नेपालमा पोल्यान्ड रोजगार ठगी प्रकरणमा पक्राउ परेका अमित कुमार यादब

पोल्यान्डको कामदार भिजा र बिद्द्यार्थी भिजालाई लिएर नेपालमा मध्यान्ह पत्रिकामा अमित कुमार यादब जेलमा गएको समाचार प्रकाशित भएपछि मलाई को यादब हो भनेर धेरैबाट तारन्तार खबर आइरह्यो । मैले चिनेको अमित कुमार यादब भनेको बिगत २००६ देखी पोल्यान्डमा बस्दै आइरहेका अमित कुमार यादब हुन । म नै शुरुमा दोधारमा परे सोमबार राजबिराजबाट पक्राउ भनेको छ पोल्यान्डमा बसेका पनि भनिएको छ मैले चिनेको अमित कुमार यादबलाई पोल्यान्डमा देखिरहेको छु । मैले अहिले सम्म चिनेको भनेको पोल्यान्डमा ए के वाइ IDEA मेकर कम्पनी चलाएर पोल्यान्ड बसेका अमित कुमार यादबलाई फोन गरे तपाईंको नाम गरेको व्यक्ती पोल्यान्डमा हुनुहुदो रहेछ र ? नेपालको मध्यान्ह पत्रिकामा प्रकाशित समाचार अनुसार को अमित कुमार यादब हो त्यो बारे जानकारी छ भनेर फोन गरे अनि ए के वाइ मेकर एजेन्सी संचालक अमित कुमार यादबले भने म होइन मेरै नामको व्यक्ती हो पक्राउ परेको व्यक्ती हो । एउटै नाम अनि तपाईंले गर्दै आइरहेको पेशा सम्बन्धी कामदार र बिद्द्यार्थी ल्याउने सम्बन्धी मुद्दामा धेरैले तपाईं नै सम्झने गरेकोले के फोटो दिन सक्ने आधार छ भन्दा छ मसित म होइन भनेर उनले यो फोटो भएको फेरी म सुनसरिको हुँ । उनी सप्तरीका हुन् ।
उनि फोनमा भने मेरो नाम बदनाम गर्नलाई अमित कुमार यादवको नामबाट ठगी गरेका छन् ।
पासपोर्ट कसैले हेर्ने कुरो भएन तर मेरो नाम बद्नाम गर्दै केहि अमीत कुमारको नामबाट बाटो बाटो पैसा उठाउने अनि धेरैलाई ठग्ने गरेका छन् ।
अहिले जेल गएका अमीत कुमार यादवको बारेमा के थाहा छ आखिर तपाइको नाम र तपाइ नै जेलमा हुनुहुन्छ रे भन्ने खबर फैलिएको छ पोल्यान्डमा अमित कुमार यादव भनेपछि धेरैले तपाईंलाई नै चिन्ने भएकोले म तपाईंलाई नै यो बारे के थाहा छ भनेर सोधेको हो म उनिसित बोले । त्यही त उक्त समाचारमा फोटो सहित राखेको भए मलाई यसरी बोलिरहन जरुरी थिएन । सिधा अमितकुमार यादव भनेपछि र बिना फोटो समाचार देखेपछि मलाई धेरैले सोचिहालेका छन् । धेरैले फोन गरिरहेका छन् । म त अफिसमा मेरो काम गरेर बसेको छु । मित्र जि आउनुस् एक पटक यही बसेर कुरा गरौला भने ।

