युरोप सम्बन्धी केहि जानकारी , नवराज पोख्रेल रोमानिया

IMG-9e581feaab98cc738f935dd95f29c3f6-V.jpg

नवराज पोख्रेल

यूरोप महादेशमा ५१ वटा राष्ट्रहरु छन भनें यूरोपियन यूनियनमा २८ वटा राष्ट्रहरू छन। यूनियन भनेको यी २८ बटा राष्ट्रहरु बीचको एक राजनैतिक तथा आर्थिक यूनियन (संघ) हो। यसले एक आन्तरिक बजार सञ्चालन गर्दछ र सदस्य राष्ट्रहरू बीच वस्तु, पुंजी र सेवाको नियन्त्रण गर्दछ। यूनियनमा आपसी प्रशासकिय साझेदारी हुन्छ र यो सबै राष्ट्रमा लागू हुने गरेको छ।  

सन् १९५७ मा ईटालीको रोममा भएको सन्धिबाट यसको स्थापना भएको थियो। त्यस बेलादेखि हालसम्म यस यूनियनमा यूरोपका २८ राष्ट्रहरुले सदस्यता पाई सकेका छन। यूनियनले अहिलेसम्म आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दै सुधार जारि राखेको छ जसको फल:स्वरूप यो संघ दृढ बन्दै गएको छ।

यहाँ बुझ्नु पर्ने कुराहरू के के छन् भनें –

Europe
European Union (EU)
The European Economic Area (EEA)
The European Free Trade Association (EFTA)
Euro
Schengen Area

 
Europe मा ५१ वटा राष्ट्रहरु छन। यी राष्ट्रहरुको नाम यहाँ लेखि रहन उपयुक्त ठान्दिन।

European Union (EU) मा २८ वटा राष्ट्रहरु छन।

अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएशिया, साईप्रस, चेख रिपब्लिक, डेनमार्क, एस्टोनिया, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्याण्ड, ईटली, लात्भिया, लिथुआनिया, फिनल्याण्ड, लक्सेम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोल्याण्ड,पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र युके। 

The European Economic Area (EEA) मा ३ वटा राष्ट्रहरु छन – आइसल्याण्ड, लिकेंस्टाईन र नर्वे। यी राष्ट्रहरु EU का सदस्य नभए पनि यिनीहरुले यूनियनका सदस्यहरू जस्तै सुबिधा पाएका छन। 

The European Free Trade Association (EFTA) मा ४ वटा राष्ट्रहरु छन – आइसल्याण्ड, लिकेंस्टाईन, नर्वे र स्वीजरल्याण्ड। EU को बीचमा रहको भएता पनि स्वीजरल्याण्डले EU र EEA को सदस्यता लिन मानेको छैन। 

Euro अहिले सम्म EU का १९ वटा राष्ट्रहरुमा पैसाको चलाईन्छ भनें अरु ७ वटा राष्ट्रहरुले भविष्यमा यूरो चलाउने कोसिसमा छन्। युके र डेनमार्कले पहिलेदेखि नै आ-आफ्नो पैसा चलाई युरोलाई नचलाउने निर्णय गएका थिए। त्यसै गरि स्वीजरल्याण्ड र लिकेंस्टाईनमा स्वीस फ्राङक (CHF), नर्वेमा नर्वेजियन क्रोनर (NOK) र आइसल्याण्डमा आइसल्याण्ड क्रोनर (ISK) को प्रचलन छ।   

Schengen Area मा २६ राष्ट्रहरु सदस्य छन। त्यस मध्येका ४ राष्ट्रहरु EU का होईनन् EFTA र EEA का छन। The Azores, Madeira र Canary Islands चाहि यूरोप महादेश बाहिर परे पनि यी क्षेत्रहरुले EU बिशेस सदस्यता पाएकाले Schengen Area मा समाबेश गरिएको छ। अनि ३ वटा राष्ट्रहरु भनें EU का राष्ट्र भित्र नै परेकाले Monaco, Vatican City र  San Marino लाई पनि  Schengen Area ले ओगटेको छ। आयरल्याण्ड र युकेले Schengen मा जाने ईच्छा राखेनन भनें रोमानिया, बुल्गरिया, साईप्रस र क्रोएशिया Schengen मा पस्ने  लाईनमा बसेका छन।

धन्यबाद ।

तपाईहरुकै –
नवराज पोखरेल
बुखारेष्ट, रोमानिया  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.