पोल्याण्डमा ६ नेपाली पक्राउ, नेपाल पठाउने तयारी

२२ जुन, वार्सावा। पोल्यान्डको ओकेन्चि स्थित सोपिन एयरपोर्टबाट ६ जना नेपालीहरुलाई पक्राउ गरी नेपाल फिर्ता पठाउने तयारी गरेको छ । उनीहरु बुधबार गैह्र कानुनी रुपमा पोर्चुगल जान लागेका थिए तर सीमा सुरक्षार्थ खटिएका पोलिश गार्डले पोर्चुगल लिस्बनका लागि उडान भर्नु अगाबै नियन्त्रणमा लिएको हो ।

warsaw-airport

पक्राउ परेका छ जनाले कुयाभियन स्थित एक रोजगारदाता कम्पनि मार्फत काम गर्ने अनुमती पत्र (वर्क परमिट) लिई भिसा पाएको भएता पनि उक्त रोजगारदाता कम्पनिलाई सम्पर्क गर्दा ती छ जना कहिल्यै काममा नआएका कारण उनिहरुको काम गर्ने अनुमती पत्र नै रद्द गरिसकेको जानकारी दिएको छ । त्यसैकारणले अब उनिहरुसँग पोल्यण्डको कुनै पनि कम्पनी मार्फत वर्क परमिट छैन । यसरी पोल्यान्डमा बिना वर्क परमिट बस्नु, कम्पनी छोडेर अरु देशहरुमा गएर काम गर्नु गैह्र कानुनी ठहरिन्छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर आवस्यक प्रकृया पुरा गरी नेपाल पठाउने तयारी गरिदै छ । सम्भवत पोल्यान्ड सरकारले उनीहरुलाई बाध्यकारी निती अन्तर्गत पोल्याण्ड छोड्नुपर्ने कारवाही गर्नेछ ।

हालैका वर्षहरुमा पोल्याण्ड आउने नेपालीहरुको सँख्या जुन रुपमा ह्वात्तै बढेको छ, धेरै जसो नेपालीहरु पश्चिमी यूरोपियन देशहरुमा गएर  गैह्र कानुनी रुपमा काम गर्नेहरुको सँख्या पनि त्यहि रुपमा बढेको देखिन्छ ।

स्मरण होस् पोल्यान्डमा कम्पनीले रद्द गरेको विना वर्क पर्मिट बस्नु पनि गैर कानुनी मानिन्छ । कोहि पनि कुनै कम्पनीमा थाहा नदिएर पोल्यान्डमै अर्को भुभागमा विना वर्कपर्मिट बसेको खन्डमा अथवा कम्पनीले क्यान्सिल गरेको खन्डमा पोल्यान्डकै अध्यागमन विभागले भेटाएमा र स्पस्ट कारण नभएमा सम्बन्धित देशमा फिर्ता पठाउछ ।

श्रोत : http://www.strazgraniczna.pl/pl/aktualnosci/6670,Szesciu-Nepalczykow-wroci-do-swojego-kraju.html

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.