THANESHWOR LAMICHHANE
समुन्द्र पारीको देशबाट भतिजद्दारा डा . बाबुराम काकालाइ लेखिएको पत्र..!
प्यारा ठुला बा
डा. बाबुराम भट्टराई ,
आज ठुलो बाले सहरमा नया पार्टी खोल्नु भयो, निम्तो पाएको थिए तर आउन मन लागेन | मलाई आउन मन नलाग्नुमा पनि कारण थियो ठुलो बा, आज भन्दा २१ वर्ष अगाडी हजुरले येस्तै देश बिकाशको नारा दिएर क्रान्ति गर्छु भनेर जंगल जान्छु भनि घरबाट बिदा हुनु भएको थियो तर जंगलको साटो भारत पस्नु भएछ | फर्किएर आउनु भो तर मलाई र मेरा साथी लाई भत्किएका स्कुल, पड्किएका स्वास्थ चौकी अनि लथालिङ्ग देश उपहार दिनु भो | दिदि मानुषी लाइ Ph.D पढाउनु भो तर रुकुम कर्णालीमा स्कुल हिडेकालाइ बन्दुक बोक्न सिकाउनु भो , २०५२ सालमा आफैले जन्माएको पार्टीलाई आज “जडसुत्रबादी अबसरबादी” देख्नु भयो | ठुलो बा, हिजो र आजमा केहि फरक छ भनि ; हिजो क्रान्ति गाउ बाट गरौ भन्नु भो आज राजधानी बाट क्रान्ति हुन्छ भन्दै हुनुहुन्छ, हिजो बन्दुक पड्काउनु भो आज रंगशालामा माईक बजाउदै हुनुहुन्छ | हजुरले क्रान्ति गर्छु भन्दा २१ वर्ष समय गयो, १७ हजार सहिद भए देश ५० वर्ष पछाडी धकलियो, हिसाब दिनुस यसको पहिला कि त मैले बन्दुक उठाएर गल्ति गरे भनेर टुहुरा र बिदुवा संग माफी माग्नुस | बन्दुकको नाल बाट सत्ता निस्किन्छ भन्नु हुन्थ्यो , ठुलो बा बन्दुक बाट गोलि मात्र निस्कन्छ भन्नि सामान्य कुरा बुज्न हजुरलाइ २१ वर्ष लग्यो ; सत्ता आखिर चुनाब जितेर मात्र पाउनु भो |
हजुरले सुरु गर्नु भएको क्रान्ति आज कहाँ छ हेर्नुस, प्रचण्डले पार्टीलाइ संसदबादी बनाई सके, बैध बा विचार र आदर्शको कुरा गर्दा एक्लो भैसके, विप्लप चाही बालकले प्यारो खेलौना छोड्न नमानेको झैँ बन्दुक छोडदिन भन्दै छन् | ठुलो बा, देश हजुरको प्रयोगशाला होइन कहिले बामपन्थी भै बन्दुक बाट कोसिस गर्नी कहिले संसदबाट कोसिस गर्नी, कहिले सहरमा करिश्मा र कान्तिपुरको बिज्ञापन बाट कोसिस गर्नी | ठुलो बा हजुर आज बामपन्थी हो कि होइन ? म अलमलमा छु | धर्मलाई अफिम भन्नु भो, स्कुलमा सस्कृत पढ्न दिनु भएन, आफुले चाही बा आमालाइ मानसरोवर लगेर धर्म कमाउनु भो| ठुलो बा मान्छे लाटा छैनन् , नया तरिकाले मान्छे झूलाउने Corporate सैलीमा पार्टी खोल्नु भो , बरु सक्नु हुन्छ भनि हिजो पड्किएका स्कुल बनाउ, बाटो खनौ अझ सक्नु हुन्छ भनि क्रान्ति कहाँ बाट संचालित थियो सबैलाइ भनिदिनुस अनि सहिद परिवार संग गएर माफी माग्नुस | अब थाक्नु भो होला ठुलो बा , परिवर्तन चाहने हो भनि मानुसी दिदि लाइ अगाडी ल्याउनुस किनकि हजुर हामी कसैका लागि नया कदापी होइन |
उही हजुरको अभागी भतिज ,समुन्द्र पारी को देशबाट ,थानेश्वर लामिछाने ..!!!