“नेपालको वैदेशिक रोजगार बादरको हातमा नरिवल” धर्म केसी साउदी अरब

FB_IMG_1525345029484

जसले जे भने पनि ‘बैदेशिक रोजगार’ नेपाल र नेपालीहरूका लागि एउटा ठूलो ‘अवसर’ थियो, यद्यपी रहिरहेको छ । तर यसको फाइदा नेपाल राष्ट्र र स्वयम कामदारहरूले कम, स्वदेशी तथा बिदेशी एजेन्टहरू र रोजगारदाताले बढी लिएका छन । ‘माल पाएर चाल नपाउंदा’ अर्थात अवसर पाएर पनि देश र देशका श्रमजीवी नागरिकका हितमा यसको सदुपयोग गर्न नसक्दाको परिणाम हो यो ।

तथ्यांकले देखाइरहेका छन, संख्यात्मक रूपमा नेपालकै हाराहारीमा श्रमिक निर्यात गर्ने फिलिपिन्सले नेपालको भन्दा दोब्बर बढी रेमिटान्स भित्राउंछ, फ्रि भिषा फ्रि टिकट भने पनि यथार्थमा फिलिपिन्सको भन्दा कैयन गुणा बढी खर्च एजेन्ट (एजेन्सी)लाई बुझाउंछन नेपाली कामदारहरू । बिदेशमा उनीहरूको इज्जत स्तर नेपालीको भन्दा माथि छ, उनीहरूलाई हेर्ने नजर नै फरक छन, औसतमा मध्यमस्तरीय प्राविधिक जनशक्तिको स्रोत मुलुकमा दरिएको छ । फिलिपिन्स जबकि नेपालको पहिचान 3D अर्थात फोहर, जोखिमयुक्त र गाह्रो काम गर्ने श्रमिक निर्यातक मुलुकका रूपमा रहेको छ ।

नेपालमा सुशिक्षित र दक्ष जनशक्ति नभएको हैन, तर हामीमा हाम्रो आफ्नै पेशाको सम्मान गर्न नचाहने, नसक्ने कमजोरी छ । बिश्व बिद्यालयमा पढाउने प्राध्यापक, नेपाल सरकारकै राजपत्रांकित उच्च अधिकृतहरू, प्राविधक स्नातकहरू, सुप्रशिद्ध कलाकार, पत्रकार समेत, युरोप, अमेरिका, जापान, अस्ट्रेलिया भनेपछि हुरूक्कै हुने, काम, पेशा नहेर्ने, आफ्नो शिक्षा र दक्षतासंगत छ छैन, वास्ता नगरी रेष्टुरेण्टको टेबल पुछ्ने, डिस वास गर्ने, पेट्रोल भर्ने, ट्याक्सी चलाउने, स्टोरतिर रजिस्टर हान्ने जस्ता काम खोज्छौं, रोज्छौं । यिनै कामका लागि दशौं लाख फाल्दै, अबैध तस्करीकै रूटबाट समेत छिर्न तयार बन्छौं तर खाडी लगायतका मुलुकहरूमा ब्यवशायरत बहुराष्ट्रिय कम्पनीहरूमा प्राविधिक या पेशागत प्रतिस्पद्र्धामा उत्रिन चाहंदैनौं ।
त्यसो त कुनै पनि काम आंफैमा ठूलो या सानो हुंदैन, तर पनि त्यसले बैयक्तिक आर्जन, इज्जत, राष्ट्रिय पहिचान र बिप्रेशनमा जुन फरक पार्दछ, त्यो खट्कीन्छ, बिझ्छ ।

हामी कति बुट बजार्न पोख्त छौं । यही नै हाम्रा पुर्खाबाट विरासतमा पाएको पहिचान, शिप, स्वभाव र मनोबिज्ञान पनि हो कतिको । अर्कोतिर कृषि प्रधान देश भएर पनि कृषिमा अपेक्षित आधुनीकिकरण, उन्नत प्रबिधि र उत्पादनमा दक्ष, अभ्यस्त र सफल बन्न नसकी बिकल्पमा बैदेशिक रोजगार खोज्ने, रोज्ने ठूलो जनशक्ती कुनै प्रशिक्षण र दक्षताबिनै बिदेशमा हाम फालिदिन्छ ।

