एक गोलको खेल , नायक बने रोनाल्डो

२१ जुन, वार्सावा ।  हिजो भएका रसिया विश्व कपको तीन वटै खेलमा १/१ गोल भएका छन् । मोरक्को बिरुद्द पोर्चुगल, साउदी अरेबिया बिरुद्द उरुग्बे र ईरान बिरुद्द स्पेन समान एक / एक गोल गरेर बिजयी भएका छन् ।

पहिलो खेलमा पोर्चुगलका लागि क्रिस्चियानो रोनाल्डोले ४ मिनेटमै गोल गरे, जुन गोल नै निर्णयक रह्यो । त्यस्तै दोश्रो खेलमा उरुग्बेका शुभरेजले २३ औे मिनेटमा गोल गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुनिस्चित गर्‍यो । यता अन्तिम खेलमा स्पेनिस स्ट्रैकर डियगो कोस्टाले ५४ औ मिनेटमा गोल गरेर आफ्नो देशलाई अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखे। यस अघी पोर्चुगल र स्पेन ३/३ गोलको बराबररी खेलेका थिए ।  हिजोको जितसंगै पोर्चुगल स्पेन दुई टोलिको समान ४ /४ अंक जोडेका छन् ।

ronaldoतस्विर: अनलाइनखबर डट कम

यता रोनाल्डो पोर्चुगलका लागि नायक साबित भएका छन् । स्पेन बिरुद्द एक्लैले ३ गोल गरेका उनी चालु विश्व कपमा सर्बाधिक ४ गोल गर्ने एक्ला खेलडी बनेका हुन् । त्यती मात्रै नभई अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगेका छन्  । उनले पोर्चुगलका लागि गरेको गोलको संख्या ८५ पुगेको छ। उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् । आगामी खेलहरुमा यस्तै राम्रो प्रदर्शन गर्दै गोल गर्न सके रोनाल्डोलाई सुनको जुत्ता पाउने प्रबल दाबेदारको रुपमा हेर्न थालिएको छ  ।

श्रोत: एजेन्सीहरुको सहयोगमा 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.