पोल्यान्ड रोजगारी ठगी आरोपमा सप्तरीका अमित कुमार यादव पक्राउ

received_2005069429511456.jpeg

हालैका दिनहरुमा नेपालका बिभिन्न पत्रिकाहरुमा पोल्यान्डबारे समाचार प्रकाशित भैरहेको छ ।
यसै क्रममा काठमाडौबाट मिति 2018 मे 8 को मध्यान्ह दैनिक पत्रिकामा पोल्यान्डको नाममा लाखौ रुपैयाँ ठगी गर्ने सप्तरीका अमित कुमार यादव पक्राउ परेको खबर प्रकाशित गरेको छ ।
उक्त पत्रिकामा प्रकाशित समाचार अनुसार :

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै कामदारसँग लाखौं रुपैयाँ उठाएका सप्तरीका राजविराजका अमित कुमार यादव पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुझाएको छ ।

पवन पौडेल र रविन्द्रप्रसाद सिंहको जाहेरीका आधारमा शुक्रबार राजविराजबाट पक्राउ परेका यादवलाई सोमबार वैदेशिक रोजगार विभागमा उपस्थित गराइएको हो । पौडेल र सिंहले दायर गरेको जाहेरीमा यादवले पोल्याण्ड पठाउने भन्दै आफूहरुसँग १६ लाख भन्दा बढी ठगी गरेको दाबी गरेका छन् । पोल्याण्डमा स्टुडेन्ट भीषाको प्रलोभन देखाएर यादवले आफूहरुसँग पैसा असुलेको उनीहरुले दाबी गरेका छन् । यादवले पौडेलबाट ११ लाख १५ हजार र सिंहबाट ५ लाख रकम लिएको कागज गरिदिएका छन् ।

केही वर्ष अगाडी स्टुडेन्ट भीषामा पोल्याण्ड गएका यादव आफ्नो त्यहाँ रेष्टुरेन्ट रहेकोले वर्किड भीषा समेत दिलाइदिने बताएका थिए । उनी पोल्याण्ड रहेकै बेला दिदी सोनिया यादव र बाबु परमेश्वर यादवमार्फत रकम लिएको युवाहरुको भनाइ छ । राजविराजबाट पक्राउ परेका यादवले गत फागुन ५ गते राजधानीको सिनामंगलमा बसी सिंहलाई ५ लाख र पौडेललाई ११ लाख १५ हजारको कागज गराइदिएका थिए । पीडित युवाहरुले यादवविरुद्ध विभाग र सीआइबीमा उजुरी दिएका थिए । यादव पक्राउ परेपछि केही म्यानपावर कम्पनीहरुले यादवले आफूसँग पोल्याण्डको भीषा रहेकोभन्दै करोडौं रकम उठाएको पनि दाबी गरेका छन् ।
श्रोत

source:http://www.madhyanhadaily.com/2018/05/08/%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b2/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.