बेल्जियमपछि २०२० मा युरोपियन इनास नाच तथा गायन प्रतियोगिता पोल्यान्डमा हुने
लन्डनमा छैठौ युरोपियन न्रित्य प्रतियोगिताको लागि हार्दिक बधाई तथा धन्यवाद दिदै इनास ग्लोबल अध्यक्ष पुष्प बरुवालले २०२० को इनास युरोपियन नाच तथा गायन प्रतियोगिताको लागि २०२० मा पोल्यान्डलाई दिने घोषणा गरेका छन् । २०१९ मै पोल्यान्डमा कार्यक्रम राख्न आफुले निवेदन लेखेको र समयमै सबै प्रकृया पुर्याएर अनुरोध गरेको युरोपियन इनासको नियमगत रुपले निवेदन दिएर २०१९ मा पोल्यान्डमा कार्यक्रम राख्न तम्तयार भएर बसेको हामीहरुलाई २०२० मा राख्दा अलिकती चित इनास ग्लोबल देखि दुखेको छ भन्दै इनास पोल्यान्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले पोल्यान्ड नेपाल सितको कुराकानीमा बताए । यद्दपी इनास ग्लोबलले अर्को बर्ष पोल्यान्डको लागि सुरक्षित राखेकोमा भने आफु खुशी भएको बताए ।
स्मरण रहोस् इनास उद्घाटन २०१२ अगस्त २६ गते पोल्यान्डको होटेल गोर्डनमा एउटा सानो कोठामा भएको थियो । जसको उदघाटन कार्यक्रमको संयोजन तत्कालीन समयमा मित्र लाल पार्देले गरेका थिए । हाल उनी इनास ग्लोबल उपाध्यक्ष छन् भने इनास बिधान मस्यौदा समिती संयोजक पनि हुन् ।
पोल्याण्ड बाट बत्ती बलेको इनास आज ६८ ठाउँहरुमा आफ्नो शाखा स्थापित गर्न सफल भैसकेको छ ।
आगामी बर्ष बेल्जियम हुने इनास युरोपियन नाच तथा गायन प्रतियोगिताको लागि पोल्यान्ड नेपाल शुभकामना व्यक्त गर्दछ ।
२०२० मा युरोपियन नाच तथा गायन प्रतियोगिताको लागि पोल्यान्डलाई छनौट गरेकोमा पोल्यान्ड नेपाल सम्पूर्ण इनास परिवार प्रति आभार प्रकट गर्दछ ।