माथि उल्लेखित स्वदेशी एजेन्टको ‘मुर्गा’ बन्दै थ्रीडी कामका लागि बिदेशीको शोषण र उत्पिडनको शिकार बन्न पुग्ने ठूलो जनशक्ति समुह पनि यही हो । जसले आर्जन कम तर दृश्य अदृश्य क्षति अनेक र अधिक बोकी स्वदेश फर्किन्छन । फोहर र गाह्रो भन्दा पनि खतरनाक कामले बढी ‘खति –क्षति)’ पुर्याउंछन । एस्बेस्टोस, सिमेन्ट, सिलिका र रेडियसनमा एक्सपोज हुने निर्माण क्षेत्रका कामदार, कतिपय ग्यांस र रसायन कारखानामा काम गर्ने फ्याक्ट्री वर्कर र एउटै काममा लामो ड्युटी गर्दा हुने जोखिम र असर (Musculoskeletal Risk & effects) जीवनको उतराद्र्धमा (एक्सपोज भएको १०–२०–३० बर्षपछि) देखिने खालका हुन्छन । यसको हेक्का र यो खालको क्षतिको हिसाब किताब शायदै हामी कसैले गरेका छौं । कामदारहरूलाई यस प्रकारका जोखिममा पार्नु आइएलओको पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी कन्भेन्सन C155 को आर्टिकल १६ बिरूद्ध पनि हो जसलाई मान्न खाडी लगायत बिश्वका अधिकांश मुलुकहरू सिद्धान्ततः सहमत छन तर ब्यवहारमा बिरलै पालना हुन्छन ।

नेपालको बैदेशिक रोजगार यसरी अपचलित बन्नुको एउटा कारण म्यानपावर ब्यवसायमा संलग्न अल्प शिक्षित, अदक्ष, अनैतिक (Unethical) र जसरी पनि पैसा कमाउने (मात्र) ध्येय बोकेका स्वार्थी एजेन्टहरू पनि हुन । मैले भिजिट गरेको फिलिपिन्सको एजेन्सीमा ड्राइभर र रिसेप्शनिष्ट देखि लिएर सबै नै स्टाफहरू स्नातक थिए । त्यो पनि प्रायः कोही इञ्जिनियरिङ, कोही मेडिकल, कोही इण्डस्ट्रियल, कोही ब्यवस्थापन, कोही कृषि बिज्ञानका स्नातक, सबै नै आ–आफ्नो पेशामा दक्ष, अनुभवी, पोख्त । नेपाली म्यानपावर ब्यवसायीहरूको पृष्ठभूमि हेर्दा त्यो बर्ग, स्तर र योग्यता बोकेका बिरलै भेटिन्छन, जसले जे जानेको हुन्छ, जसको सर्कल (चिनजान र पहुंच) जो जस्तासंग हुन्छ, उसले त्यही स्तर र परिधिभित्रै रहेर काम गर्ने हो । एउटा रेस्टुरेण्टमा वेटर काम गरेको अनुभवले रेस्टुरेण्टमा कस्तो कुक (सेफ) या सुपरभाइजर चाहिन्छ ? सम्म दखल राख्ला तर अरू क्षेत्रका प्रोफेशनलहरूमा के कस्ता योग्यता, दक्षता र क्षमताहरू हुनुपर्छ भन्ने तार्किक र रचनात्मक छलफल गर्ने सामथ्र्य नै पुग्दैन । नेपालमा त्यो खालका जनशक्तिहरूको प्रशिक्षण, परिक्षण, मापदण्ड र स्तर निर्धारण, नियमावली, मान्यता र बिश्वसनियताकै पनि अभाव छ । परिणामतः ‘त्यस्ता भिषा नै आउंदैनन् ।’ रेडिमेड जबाफ हुन्छ, तिनका पृष्ठभूमि र कारक तत्वहरूतर्फ कोही जांदैनन् ।

नेपाली कामदारहरू र तिनका बैदेशिक रोजगार बिदेशमै पनि अपचलित छन । सबैभन्दा बढी त आफ्नै देशबाट ठगिएका छन । लाख-लाख लिएर पनि पठाउने एजेन्सीहरू कामदारहरूका समस्यामा ‘बेप्रबाह बनिदिन्छन । पीडित कामदारहरूका फोनै नउठाएर २ बर्ष कटाईदिन्छन, त्यसपछि त सिधै भन्छन्–‘अब त हाम्रो जिम्मेवारी नै सकियो’ जबकि बैदेशिक रोजगार ऐन २०६४ मा त्यसरी सबै जिम्मेवारी सकिने र बेप्रबाह बन्न सक्ने कहि पनि लेखेको छैन, हो, २ बर्षमा बिमा अवधि सकिन्छ, श्रम स्वीकृति पनि सकिन्छ तर यथार्थमा बिदेशमा रोजगारदातासंगको करारको नविकरण पुरानै शर्त र समझदारी बमोजिम हुन्छन । प्रायः सबैका रोजगारदाता पुरानै हुन्छन, पठाउने एजेन्सी फेरिने त कुरै भएन । फेरी कोही कामदार बैदेशिक रोजगारमा पहिलो २ बर्षभित्रै समस्यामा परी पठाउने म्यानपावरकै असहयोगका कारण अलपत्र पर्छन र बेलैमा उद्धार हुन नसकि २ बर्ष कट्छ, यसमा दोशी को हुने ? कामदार कि एजेन्सी ? बैदेशिक रोजगार ऐन २०६४ का दफा ३५, ३६, ५५ र ७५ ले के के भन्छन् ? बैदेशिक रोजगार क्षेत्रकै नियमन गर्न गराउन बनाईएको यो कानून यो क्षेत्रमा बैदेशिक रोजगारको अपचलन रोक्न, न्याय र सुशसान कायम गर्न अक्षरशः कार्यान्वयनमा किन जांदैन ? !

