एन आर एन आप्रवास टास्क फोर्स उपसमितिको बैठक सम्पन्न

नवराज पोख्रेल रोमानिया

जेष्ठ १९ गते। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक आज सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए ।

बैठकमा सहभागी सदस्यहरुको छोटो परिचय एवं स्वागत कार्यक्रम पश्चात उपसमितिका सल्लाहकारद्वय डा. बोधराज सुबेदी र धरम के .सी. ले बैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुको समस्या बारे जानकारी संकलन गरि त्यसको छलफल सम्बन्धित मुलुकका एनआरएनएसंग गर्नु पर्ने आबश्यकता भएको कुरामा जोड दिएका छन्।

बैठकले नवराज पोखरेललाई उपसमितिको उपसंयोजकमा नियुक्त गरेको छ। आगामी महिनामा हुने दोस्रो बैठकमा उपसमितिका सहभागी सदस्यहरुले आआफ्नो क्षेत्रमा बैदेशिक रोजगारमा बिदेशिएका नेपालीहरुका बिबिध समस्या हरुको लिखित टिप्पणी पेश गर्ने निर्णय ग-यो।

संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्नु पर्ने आबश्यकता भएको कुरा बताएका छन्।

बैठकमा संयोजक दीपक खरेल (स्पेन), उपसंयोजक नवराज पोखरेल (रोमानिया), सल्लाहकारद्वय डा. बोधराज सुबेदी(पोल्याण्ड) र धरम के.सी.(सउदी अरब), का साथै मिन कुमार श्रेष्ठ (फ्रान्स), मित्रलाल पार्दे (पोल्याण्ड), दिनेशबाला श्रेष्ठ (ईटली), सुरेशराज त्रिपाठी (साउदी अरव), केदारनाथ ढुंगाना (स्पेन), सन्तोष पौडेल (स्पेन), आनन्द घिमिरे (पोल्याण्ड), भगवती बस्नेत,(ईजरायल) डिल्ली खरेल ‘सुमन’ (रसिया) र जर्मनीका डा. यज्ञ अधिकारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.