अर्जेन्टिनाले हारेपछि युवा समर्थकको आत्महत्या प्रयास

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले राम्रो खेल्न नसकेपछि पाँचथरका एक युवकले आत्महत्याको प्रयास गरेका छन् । अर्जेन्टिनाका समर्थक रहेका याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन् ।

विहीबारको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेपछि भावुक बनेका दाजुले आत्महत्याको प्रयास गरेको उनका भाइ लक्ष्मणले जानकारी दिए । फुटबललाई निकै माया गर्ने दाजुसँगै पक्षؘ–विपक्षको समर्थक भएर फुटल हेर्दा अर्जेन्टिना हारेपछि दाजु निकै पटपटिएको लक्ष्मणको भनाइ छ ।

‘अर्जेन्टिना हारेपछि दाजु निकै छटपटिएका थिए,’ लक्ष्मणले भने ‘राति नै पटक पटक आत्महत्या प्रयास गरेका दाजुले दिउँसो कोही नभएको मौकामा घाँटीमा डोरी कस्नु भएछ ।’

दिउँसो तीन बजे घरको तलामा चढेर घाँटीमा डोरी लागाएर झुण्डिएको अवस्थामा परिवाका सदस्यले रामकुमारलाई उद्दार गरेका थिए ।

पाँचथर अस्पतालमा उपचार असम्भव भएपछि थप उपचारका लागि रामकुमारलाई झापा लगिएको पाँचथर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रामकुमार गाँउमा फुटबल खेलका निकै जानकार युवकमा गनिने स्थानीयले बताएका छन्।

स्रोत: अन्नपूर्णपोस्ट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.