नयाँ वर्षको प्रारम्भमै गैर आवासीय नेपाली संघ पोल्यान्डले नयाँ वर्षको साथमा नेपाली आइडल सान्स्कृतिक कार्यक्रम राख्न सफल भो । उक्त कार्यक्रममा रात भर नेपालीहरु नेपाली आइडलको साथमा रमाइलो गरेका थिए । नेपाली आइडलले पोल्यान्दमा भएका नेपालीहरुलाई भरपुर मनोरन्जन दिएका थिए । उक्त कार्यक्रममा आ आइ सि सि सदस्य डा बोधराज सुवेदीले पोल्यान्डमा रहेका नेपालीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी र प्रोजेक्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा जन संपर्क समिती सभापति डा एलिनी पोखरेल सुबेदी पानी अभियान कर्ता मित्र लाल पार्दे लगायात विभिन्न व्यक्तिहरुले आफ्नो शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम सफल पार्न अहोरात्र खटिने व्यक्तिहरुलाई संस्थाका अध्यक्ष गोपाल राइले धन्यवाद दिएका थिए र उक्त कार्यक्रममा एन आर एन को वेबसाइट पनि बिमोचन गरिएको थियो । रातभर चलेको कार्यक्रममा नेपालीहरु भरपुर मनोरन्जन गरेका थिए । स्मरण रहोस् उक्त कार्यक्रमको लागि गोपाल राइ जीवन केसी कबिन्द्र सुबेदी लगायत बिभिन्न व्यक्तिहरुले बिशेष भूमिका निर्वाह गरेका थिए ।
त्यसै गरी नयाँ वर्षको सन्दर्भ पारेर कलिवुड पोल्यान्डले शत्रु गते वारसवा पोल्यान्डमा सफल रुपमा प्रदर्शन गराउन सफल भएको थियो र पोल्यान्डको ईतिहासमै नेपाली फिल्म २ पटक प्रदर्शन गराउन सफल भएको थियो कलिउड पोल्यान्डले । स्मरण रहोस् कलिउड पोल्यान्डले इनास पोल्यान्डको सहकार्यमा पोल्यान्डका बिभिन्न शहरमा नेपाली सिनेमा लिलीबिली प्रदर्शन गराउन लागेको जानकारी प्राप्त भएको छ ।
नयाँ वर्ष २०७५ मा पोल्यान्डको बिभिन्न रेस्टुरेन्टहरुमा पनि सान्स्कृतिक कार्यक्रम सम्पन्न भाईरहेको खबर प्राप्त भएको छ । साथै नेपालीहरु मिलेर बिभिन्न कम्पनिमा रमाइलो पनि गरेका खबर बिभिन्न श्रोतहरुबाट प्राप्त भएको छ ।
स्मरण रहोस् हालैका दिनमा पोल्यान्डमा नेपालीहरु झन्डै ५००० पुगेको अनुमान गरिएको छ ।