युरोप जाँदै हुनुहुन्छ? कुन देश कस्तो ?
पछिल्लो समय नेपालीहरुको आकर्षक गन्तव्य थलो बनेको छ युरोप । कयौं नेपालीहरु युरोप जाने भनेर गएका हुन्छन । तर समय मै नबुझेर , केही सीप नसिकेर र मुख्य देश छनोट गर्न नसकेपछि त्यहाँ गएर भौतारिएका मात्र हुन्छन्। यदि तपाईं युरोप जाँदै हुनुहुन्छ भने यी देश को बारेमा बुझ्नुहोस:-
१) Poland: अहिले निकै नेपाली गएको देश हो पोल्यान्ड । चिसो वातावरण भएको यो देश मा नेपाली जो student visa मा जाँदै छन , तिनीहरुको लागि निकै गाह्रो छ। मेहनत गरे जति पारिश्रमिक पनि नपाईने यो देश मा मासिक 60 हजार देखि 80 हजार सम्म मात्र हुन्छ । यदि working visa मा जाँदै हुनुहुन्छ भने ५० देखि ६० हजार अति नै दुख गरे पछि कमाइ हुन्छ भन्ने मानसिक्ता बनाएर हिड्दा राम्रो हुन्छ । र यो देशको धेरै जसो कलेजहरुमा जादा IELTS/TOEFL/SAT को जरुरत पर्दैन ।
२) Italy : युरोप को अर्को एक विकसित राष्ट्र हो ईटाली ।विकास ले भरिपुर्ण यो देशमा नेपालहरु निकै कम छन।नेपाली हरुका लागि मुख्य भाषा को समस्य पर्छ यो देशमा । हजुरहरु गएपछि कम्तिमा २ बर्ष भाषा सिक्दैमा जान्छ ।र यो समय मा काम पनि खासै पाईदैन र अहिले यहाँ जान निकै गार्हो भएको छ । र यो देश जादा IELTS/TOEFL/SAT को जरुरत पर्दैन ।
3.France : निकै नै चर्चित तथा विकसित राष्ट्र को सुचि मा पर्छ फ्रान्स । पेरिस सहर राजधानी भएको यो देशमा नेपालीहरु को सङ्ख्या निकै कम छ। नस्लवाद भएको यो देशमा अरु देशका नागरिक गएर बस्न गार्हो छ । परिश्रम गरे जति पारिश्रमिक भएता पनि यो देशमा महङ्गो खान र लताकपडाले नै सबै पैसा सकिने गर्छ। यदि तपाईं यहाँ जाने सोचमा हुनुहुन्छ भने यहाँ गएर फ्रान्स आर्मीमा पनि सामेल हुने सोच बनाएर जानुहोस । र यो देश जादा IELTS/TOEFL/SAT को जरुरत पर्दैन ।
4) Norway : Land of midnight sun भनेर पनि चिनिने देश हो नर्वे । निकै चिसो मौसम भएको यो देशमा नेपाली हरु केही मात्रा मा छन। यदि तपाईं bachelor को लागि नर्वे पढ्न जाने सोचमा हुनुहुन्छ भने अहिले नै जाने सोच बदल्नुहोस। Bachelor चाहि नर्वे कै मातृभाषा मा पढाईने छ । तेहिभएर हजुरहरुलाई निकै कठिन हुन्छ र भिसा पनि लाग्ने सम्भावना निकै कम हुन्छ । तर यदि हजुर Master को लागि यो देश जाने सोचमा हुनुहुन्छ भने खुशी साथ जान सक्नुहुन्छ । र यो देश जादा IELTS/TOEFL/SAT को जरुरत पर्दछ ।
5:) Germany : युरोप को एक विकसित राष्ट्र को सुचिमा पर्दछ जर्मनी । महान यौदा हिटलर को जन्म स्थान पनि हो यो देश । नेपाली हरु केहि मात्रामा रहेको यो देश जान एक बर्ष जर्मनी भाषा पढनुपर्छ र एउटा परिक्षा दिए पछि मात्र जान मिल्छ । यदि तपाईं यहाँ जाँदै हुनुहुन्छ भने यो देशको राजधानी Berlin तथा यस वरपर का सहरमा जान सकनुहुन्छ ।
६ पोर्चुगल : युरोपका विभिन्न देशमा बिभिन्न भिजा लिएर कागज चाडै बन्छ भनेर जाने अर्को गन्तब्य मुलुक पोर्चुगल पनि एक हो । यद्यपि अरु देशको तुलनामा कागजी प्रक्रियामा यो देश केहि उदार भने अवश्य भएकै कुरा बिभिन्न श्रोतहरुबाट प्राप्त भएको छ ।यद्यपि यो देशमा पनि बसाइ त्यती सहज छैन र कठोर संघर्ष गर्नु पर्ने जानकारहरु बताउँछन् ।
७ स्पेन : युरोपमा भएर हावापानी राम्रो र मौसम पनि धेरै जसो नेपाल सित मिल्ने स्पेन देशमा पनि धेरैले पहिले सहज रुपले बसोबास अनुमति पत्र पाए ता पनि अहिले अलि केहि झन्झटिला प्रक्रियाहरु थपेको जानकारहरु बताउछन् ।
स्मरण रहोस्
युरोप भन्दैमा हरेक देशमा युरो भने न चल्न सक्छ !
श्रोत इन्फो सन्जाल