका छन् बास्तबमा यो गीतको सृजना कसरी गर्नु भयो?
मैले धेरै गीतहरु ठयाक्कै कोठामा बसेर, कल्पना गरेर वा कसैले सम्योजन गरिदिन्छु भन्दैमा सृजना गरेको छैन।कुनै ठाउमा हिंड्दा हिड्दै,यात्रा गर्ने दौरानमा सामाजिक घटना -परिघटना नियाल्ने क्रममा गीतहरु सृजना भएका छन् ।आम नेपालीले बिदेशमा बस्दा भोगेको दर्दनाक दृश्य देख्दा हजारौं चेलिबेटीको सिन्धुर पुछिदा त्यहाँनीर बुनेर बसेका सुन्दर सपना टुटदा मेरो मनमा एक किसिमको कारुणिक्ता पैदा भयो।टुलुटुलु हेरेर बस्न सकिन समाजमा केही न केही सचेतना पैदा गर्नु पर्ने परिबर्तनको सन्देस प्रबाह गर्नु पर्ने आवश्यकता ठानेर बोल माया गीतको सृजना गरिएको हो।यो गीत र भिडियो हेरेर कति पटक त स्वयं मैले पनि आँसु थाम्न सकिन।आगामी दिनमा यस्ता सृजना गर्न नपरोस,नेपालीले दुख पाउने परिस्थितीको अन्त्य होस् भन्न चाहन्छु ।
(६) बोलमाया गीतले यथार्थमा विदेशिएका नेपालीको पिडा,बेदना र मर्म लाई उजागर गरेको छ यो भनिरहदा आगामी दिनमा नेपाली युबाहरु र चेलिबेटी लाई नेपालमै रोजगार प्रदान गरेर बिदेसिने वाध्यतालाई तत्काल कम गर्न जरुरी देखिएको छ फेरि पनि नेपालीले बिदेसमा अनाहकमा ज्यान गुमाउन नपरोस् यस्ता खालको गीत पस्कन नपरोस् भन्ने सन्दर्भमा राज्यलाइ के सुझाव दिनु हुन्छ?
म एउटा गायक भएको सन्दर्भमा सरकारलाई त्यती धेरै सुझाव दिन त नमिल्ला यद्दपी राज्यले कम्तिमा बेरोजगारलाई अन्त्य गर्न रोजगारिको अबसर सृजना गर्नै पर्दछ।हरेक बर्ष लाखौ युबा -युबतिहरु बिदेश पलायन भैराखेका छन् । देशको आधा जस्तो आय त रेमिटान्स बाट निर्भर भाको छ।यो दयनीय अबस्था तत्काल रोक्न अत्यन्त जरुरी छ।अनाहकमा कसैले आफ्नो छोराछोरी गुमाएका छन् ,कसैले श्रीमान गुमाएका छन् कति दर्दानक अबस्था छ।यो हामी सबैको जिम्मेवारी हो।सचेत होउ,बिदेशमै सबै चिज उत्तम छ भन्ने मानसिकता त्यागेर देशमै केही पेशा व्यावसाय गरौ आर्थिक उन्नति आफ्नै रास्ट्रमा सम्भब छ।
(७) यो गीत सङ सङै तपाईंको चर्चा चुलिएको छ,उर्जा पनि थपेको छ यद्दपी चुनौती पनि हाबी भयो नि?
म आफैमा सरल र समृद्ध सोचाइ राख्ने मान्छे हु।चर्चामा हुदा एकदमै उत्साही हुने र नहुदा हतोत्साही हुने मेरो प्रवृत्ति कहिल्यै पनि भएन।सृजना गर्ने क्रममा कुनै सृजना दर्शक -स्रोतालाई असाध्यै मन पर्छ भने कुनै मन नपर्न सक्छ।सदाबहार उस्तै प्रकृतिको र उर्जाशिल गीत एउटा् श्रस्टाबाट नआउन पनि सक्छ।समयको मागअनुसार गीत गाउने र सृजना गर्ने पक्कै पनि प्रयत्न जारी रहन्छ तर निरन्तर उच्च कोटिकाे नहुन सक्छ यो परिवेशमा सबैले पक्कै सहर्ष ग्रहण गर्नुहुन्छ भन्ने आशा व्यक्त गर्दछु।
(८ )अन्तमा के भन्न चाहुनुहुन्छ?
बिशेषगरि नेपाल बाहिर प्रबासमा रहेर पनि गीत सङ्गीतको संरक्षण र प्रबर्द्धन गर्ने अभियानमा एकलब्य रुपमा लागेको पोल्यान्ड नेपाल डट.कम परिबारलाइ हार्दिक आभार व्यक्त गर्न चाहान्छु।मलाइ देश भित्र- बाहिर हरेक ठाउमा चिनाउने र गर्व गर्न लायक स्थानमा पुर्याउने आम दर्शक स्रोतालाइ विशेष धन्यवाद दिन चाहान्छु।आगामी दिनमा पनि तपाइहरुबाट मेरो गीत र सृजनालाई माया गरि सकारात्मक सुझावको सदैब अपेक्षा गर्दछु।
SINGER PRAKASH SAPUT