पछिल्लो समयमा बैदेशिक रोजगारको अपचलन रोक्न म्यानपावर एजेन्सीहरूलाई कानूनले तोकेको जिम्मेवारी निर्बाह गर्न लगाउनुपर्नेमा त्यसो नगरी उल्टो बिदेशस्थित कुटनैतिक नियोगहरूलाई नै अपचलन गर्ने अर्को अपचलन देखिएको छ । बिशेषतः जब पीडित कामदारहरूले श्रम स्वीकृति दिने सरकारी निकाय बैदेशिक रोजगार बिभागमा उजुरी पेश गर्छन तब बिभागले कानुनतः सम्बन्धित इजाजतपत्रवाला एजेन्सीलाई पत्र काट्नु पर्नेमा कतिपय केशहरूमा त्यसो नगरी सिधै त्रिपुरेश्वर स्थित परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर बिभागलाई पत्र लेखिन्छ । यो कानूनी उपचार खोज्ने, पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिने बहु अपेक्षित र कानूनतः निर्देशित बिधी र प्रकृया हुंदै हैन । यो त सिधै दलालीकै एक स्वरूप हो, जो पीडक एजेन्सीलाई जोगाउन, समस्या समाधानमा एजेन्सीको भूमिका, जिम्मेवारी, सम्भावित खर्च र पहलबाट मुक्त राख्दै नियोगलाई (मात्र) कजाउन उक्त बिभागले नै ऐन बिपरित अपनाउदै आएको प्रकृया हो । जबकि बिभागलाई, नियोगलाई र एजेन्सीहरूलाई नै पनि थाहा हुन्छ कि स्वयम मागपत्र सिफारिस (प्रमाणिकरण) मा नै नियोगहरूलाई छलिएको (बाइपास गरिएको) अवस्था हुन्छ । त्यस अर्थमा नियोगले रोजगारदातालाई चिनेकै जानेकै हुंदैनन, बिदेशी कुटनैतिक नियोगहरू त्यसै पनि त्यो देशको कानून बमोजिम कुटनैतिक मर्यादामा बसेर बिशेषतः निजी कम्पनीहरूको बिजनेशमा दखल दिन, दबाव दिन मिल्दैन । नियोग आंफैले कुनै उजुरी या मुद्दा लड्न पनि मिल्दैन । कुनै जरिमाना तिरिदिन या उद्धारमा आवश्यक पर्ने बिभिन्न खर्चहरू ब्यहोर्ने बजेट नै हुंदैन । फेरि पनि हामी नियोगहरूबाट के कस्तो अपेक्षा राख्दै पत्रहरू बिभागबाट नियोगतिर सोझ्याउंछौं ? र किन ? नियोगहरूले यो काम गर्दैनौं, या गर्न सक्दैनौं । प्रायः कहिल्यै भन्दैनन्, शायद त्यसो भन्न मिल्दैन पनि । तर ब्यवहारमा हामीले देखिरहेका छौं नियोगकै पहलमा उद्धार प्रकृया कसरी गुज्रिन्छन, कति समय लाग्छ र बिशेषतः पीडित कामदारहरूले के कति कस्तो न्याय र क्षतिपूर्ति पाउंछनरु सारांशमा यो बैदेशिक रोजगारको अपचलनकै एक स्वरूप हो ।

