आजदेखि युरोपमा कसैको व्यक्तिगत विवरण अनुमति विना प्रकाशित गरेमा अनुमति विना वा असान्दर्भिक ठाउँमा तेस्रो व्यक्तिलाई फोन नम्बर पासपोर्ट नम्बर दिन बन्देज लगाएको कानुन लागु गरेको छ ।अब कसैले कसैको नाम व्यक्तिगत विवरण सामाजिक संजालमा कुनै जानकारी विना सार्वजनिक गरेमा त्यसको दन्ड जेल देखी दशौ मिलियन युरो सम्म रहेको छ । अब सम्बन्धित व्यक्तिको कुनैपनि कारोबार गर्दा कानुनी रुपमा न भएर सहयोग गर्छु भन्नेलाई पनि आज देखि लागु भएको कानुनले अप्ठ्यारो पारेको छ । जस्तो कुनै संघ संस्थाले सम्बन्धित व्यक्तिको इछ्छाविना व्यक्तिगत विवरण पनि सार्वजनिक गर्न पाउदैनन् । कुनै तेस्रो व्यक्तिले तेस्रो व्यक्तिको फोन नम्बर पनि सम्बन्धित व्यक्तिको अनुमती विना दिन नपाइने भएको छ । अब जहाँ जुन ठाउँमा कानुनी रुपमा जे जे विवरण राख्न भनिएको छ त्यही मात्र समावेश गर्न मात्र पाइने भएको छ । आज देखी शुरु भएको पर्सनल जनरल डाटा प्रोटेक्सनले १९९५ देखिको युरोपको डाटा सिस्टमलाई विस्थापित गरिदिएको छ ।
गत १४ अप्रिल २०१८ मा युरोपियन पार्लियामेन्टले स्वीकृत गरि आज २५ मे देखि GDPR (General Data Protection Regulation) युरोपियन युनियनभरि पुर्णरुपमा लागु हुदैंछ । यो नियमको मस्यौदा तयारी र छलफल गर्न युरोपियन पार्लियामेन्टमा चार बर्षसम्म चलेको थियो।
यो नियमले हरेक व्यक्तीको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गर्दछ । अब उप्रान्त कुनै पनि व्यक्तिको व्यक्तिगत बिवरण सार्वजनिक गर्नुपूर्व वा सामाजिक संजालमा सार्वजनिक गर्न वा प्रकाशन गर्नुपुर्व अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको अनुमति लिनु पर्ने हुन्छ ।
विना अनुमति कसैको पनि व्यक्तिगत विवरण प्रकाशित गरेमा वा प्रयोग गरेमा दशौं मिलियन युरोसम्म जरिवाना हुनसक्ने व्यवस्था यो नियमले गरेको हुँदा विशेष सावधानी अपनाउनु आवश्यक छ । विशेष गरेर कुनै पनि नेपाली संघ- संस्थाहरुले सदस्यहरुको नाम, बिवरण र नामावली प्रकासन गर्दा सकेसम्म अनुमती नलिइ नगर्नु नै बेश हुन्छ ।
यो नियमले हरेक ब्यक्तिको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गरेको हुनाले कसैको पासपोर्ट, आवसीय अनुमति पत्र वा अन्य कुनैपनि ब्यक्तिगत विवरण ( जसमा नामका साथै, जन्ममिति , र अन्य महत्वपुर्ण बिवरण र नम्बरहरु लेखिएका हुन्छन ) खुल्ने कुनै पनि कागजात अनुमति बिना प्रकासन वा प्रयोग गर्नु अघि सावधानी अपनाउनुपर्ने हुन्छ ।
बिशेष गरेर युरोपमा सहयोगी भावनाले रेसिडेन्सी कार्ड जस्ताको तस्तै प्रकाशित गर्ने सिधै सामाजिक संजालमा कसैलाई कुनै तर्कविना व्यक्तिगत आरोप लगाउनेलाई पनि यो नियमले बाधेको छ । गैर कानुनी रुपमा कुनै पनि अपरिचित व्यक्तिलाई बसाल्ने अपरिचित व्यक्तिलाई बिना आधार सम्बन्धित व्यक्तिको चाहना विना राख्नेलाई पनि अप्ठ्यारो पार्ने भएको छ । यो नियमले हुन्डी कारोबारीलाई पनि असर पर्ने देखिन्छ जस्तो पैसा हुन्डी गर्दा तेस्रो व्यक्तिको नम्बर दिनुपर्ने हुन्छ यदि सम्बन्धित व्यक्तिको अनुमती विना फोन दिएमा कथन कदाचित पकडाउ परेमा युरोपमा बसेको कसले दिएको भनेर फोन नम्बर दिने व्यक्ती प्रमाणित भएमा पनि समस्या पार्नेछ साथै सम्बन्धित व्यक्तिको अनुमति विना जो मन लाग्यो उसलाई डकुमेन्ट दिन पनि बन्देज गराएको छ । यो नियमले गैर कानुनी रूपमा कागज पत्र अरुलाई दिने काम गर्नेलाई पनि असर पर्ने भएको छ ।, यो नियमले सहयोग गर्नेलाई पनि झमेला हुनसक्ने भएकोले सकेसम्म रेसिडेन्सी कार्ड, बैंक कार्ड आदि जस्ताको त्यस्तै सामाजिक संजालमा पोष्ट नगर्न र पोष्ट गर्नैपर्ने भएपनि सकेसम्म नामको केही अंश र जन्ममिति, कार्ड नम्बर आदि महत्वपुर्ण बिवरणहरु छोपेर मात्रै प्रकाशित गर्नु बुद्धिमानी हुनेछ।
त्यस्तै, यो नियमले कुनै पनि अपरिचित व्यक्तिलाई तेस्रो व्यक्तिको सम्पर्क नम्बर, ठेगाना लागायतका कुनै पनि व्यक्तिगत बिवरणहरु दिनुमा बन्देज लगाएको छ। कुनै पनि संघ संस्थाले जुन प्रयोजनको लागि व्यक्तिगत बिवरणहरु संकलन गरेको हो , त्यो बाहेक अन्य कामको सो बिवरण प्रयोग गरेमा समेत यो नियम लागु हुनेछ।
source http://www.voiceofnepal.tv/2018/05/14476 wikiepidia eu website , google and so many legal informations . ….