त्यसो त म पोल्यान्डमा १२ वर्ष बसेपनि उनको अफिसमा जाने अनुकुल परेको थिएन त्यो समाचार प्रकाशित भएपछि समय मिलाएर पहिलोपटक उनको अफिसमा पनि पुगेर जानकारी लिए । त्यो भेटमा को हो अमित कुमार यादव भनेर सोधे उनको जवाफ अनुसार सप्तरीको अमीत कुमार यादव हो जेलमा गएको
म सुनसरीको हो तर यी देखिहाल्नु भो मेरो अफिसमा म मेरो काम गरिरहेको छु । फेरि नेपालमा पक्राउ परेका अमीत कुमारको फोटो देखाउदै जेल जाने अमित कुमार यादब यी हुन् । यो फोटो नै हो १००% हो भनेर जवाफ दिए । ।मैले अगाडि पनि भेटेको हो । केहि डिस्कसन पनि भएको हो । यद्दपी नाम मिलेर कुनै आपत्ति थिएन । एउटा अमीतको फटाइ अर्को अमीतमाथी आरोप आइरह्यो । धेरै कम्पनीले पनि फोन गरेर तेरो नाममा डुप्लिकेट काम भएको छ भने तर यहाँ त पोल्यान्डको नाममा अमित कुमार यादव अरु पनि भएर फटाइ गर्ने अनि बजारमा मेरो नाम अतिरन्जित गर्ने गर्दारहेछन् तेश्रो वर्गले । मेरो नाम बद्नाम गरिरहेका छन् तेश्रो वर्गले । म मेरो काम गर्छु । हो हल्लामा हिड्दैन उनले बताए ।
के गर्ने कसो गर्ने मलाई थाहा छ ।बाहिर हल्ला अनुसार मलाई मेरो प्रगति देखेर जे पनि भन्छ । तर म मेरो पेशामा सन्तुष्ट छु । पोल्यान्ड नेपाल सितको भेटमा उनले बतए ।
अहिले युरोप आउन नेपालीहरुलाई धेरै सजिलो भएको र बिभिन्न ठाउँमा रोजगार भएको तर धेरैले फटाइ गर्न लागेपछि कतै धेरै नेपालीले रोजगार त गुमाउने होइनन् । पोल्यान्डको नाममा बाटो बाटो मान्छे ठग्दै हिंड्ने के त्यो ठगी होइन । कुनै बिना आधार मान्छेलाई बद्नाम गर्दै हिंड्ने के त्यो ठगी होइन । ।उनि अगाडि थपे यदि मेरो कारणले कुनै पनि नेपालीले दुख पाएको छ भने भन्नुस म हाजीर छु । बार वार फोन उठाउछु ।
स्मरण रहोस् १६ लाख लिएर पोल्यान्डको नाममा पक्राउ परेका अमीत कुमार यादब यादवको भनाइ अनुसार पोल्यान्ड केहि वर्ष अघि आएका व्यक्ती हुन् ।

नेपालीलाई ठग्ने काम ए के वाइ को अ्मित कुमार यादबले गरेको छैन बरु मेरो क्लाइन्टहरुले गरेका छन् ।बरु नेपालका मेनपावरले गरेका छन् उनले थपे ।

आफु दलाल बनेर म जस्ता व्यवसायीहरुको बदनाम गरेका छन् । बरु धेरैले मलाई ठगेका छन् ।
मेरो चाहना हरेक नेपालीले सस्तो सुलभमा वैदेशिक रोजगारमा काम पाउन् भन्ने हो ।
तर फटाहा दलालहरुको कारणले सोचे जस्तो हुन सकिरहेको छैन । उनी बोले

स्मरण रहोस् ए के वाइ मेकरका अमीत कुमार यादबले पोलिश नागरिक सित बिहे गरेर पोल्यान्डमा बार्ह वर्ष देखी बस्दै आइरहेका छन् ।
पोल्यान्ड नेपालसितको भेटमा काम गर्न सक्ने जो सुकै होस् आफुले काम दिन सक्ने जानकारी पनि अमीतकुमार यादवले गराए ।
(AKY IDEA MAKER AMIT KUMAR YADAV
उनले लेखेर दिएको जानकारी )
“नमस्कार पोल्यान्डमा अमित कुमार यादब भने पछी धेरैले मलाई चिन्ने गर्छन्
किन कि म २००६ देखि छु र मेरो कन्सल्टेन्सी र मेनपावर बिजिनेसमा छु । तर अहिले पोल्यान्डमा धेरै अमितकुमार यादबहरु नेपाल र इन्डियाका छन् । धेरैले मेरो नाम र कामको फाईदा उठाइ रहेका छन् । नेपालको मध्यान्ह पत्रिकामा आएको समाचार अनुसार उक्त अमित कुमार यादब भन्ने व्यक्ती २०१५ मा RZESZOW मा पढ्न आएको र पछी अजेन्टको काम गर्दै वारसवा बसेका थिए । उनी नेपाल बिहे गर्न गएको बेला नेपालमा पक्राउ परेका हुन् । नेपालमा पोल्यान्ड रोजगार ठगी प्रकरणमा पक्राउ परेका अमित कुमार यादब यी हुन् ।
PHOTO SOURCE INFORMATION BY AMIT KUMAR YADAV AKY IDEA MAKER

नेपालमा पोल्यान्ड रोजगार ठगी प्रकरणमा पक्राउ परेका अमित कुमार यादब
Amir.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.