।।युरोप टाऊको समाऊन।।।।।।। ।।खाड़ी पैसा कमाऊन ।।।।।।।

।।युरोप टाऊको समाऊन।।।।।।।
।।खाड़ी पैसा कमाऊन ।।।।।।।

कसैलाई माथी को सिर्षक तितो लाग्ला तर तितो नमान्नु होस् धेरै हद मा सत्य पनि छ ।
४ वर्ष पहिले २ जना साथी संजिव र सरोज कक्षा १२ पास गरे सगै कलेज पढ्न काठमान्डौ आय सवै साथी विदेस गयको देखेर ऊनी हरु पनि विदेस को जान को लागी तयार भय संजिव ले आईएल्टीएस् मा ६ ल्यायो ११ लाख खर्च गरेर कोपन हेगन को एऊटा कलेज मा आयो सरोज लाई पनि विदेस जान रहर लाग्यो सेल्स मेन को लागी ऊ पनि महीना को ४५ हजार तलव मा १ लाख ५० हजार तिरेर कतार गयो । अहीले यी दुई को काहानी यस्तो छ
कोपन हेगन आयको संजीव ११ लाख तिरेर -संजिव कोपन हेगन आयो धेरै सपना वुनेर आयो कोपनहेगन आयो पहिला त ऊसलाई कोठा खोज्न वास पाऊन धौ भयो तेसपछी सिपीआर ठेगाना रजिस्ट्र गर्न धौ भयो वैक एकाऊन्ट खोल्न १ महीना लाग्यो काम पाऊन ३ महीना तै पनि मुस्ताक र रेसी महमद भन्ने कन्ट्राक्टर को मा महीना को मात्र १०० घन्टा त्यो तलव त्यो वाट ट्याक्स कटायर ९ हजार कोर्नर आऊदथ्यो भाडा ४ हजार क्रोनर गाडी भाडा टेलीफ़ोन खाना गर्दा ४ हजार क्रोनर अनि फोरी ४० हजार क्रोनर कलेज लाई वुझाऊनु पर्ने । तै पनि ऊ हरेस खायन पढ्दै गयो नेपाल वाट फेरी ५ लाख मागायो कलेज फि तिर्यो वल्ल वल्ल २वर्षे कोर्ष सक्यो तर कमाई जति कमायो कलेज कोठा भाडा र खर्च मा मात्र सिमीत भयपछी ऊ ६ महीना अगाडी पोर्चुगल आयो पोर्चुगल मा फिनान्स जनतन भरिदीय तर सोसीयल अझै वनाऊन सकेको छैन खेती मा काम मा गयको छ सोसीयल आऊने कहिले हो कार्ड पाऊने कहिले हो कार्ड पायर पनि यहा पायपोर्ट पायर अर्को देस जादा ४० काटीसकेको हुन्छ । ऊ अहीले युरोप मा टाऊको समायको छ ।
ADVERTISEMENT
पोल्यान्डमा पढ्दै गरेका विद्द्यार्थीहरुले स्ट्रबरीमा कामको लागि संपर्क गर्नुहोस् । मात्र विद्दार्थीहरुको लागि , पूरा जानकारीको लागि
संपर्क ईमेल adi.yavor.pk@gmail.com

उता सरोज कतार मा छ – सरोज पनि कतार गयौ खाड़ी मुलुक जादा अलि अमिलो मानेको थियो संजीव लाई एअरपोर्ट छोड्न ७/८ जना साथी आयको थिय तर ऊसलाई एअर्पोर्ट मा छोड्न कोही आयनन् सवै ले खाड़ी मुलुक भनेर खिसीट्युरी गरे ऊ कतार एअर वाट हमाद अन्तराष्ट्रीय विमान स्थल मा आयो कम्पनी को मान्छे लिन आयो ४ दिन सामान्य तालीम दियो कोठा खाना सवै केही नेपाली साथी सग भयो केही दिन पछि ऊ आफ्नो काम मा कटीवद्द भयो सेल्स मेन ऊ उभर टायम काम गर्नु थाल्यो महिना को ७० हजार भन्दा वढी रुपया तलव थाप्न थाल्यो ओभर टाईम को आफ्नो खुवी कौसल देखाऊन थाल्यो कम्पनी मा ऊ अत्यन्त राम्रो कामदार को रुपमा तेज़ निक्लीयो ऊसको प्रमोसन भयो गर्दा गर्दा ऊसलाई सेल्स कम्पनी को एअर्पोर्ट को सेल्स डिपार्ट (डिऊटी फ्री ) मा सरुवा गरिदीयो अहीले ऊ तेहा काम गर्दछ लाभाम्स तलव गरि १लाख ५० हजार भन्दा वढी तलव खान्छ वर्ष को एक पटक नेपाल जान्छ नेपाल जाने आऊने टिकट कम्पनी ले हालीदिन्छ कमाई राम्रो छ आफु संतुष्ठ छ वेला वेला पोर्चुगल मा रहेको साथी लाई ऊ फोन गर्दछ अनि यता वाट संजिव ले भन्दछ मित्र कमाऊन राम्रो कम्पनी खोजेर खाड़ी जानु पर्दोरहेछ अनि टाऊको समाऊन युरोप आऊनु पर्दोरहेछ ।

( यी माथी को नाम परिवर्तन हो तर वास्तविक सत्य घटना हो तर यती भन्दै गर्दै खाड़ी मा राम्रो को अती राम्रो छ नराम्रो ठगी र दलाली वाट गयका हरु को स्थीती अत्यन्त नाज़ुक छ यहा माथी को लेखाई मा कसैको आत्म संमान मा चोट पुगे क्षमा प्राथी छौ )

Source :
Nepal Europe Portugal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.