म मात्र २ पटक खुमबहादुरलाई भेटेको थिए

FB_IMG_1522594933859.jpg

मित्रलाल पार्दे

पोल्यान्ड

म दाङमा छ कक्षामा पढ्दथे ।रामपुर स्कूलमा पढ्थे । कक्षा कोठामा पढ्दै गर्दा स्कूलको हेड सर लालमणी पन्त आउनु भयो र पहिलोपटक उहाँको मुखबाट भोली रामपुर स्कूलमा खुम बहादुर खड्का यातायात मन्त्री आउदै हुनुहुन्छ भन्नु भो । सानो बच्चामा मलाई मन्त्रीसित भेट्न पाउने भए भनेर धेरै खुशी भए ।

त्यो समयमा साथी बसन्त जोशी हाल उद्द्योग बाणिज्य संघ घोराहीका उपाध्यक्षकहाँ  गए । फूलको माला बनाउने रहर लाग्यो । त्यो बच्चा उमेर अनि १२ बर्षको मेरो उमेर  । बच्चालाई माला मन्त्रीलाई लाउन पाए भनेर खुशी भए ।

माला बनाएको पनि याद छ । तर अर्को दिन स्कुलमा उनि न आउने रे भन्ने खबर सुनियो । यद्यपि मलाई त्यो समयमा काङ्ग्रेस एमाले छुट्ट्याउन सक्ने थिएन । सुन्दथे खुमबहादुरले बाटो बिपि मार्गको लागी काम गरिरहेका छन्  । बाटो बन्दै थियो त्यतिखेर ।

त्यसपछि समय चक्र घुम्दै फिर्दै आए ।कसैले भ्रस्टाचारी खुम बहादुर भनेको सुन्थे ।कसैले अपराधी भनेको सुन्थे । पछि बुझे राजनितीमा हत्यारो भ्रस्टाचारी भन्ने शब्द सामान्य पो रहेछ ।

मेरो मनले सबै देखेन सुने मैले भोगेन त्यसैले मैले खुम बहादुरलाई देवता पनि भन्न सक्दैन भ्रस्टाचारी पनि मैले न भोगेको न देखेको हुदा भन्न सक्दैन ।अदालतले के गर्छ र अदालतको निर्णय सबै कुराले परिपक्व भनेर म विश्वास पनि गर्न सक्दैन । राजनितीको मियोमा अदालत अल्झिएकै हुन्छ ।

कुन राजनितीको मियो बलियो हुन्छ त्यतैपट्टी अदालत जाने हो ।  गाई कि त्रिशुल भनेर खेल खेलेर स्वीकार गरे झै व्यवस्थामा मुद्दामा भलै जस्तोसुकै मुद्दा भए पनि अदालतको निर्णय मान्नु पर्छ भन्ने सर्त र सिस्टमलाई अगाडि सारिएको हो ।

उनि भ्रस्टाचारी हुन् वा होइनन् मैले भोगेन देखेन म बोल्न सकेन । जेल बसे  प्राजातान्त्रिक आन्दोलनमा धेरै लडाइ लडे त्यो यथार्थ हो । लडाइको दौडानमा कहाँ के भो  वा उनिलाई लड्न बाध्य पारियो वा उनि आफै कति ठाउँ लडे त्यो इतिहासले मुल्यांकन गर्ने कुरा हो ।

म उनलाई काठमाडौ डिग्री पढ्ने क्रममा दाङ बिद्यार्थी समिती त्रि वि किर्तिपुरको अध्यक्ष भएर काम गर्ने क्रममा फोन एक पटक गर्ने मौका पाएको थिए ।  निम्तो पनि गर्ने अवसर पाएको थिए तर उहाँको फुर्सद मिलेन  त्यसो त उनिसित काठमाडौ दाङ अम्बापुरका दाइ महेन्द्र खनाल बिरामी भएको बेला म भेट्न गएको थिए । होटेलको नाम बिर्सिए तर त्यहा दाइ सित भेट्ने क्रममा खुम बहादुर सित भेट पहिलो पटक भएको थियो  २०६२ साल जस्तो लाग्छ । त्यो भेटमा झ्न्डै २ घन्टा कुरो भो ।

उनले मैले किर्तिपुरबाट फोन गरेको याद गरेका रहेछन्  । नाम पनि कन्ठ रहेछ । एक पटक भेट न भएको व्यक्तिको बारेमा गृहमन्त्री भैसकेको व्यक्तिले नाम म जस्तो साधारण व्यक्तिको कुनै अग्रिम परिचय विना थाहा पाउदा म अचम्म परेको थिए ।

मात्र एक पटक त्रि वि किर्तिपुर दाङ विद्द्यार्थी समिती समितिको अध्यक्षको हैसियतले फोन गरेको  थिए ।त्यही फोनको आधारमा सम्झिएका रहेछन्  ।

दोश्रो पटक उनको घरमा भेट्न गयौ ।बिहिबार जस्तो लाग्छ ।उनि सत्य साइ बाबाको भक्ती गर्दा रहेछन्  जस्तो लागेको थियो ।सबै सम्झन सकेन तर यथार्थमा उनले विहान पूजा गर्दा रहेछन् त्यो मैले बुझेको थिए  । उनको घरमा काठमाडौ भेट्न जाने सोच अनुसार  तत्कालीन अवस्थाको इन्स्पेक्टर दाइ बसन्त लम्सालसित त हाल अमेरिका छन्  उनिसित कुरो  भो हामी बाइकमा खुमबहादुरको घरमा गयौ । त्यतिखेर झन्डै २ घन्टा छलफल भएको थियो । त्यो छलफलमा दाइ बसन्तसित घरपरिवार सम्बन्धि कुरो भएपछि म सित कुराकानीमा भर्खर स्थापना भएको रापती समाज काठमाडौ दाङ विद्यार्थी समिती त्रि वि किर्तिपुर , नारायण पाण्डेय दोहोरी प्रतिभा पुरस्कार आदिको बारेमा चर्चा भएको थियो ।

जसले जे भनेपनि दाङमा बिकास गर्नमा बिशेष भुमिका खुमबहादुरले खेलेकै थिए ।

मृत्युपछि आत्मा जस्तोसुकै होस शुद्ध हुन्छ । उनले गरेका राम्रा कामहरुको सम्झना गर्दै    खुम बहादुर प्रति हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.