पोल्यान्ड नेपालको संरचनामा व्यापक परिवर्तन गर्दै सम्पादन एवं व्यवस्थापन कार्यदल गठन

received_1091638164321218

बिगत केहि वर्ष देखि  मित्र लाल पार्देको एकल प्रयासमा पोल्यान्ड नेपाल  संचालन भैरहेकोमा अब देखी सामुहिक रूपमा  कलम हरु पोल्यान्ड नेपाल मार्फत तिखारिने भएका छन्  ।

नेपालमा रहेर  दर्जनौ मिडियामा कलम चलाउनु भएका कलश खरेल  सम्पादकमा नियुक्त हुनु भएको छ । पोल्यान्ड नेपालको कार्यकारी सम्पादकमा पोल्यान्डमा बिगत केहि वर्ष देखि रहनु भएका  शिवधर महतोलाई (एस.डी.अर्पण ) लाइ नियुक्त गरिएको छ भने वरिष्ठ सम्वाददातामा भिम लाल उपाध्याय (विदुर) मनोनयन हुनु भएको छ ।

received_1091638170987884

पोल्यान्ड नेपाललाई पोल्यान्ड बस्ने नेपाली समुदायहरुको आधिकारिक रूपमा एक प्रमुख मिडियाको रूपमा विस्तार गर्नको लागी सम्वाददाता नुम नाथ न्यौपाने , मुकुन्द भट्टराई चयन हुनु भएको छ । त्यसै गरी पोल्यान्ड नेपालको प्रबन्धकमा प्रकाश खरेल नियुक्त हुनु भएको छ भने बजार प्रबन्धकमा सागर सापकोटालाई नियुक्त गरिएको छ ।

साहित्य संयोजनमा केशव सिंह ( हिमोद पहाडी ) चयन गरिइएको छ भने पोल्यान्ड नेपालको  अतिथी सम्पादकको    रुपमा शेर बहादुर परियारलाई छनौट गरिइएको छ । स्मरण रहोस्  पोल्यान्ड नेपालको प्रधान सम्पादकको रूपमा मित्र लाल पार्देलाई छनौट गरिइएको छ भने प्रमुख सल्लाहकारको रूपमा डा बोधराज सुवेदीलाई चयन गरिइएको छ ।

उक्त पोल्यान्ड नेपालको विधिवत रुपमा व्यापक हेरफेर गरिइएको कार्यक्रममामा एन आर एन संस्थापक अध्यक्ष  डा बोध राज सुवेदीले पोल्यान्ड नेपालको उत्तरोत्तर प्रगतिको कामना गर्दै समाज परिवर्तनको लागी शशक्त कलमहरु चलाउनु आवश्यक रहेको र आफुले पनि सक्दो सहयोग गर्ने जानकारी दिनु भएको थियो ।

received_1091638117654556

त्यसैत्यसैगरी एन आर एन ए पोल्यान्ड  उपाध्यक्ष श्री जीवन केसीले बिगत 2010 देखी फेसबुक ग्रुपबाट शुरु भएको पोल्यान्ड नेपाल पछि २०१७ बाट वेबसाइटको माध्यमबाट लगातार अनलाइन जानकारी सूचना दिइरहेको पोल्यान्ड नेपाल आज यो ठाउमा आएकोमा बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

 

साथै उक्त कार्यक्रमको शुभकामना एन आर एन ए पोल्यान्ड अध्यक्ष श्री गोपाल राइले इमेल र फोन  मार्फत पोल्यान्ड  नेपालको प्रगतिको शुभकामना पठाउनु भएको थियो ।

स्मरण रहोस् पोल्यान्ड नेपालमा केहि दिन भित्रै केहि महिला प्रतिनिधी चयन गरेर समावेश गर्ने जिम्मेवारी सम्पादक खरेल र कार्यकारी सम्पादक शिवधर महतोलाई दिइएको छ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.