मदन काफ्ले पोर्चुगल
Madan Kafle Portugal
पोर्चुगल इमिग्रेसन बास्तबिकता
गत बर्षको अन्त्य देखि पोर्चुगलमा आप्रवासीको लागि सम्पुर्ण कानुनी धारामा हेरफेर गरिएको छ, युरोपेली युनियनको उच्च दबाबमा जनताको सुरक्षाको लागि अबैध ब्यक्तिको प्रवेश रोक लगाउने किसिमले कानुनमा ठूलो हेरफेर गरिएको पोर्चुगलका मिडियामा आउने समाचारले पुष्टि गरेको भेटिन्छ।
अघिल्ला बर्षहरुमाआप्रवासीलाई आवासीय भिसा दिनका लागि प्रयोग हुने धारा ८८, २ को अधिकारमात्र प्रयोग हुन्थ्यो चाहे बैध होस या अबैध प्रवेश तर अहिले बैधानिक प्रवेश गर्नेको लागि मात्र धारा ८८,२ मार्फत लिगलाइजेसन दिने जसमा आवस्यक निम्न प्रक्रिया पूरा गरेको हुनु पर्दछ:
१) पासपोर्टमा कुनै एक सेनजेन देशभित्र पर्यटक भिसामा प्रवेश गरेको हुनुपर्छ,
२) फिनान्स भरेको हुनुपर्छ
३)पोर्चुगल प्रवेश गरेको ७२ घन्टा भित्रमा यहाँको सेफ अर्थात इमिग्रेसनमा गएर लिगल इन्ट्री गरेको हुनुपर्छ, जसको लागि आफू पोर्चुगल आएको बस, ट्रेन वा प्लेनको ओरिजिनल टिकट भने अनिवार्य पेस गर्नु पर्छ,
४)बैधानिक काम गर्नको लागि सामाजिक सुरक्षा नम्बर बनाएर सरकारलाई नियमित कर तिरेको हुनुपर्छ,
५) कामको सम्झौता पत्र अनुसार कम्तिमा ६ महिनाको कर बुझाएको हुनुपर्छ,
६) पोर्चुगलमा बसोबास गरेको घरको ठेगानाको प्रमाण अर्थात जुन्ता बनेको हुनुपर्छ,
७) नेपालको पुलिस रिपोर्ट, पोर्चुगलको पुलिस रिपोर्ट हुनुपर्छ,
८) कम्पनिको काम गरिरहेको डिक्लेरेसन पेपर साहुबाट लिएर सबै कागजात सहित फेरि सेफ अर्थात इमिग्रेसनमा गएर सेफ इन्ट्री गर्नु पर्छ, त्यस्पछी मात्र सेफले सम्बन्धित ब्यक्तिको केसलाई अगाडि बढाउने गर्छ, यदि चाडो अगाडि बढेछ भने चाडैंनै सबै कागजात सहित उपस्थित हुन अपोइन्ट्मेन्ट दिन्छ र ढिलो भएमा २/३ बर्ष पनि लाग्न सक्छ यसमा यति अबधि भित्र दिने भन्ने हालसम्मको अवस्थामा कुनै तथ्य छैन।
त्यस्तै लामो समयको भिसामा प्रवेश गर्ने, भिसा म्याद सकिएका, विद्यार्थी भिसामा प्रबेश गर्ने, र बिना भिसाको पासपोर्टमा प्रवेश गर्नेहरुलाई भने धारा १२३ अन्तर्गत मानबिय आधारमा राज्यलाई यो ब्यक्ति पोर्चुगलमा बसेर फाइदा पुग्छ भन्ने लागेमा दिने लिगलाइजेसन दिने प्रक्रिया हो जसलाई पोर्चुगल प्रबेश गर्ने अबैध मार्ग भनेर भनिएको छ उनिहरुलाई केही गरि लिगल इन्ट्री मिलेमा भने धारा ८८,२ अन्तर्गत पनि प्रकृया मिल्न सक्छ तर यो सेफको लिगल इन्ट्री गर्ने टेबल डिसिजनमा पनि भर पर्न सक्छ। धारा ८८,२ को लागि चाहिने कागजात सबै धारा १२३ मा पनि सबै चाहिन्छ जसमा लिगल इन्ट्रीमात्र हुदैन।
अहिलेको पोर्चुगलमा रेसिडेन्स कार्ड बन्न कति समय लाग्छ भन्ने कुनै ठेगान छैन, एक देखि तीन बर्ष पनि लाग्न सक्छ किनकी पोर्चुगल सहनसिलताको देश हो, यहाँ सहन सक्ने ब्यक्ति चाहे लिगल होस वा इलिगल उनिहरुले कार्ड पाइरहेको छन, ढिलो वा चाडो यो यहाँको सेफ अर्थात इमिग्रेसनमा भर पर्ने कुरा हो।
यहाँको बेरोजगारी दर धेरैनै कम भएकोले अहिले सजिलै कृषी, पर्यटन अन्तर्गत होटल, रेस्टुरेन्ट, पसल र मिनिमार्केटमा धैर्य गर्दै खोज्दै जादा सजिलै काम पाउन सकिन्छ। अहिले परिमार्जन गरिएको कानुनी धाराको प्रयोग पहिला भन्दा अझ सहज गरिएको भन्ने सुनिन्छ तर नयाँ प्रवेश गर्नेहरुको लागि त्यति सहज नहुन सक्छ।