धरम केसी
24May18: कार्बाही स्वागतयोग्य छ
—————————————
नेपाली दूतावास मलेशियाका स्थानिय कर्मचारी म्यानपावर ब्यवसायमा पनि संलग्न भेटिए पछि दूतावासले निज कर्मचारीलार्इ पदमुक्त गरेको छ । उक्त संलग्नताको खुलासा भएको २४ घण्टाभित्रै दूतावासले यो निर्णय गरेको छ जसको हामी सराहना गर्दछाैं ।
प्रवासमा दूतावास नै सिंगो सरकारको एकमात्र प्रतिनिधी निकायका रूपमा रहेको हुन्छ अर्थात यस निकायले जतिसुकै नराम्रो गलत कार्य गरे पनि या राम्रो काम गर्न असक्षम रहेपनि यसको अर्को बिकल्प नै छैन तर गलत कर्मचारीको बिकल्प हुन्छ । संस्था अपरिवर्त्य तर कर्मचारी परिवर्त्य (फेर्न सकिने) हुन्छन । नेपाली दूतावास क्वालालम्पुरले यही जन अपेक्षित कदम चालेको हो ।
यतिखेर दूतावासका कर्मचारीहरूका अाचरण तथा कार्यसम्पादन जन निगरानीमा छन, निगरानी गर्नुपनि पर्दछ । नेपाली कामदारहरूको न्याय, उद्धार र सुविधाका लागि दूतावासको भूमिका महत्वपूर्ण हुन्छ । हामी दूतावासहरूबाट नेपाल सरकारको र गन्तब्य मुलुक दुबैका कानूनहरूको अक्षरशः कार्यान्वयन अर्थात सम्मान हुनेगरी दूतावासहरूले प्रभावकारी भूमिका खेलेको हेर्न चाहन्छाैं । पीडित कामदारहरूको उद्धारका लागि रोजगारदातासंग कुटनैतिक मर्यादा बिपरित छलफल गर्नु, सरकारसंग माफी माग्नु या ब्लडमनीका लागि चन्दा माग्नु भन्दा पनि नेपाली कामदारहरूको न्याय, अधिकार र कानूनतः पाउनुपर्ने सुविधाको लागि सरकारी, कानूनी र कुटनैतिक भूमिका खेलेको हेर्न चाहन्छाैं । त्यो भनेको बिदेशमा कानुनी, सरकारी र कुटनैतिक सेवा सुविधा उपलब्ध गराउने र नेपालमा बैदेशिक रोजगार एेन २०६४मा भएको कानूनी ब्यवस्था बमोजिम कामदारहरूको उद्धार, सुविधा, स्वदेश फिर्ति र क्षतिपूर्ति समेतका लागि पठाउने एजेन्सीलार्इ जिम्मेवारी बहन गर्न लगाउने हो ।
दूतावासहरूको म्यानपावर ब्यवसायीहरू र ब्यवसायमै प्रत्यक्ष अप्रत्यक्ष संलग्नता, प्रलोभन या अन्य कुनै स्वार्थमा लटपटिदा नै दूतावासका काम कर्तब्यहरू उपरोक्त दिशामा उन्मुख नभर्इ म्यानपावरहरूकै सेवा गर्दै अर्थात उनिहरूलार्इ कानूनी जिम्मेवारीबाट उन्मुक्ती दिंदै कानूनतः उनिहरूले गर्नु्पर्ने काम र खेल्नुपर्ने भूमिका पनि सकि नसकि दूतावासहरूले नै गर्दै, कामदारहरूका अधिकार, सुविधा र क्षतिपूर्तिमा उदाशिन बन्दै उद्धार र स्वदेश फिर्तिको बाद्यात्मक परिस्थिती देखाउंदै, कामदारहरू शोषण र अन्यायमै रहिरहेको अाम अवस्था हो । अबका दिनमा यो अवस्था चिर्न पनि दूतावासहरू शत प्रतिशत सच्चिनेगरी शुद्धिकरणको अावश्यक्ता छ ता कि बैदेशिक रोजगारमा बहु अपेक्षित न्याय र सुशासन कायम हुनसकोस र जन अपेक्षित ठोस सुधारहरूको सबै कामदारहरूले अनूभूति गर्न पाअाैं ।