“कामको लागी आएको एक नेपाली व्यक्ति पोल्यान्डमा पक्राउ परिसकेपछि नाम प्रकाशित नगर्ने शर्तमा उनले सुनाएको एक अनुभव “

poland

“कामको लागी आएको एक नेपाली व्यक्ति पोल्यान्डमा पक्राउ परिसकेपछि नाम प्रकाशित नगर्ने शर्तमा उनले सुनाएको एक अनुभव ”
म काठमान्डौबाट ठुलो सपना बोकेर हिंडे । धेरै खुशी बोकेर युरोप हिंडे । जहाज भरि मिठा मिठा कुरा भयो । कम्पनीको मान्छे लिन आउछ र हामीलाई काम लगाइदिन्छ भन्ने मैले सुनेको थिए । मेरो घरमा ११ दिनको बच्चा छोडेर श्रीमती सुत्केरी छोडेर पोल्यान्ड कम्पनिमा काम गर्न हिंडेको थिए । मलाई युरोप आएपछी केही प्रगती होला । मेरो सानो बच्चा श्रीमतिको जिन्दगीले हासो पाउला । दुई चार पैसा कमाइएला भनेर युरोप हिंडे । मलाई युरोपको नियम केही थाहा थिएन । एअरपोर्टमा हामी ल्यान्डिङ भयौ वारसवामा । अनी बाहिर निस्कदा एउटी गोरी केटी हाइ भनी । अङ्रेजी बोल्न जानेकी थिइ । उसले म कम्पनिको बोस हुँ भनी हामी कम्पनिको बोस पायौ भनेर खुशी भयौ ।

हामीले त्यो गोरी केटीले जहाँ जहाँ जाने भन्छे त्यही गयौ । उसले पोल्यान्डको अर्को शहरको लागि टिकट काटि दिएर अर्को शहरमा उत्रने भनेर टिकट किनी । हामीले ८०० युरो दियौ । कम्पनिको मान्छे आउछ अर्को शहर त्यही पर्खिनु म सबै काम मिलाउछु । बस्ने व्यवस्था मिलाउछु सबै हुन्छ भोलि देखी काम गर्ने हो भनी । हामीले त्यसले भनेको शहरमा झर्यौ । उसले टिकट किनिदिएर हामी हिंडेका थियौ । ट्रेनमा चढ्यौ । अर्को शहर पुग्यौ । त्यो केटिले भनेको अनुसार अर्को शहरमा उत्रियौ । त्यो शहरलाई क्यातोविच भन्दा रहेछन् । त्यहा हामी पर्खिउ धेरै बेर रात पर्न थाल्यो । कोही पनि हाम्रो आफ्नो थिएन । हामी कुर्न सम्म कुर्यौ कम्पनिको मान्छे लिन आउछ कि भनेर तर धेरै बेर पछी केही जमात आए । कागज पत्र मागे आफ्नो परिचय पत्र देखाउदै । हामीले दियौ । उनले पनि फोन गरे हामीले दिएको आफुलाई बोस हुँ भन्ने केटीको नम्बरमा तर फोन एक पटक कुरो भो त्यसपछी फोन नै उठेन हामी जाने कम्पनिले कुनै रेस्पन्स नै गरेन । हामी बिचल्लीमा पोल्यान्डको यात्रामा पर्यौ । उनिहरुले हामीलाई पक्राउ गरिहाले । । उनिहरुले जेल्मा रातभर राखे हामीले भाषा नबुझ्ने के अपराध गर्यौ र किन हामीलाई जेल राखियो थाहा भएन । हामी दोधारमा पर्यौ । के गल्ती गर्यौ र यसरी जेलमा राखियो । रातभर टेन्सन भो । हाम्रो मोबाइल सबै संपर्क ब्याग सबै उनिहरुले बाहिर राख्दा रहेछन् । रात भर अनिदो केही खान सकेनौ । के गर्छ त्यो पनि थाहा भएन । यद्दपी खान लन्च र ब्रेक फास्ट त दियो तर किन जेल राखियो त्यो सबै जानकारी भाषाको कारणले बुझ्न गार्हो भो । त्यसो त पक्राउ सम्बन्धी जानकारी उनिहरुको आफ्नो कानुन अनुसार नेपालीमा लेखेको एउटा पेपर थमाइदिएको थियो ।
अझ कति दिन राख्ने हो कति दिन हुने हो के के भनेको जस्तो लागेको थियो । तर अर्को दिन एक नेपाली दाइ आउदा जिन्दगीमा एउटा भगवान आए जस्तो भो । हामी नेपाल जान चाहन्छौ मन आत्तियो म बोले । अङ्ग्रेजी पटक्कै नबोल्ने उनिहरु हामी पोलिश पटक्कै न बुझ्ने दाइ आएर उहाँलाई पोलिशमा बोलेपछी र दाइले नेपालीमा बोलेपछी बल्ल बुझियो हामी पक्राउ पर्नुको कारण । १२ घन्टा एक नेपाली दाइको सहायताबाट हामिबाट बोर्डर गार्डले बयान लिएपछी रातको १२ बजे हामी आएको भिजा क्यान्सिल गर्दै १ महिनाको अवधीमा नेपाल फर्किनु पर्ने समय दिएर एक नेपाली दाइको सहयोगमा मध्यरातमा छोडिदियो ।
त्यसपछि बल्ल घरमा सम्पर्क गर्न पाइयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.