पोल्यान्डको वारसवा देखी टाढा कुत्नो भन्ने ठाउँमा हिजो राती कम्पनीले राखेको एक होस्टेलमा बिदाको समय भएको र घर बेटीले कोठामा फोहोर भो भनेंर कम्पनीलाई अगाडि नै जानकारी गराएको र घरबेटीको आग्रह अनुसार कम्पनीले कामदारहरु सार्न लागेको थियो । घरबेटीले कोठा फोहोर भो भनेर मान्छेहरु नराख्ने खबर कम्पनीलाई गराइसकेको र कम्पनीले केहि आधा सर्ने अरु फेरी सर्ने बिषयमा केहि व्यक्तिहरुले कम्पनीले भनेको ठाउमा जादै जान्नौ भनेपछि र भाषा एक आपसमा न बुझ्दा समस्या पैदा भएको जानकारी चन्द्र सापकोटाले पोल्यान्ड नेपाललाई गराएका छन् ।
समस्या एकले अर्कोलाई बोलेको कुरो र वास्तविक्ता के हो भन्ने कुरामा एक आपसमा भाषा नबुझ्दा समस्या बढेको जानकारी गराए । रातारात उक्त खबर प्राप्त हुने बित्तिकै मनोज र चन्द्र म आफै पुगेर समस्या समाधानको बाटोमा गएका छौ ।
स्मरण रहोस्
पोल्यान्डमा कुनैपनि घरमा बसेपछि राती १० बजेदेखि बिहान ६ बजेसम्म हल्ला गर्न , झैझगडा गर्न कानुनले वर्जित गरेको छ । साथै बोल्ने काम जे जस्तो गरे पनि कसैमाथि हात हाल्ने काम गरेमा पोल्यान्डको कानुन अनुसार चर्को मुल्य बोल्ने भन्दा हात हाल्नेले पाउछ ।
उनिहरुको मागको बारेमा सबै जानकारी कम्पनीमा गराएको खबर चन्द्र सापकोटाले प्रेषित गरेका छन् ।
इन्स्योरेन्स र ट्याक्सको सवालमा प्रश्न राख्दा चन्द्र सापकोटाले बोले
” कुनैपनि कम्पनीले कामदारलाई ट्याक्स नतिरेर र इन्स्योरेन्स नगरेर फूल टाइम काम कानुनी रुपले लगाउन सक्दैनन् । ”
अत ट्याक्स र इन्स्योरेन्सको बिषयमा चिन्ता कामदारहरुले गर्नु आवश्यक छैन । चन्द्र सापकोटाले बताए ।
समस्या समाधान भैसकेको जानकारी पनि श्री सापकोटाले पोल्यान्ड नेपाललाई गराए साथै एक दिन कम्पनी म्यानेजर सित पनि भेट गराएर त्यहाको यथार्थ कामदारको वास्तविक्ता बुझ्न पोल्यान्ड नेपाल वा अन्य संस्था आएर पनि बुझ्न सक्नु हुनेछ ।
उनले बताए एकाएक आवेगमा आएर समस्या समाधान भन्दा बढी चर्केको रहेछ तर अहिले समाधान प्रक्रियामा गौरहेका छौ ।