पछिल्लो समयमै बैदेशिक रोजगारमै अर्को ‘अपचलन’ पनि देखिएको छ–बिदेशमा कानूनी सजाय पाएका, भोगिरहेका कैदीहरूलाई उछालेर, मानवीय सम्वेदना, भावना, नेपाली मनहरूसंग खेल्दै सहानुभूति बटुल्ने अभियान यसरी चलिरहेका छन कि कतिलाई लाग्नसक्छ कि नेपालीहरूको बैदेशिक रोजगारमा ब्याप्त सारा समस्याहरू नै केवल यी २–४ कैदी मात्रै हुन ! यिनीहरू जेलमुक्त भएर स्वदेश फर्किए सबै समस्या समाधान हुन्छन भन्ने भ्रम छरिएको छ । वास्तवमा कानुनसंग यसरी खेल्नु, बिदेशको कानूनलाई नेपालीले यसरी चुनौती दिनु, समग्र राष्ट्रिय हितमा हुंदैन । सबैले हेर्नुपर्ने वास्तवमा कुनै नेपाली अन्यायमा पो परेकी, परिबन्दमा पो परेकी ? फसे फसाईए कि ? भन्ने तर्फ गई तिनलाई कानूनी रूपमै के कसरी सरकारी कुटनैतिक रूपमै सघाउन, मदत गर्न सकिन्छ ? भन्ने तर्फ जानुपथ्र्यो र कानूनी सेवा सुविधा उपलब्ध गराउंदै कानूनी तवरमै मुक्ती दिलाउन केन्द्रित हुनुपथ्र्यो । कानूनतः दण्डनीय अबैध, अनैतिक र गैर कानूनी कृयाक्लापहरूलाई दुरूत्साहित गर्न नै हरेक मुलुकहरूले जेल सजाय दण्ड जरिमाना तोकेका हुन्छन । यी देशहरूका कानूनलाई चुनौति दिंदै अपराध नै बोध (अनुभूति) नहुनेगरी सजायबाट जोगाएर २–४ नेपाली स्वदेश फर्काएर नेपालको कुटनैतिक सम्बन्धमा सुधार हुन्न, दण्डहिनता बढ्ला अपराधजन्य गैर कानुनी कृयाक्लाप यस्ता अभियानले कम हुन्नन् । वास्तवमा यो पनि आम शोषित पीडित नेपाली कामदारहरूका समस्या समाधानमा समाज, सरकार, नियोग र सम्पूर्ण सरोकारवालाहरूको ध्यान मोड्न रचिएका प्रपञ्च नै हुन भन्दा शायद फरक पर्दैन । किनकि साराको ध्यान यस्ता औंलामा गनिने केशहरूमा केन्द्रित बन्दा बांकि सैयौं, हजारौ लाखौं अरू पीडितहरू तर्फ अपेक्षित र आवश्यक ध्यान र पहल पुग्न सकेको छैन । सुरक्षाकै सिध्दान्त (Risk Assessment) मा पनि Risk.Magnitude = Severity हुन्छ अर्थात समग्रमा समस्या या जोखिम कति हो तरु भन्ने मापन त्यस्तो समस्यामा कति जना छन र समस्याको गम्भिरता, संवेदनशिलता या गहिराई कति हो ? भन्नेबाट हुन्छ ।

बैदेशिक रोजगारमा हरेक दिन नेपाली कामदारहरूको मृत्य भैरहेको छ । मृत्य भन्दा ठूलो जोखिम या क्षति अरू के हुनसक्छ ? र धेरैजसो मृत्यहरू बैदेशिक रोजगारकै शर्त समझदारी सम्झौता बमोजिमका सुविधाहरू नमिल्दा, जोखिममा काम गर्नुपर्दा शारीरिक र मानसिक यातना (तनाव) मा पर्दा हुन गएका हुन्छन् । यद्यपी औपचारिक रिपोर्टमा ती कति वास्तविक कारणहरू लुक्छन या लुकाइन्छन । वास्तवमा सबैको ध्यान यसरी ठूलो संख्यामा भैरहेका नेपाली कामदारहरूको मृत्युलाई कसरी रोक्न (कम गर्न) सकिन्छ ? भन्ने तर्फ जानुपर्दछ । तर यहां कुनै केश बिशेषका धुलो धुंवा उडाएर धर्तिमा ब्याप्त असली समस्याहरूलाई तिनै धुलो धुंवामा छोप्न (अदृश्य पार्न) ठूलो संख्यामा रहेका ती केशहरूलाई कानूनी प्रकृयामा आउनै नदिने डिजाइन र मक्शदबाट निर्देशित र सुनियोजित खेल हुंदा समग्रमा फेरी पनि बैदेशिक रोजगार यसरी पनि अपचलित हुनपुगेको छ ।

यसर्थ, कानुनी निकास नै सर्वोत्तम निकास हुन्छ । कानुनलाई रोकेर, अवज्ञा गरेर, त्यस बाहेकको प्रकृया र प्रचलनले समस्याहरूको दीगो र भरपर्दो समाधान दिन्नन भन्ने सत्यमा आम सहमति र तदनुरूपमको कृयाशिलता नै अहिलेको आवश्यकता हो ।
प्रस्तुत सामग्री संसार न्युजबाट साभार गरिएको हो साथै लेखकबाट पनि अनुमति लिइएको हो ”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.