आजको अपृल फूलमा अपृल फूल मानेर रमाइलो मान्दै पढिदिनुहोला
आज पोल्यान्डको राजधानी वारसवामा माझिले जाल हान्दा १५ जना माछाहरु ठहरै भएका छन् । ५ जना भ्यागुताहरु समातिएका छन् ।
४ जनाले आत्महत्या गरे माझिको जालमा मर्नु भन्दा आफै मर्ने भनेर आत्महत्या गरे । एउटा बिछिप्रसाद त मान्छे झै बोल्यो । माझी अचम्म पर्यो कलि युगमा बिछी बोल्नु अचम्म भो ।
भ्यागुता बोल्यो हे मनुश्य अब पोल्यान्डमा तिम्रो कार्ड बन्न २ वर्ष लाग्यो ।कसैको ५ वर्ष लाग्यो कसैको 2 महिना लाग्यो यी दया न भएका प्राणीहरु ।इमिग्रेसनका मान्छेहरु मान्छेको रुप लिएर होइन बिछिको रुप लिएर इमिग्रेसन जानेछु र तर्साउनेछु । ।
यो गोरा बस्ने देशमा यो के लिला हो भन्दै माझिले सुङुर प्रसादलाई फोन गर्यो । सुङुरले राङो प्रसादलाई । फेरी राङो प्रसाद्ले भैसी प्रसादलाई अनि फेरि भैसी प्रसादले तोरि लाउरेलाई गर्यो ।
तहा उप्रान्त हे पोल्यान्डका नेपाली मनुष्य यतिकैमा यो घटना सेलाएन ।इमिग्रेसनमा कर्मचारी पनि थुर थुर भए । बाहिर निस्कन के लागेका त्यहा बिच्छिहरु पो निस्किए ।
केहि बेर पछि गोड्भेला दाइहरु जम्मा भए ।इमिग्रेसनमा किन हाम्रो कागज ढिलो भो भनेर आन्दोलन गर्न जुङेहरुले जोड्दार माग गरे । बड्डाहरु चुप लागे भनेर बड्डाको बिरुद्धमा आवाज उठाइरहेका छन् रे भनेर बन्धुहरु कराए ।तर बड्डाहरुले त्यो भ्रम हो भनेर बाल मतलब गरेनन् र बरु अब इमिग्रेसनका मान्छेहरुको घर घरमा उडुस पुर्याइदिने निर्णय जुङे र तोरि लाउरे ग्रुपहरुले वारसवा गरे ।
फेरी पोटिला उडुस कहा पाइन्छ भनेर त्यो खोज्नको लागी भोटे प्रसादलाई जिम्मा दिए । उता पर्वते कान्छो माइलो सबैले खोज्ने उडुस तर मरन्च्यासे उडुस होइन पोटिला उडुस खोज्न जागिर छोडेर लागे तर भेटाउन सकेनन् ।
महिनौ बित्यो एउटा उडुस खोज्न गार्हो भो । कोठा कोठामा दलाल प्रसादहरु मात्र भेटिए तर उडुस प्रसादहरु भेटिएन ,उडुस भेटिन गार्हो भो । नेपालमा मन्त्रीलाई फोन गरे ट्याक्स लाग्छ सेटिङ मिलाउनुपर्छ भने एउटा उडुस लिन मन्त्री अनि श्रम मन्त्रालय सबै ठाउ लाख दिनु पर्छ रे भन्ने खबर आयो ।
बाटोमा हार मानी भोटेहरु फर्किए । कालेहरु सबैलाई सोधे पत्ता लगाउन सकेनन् । गोरेहरु चुप लागे । डम्मरेहरु हिडिरहे
हे पोल्यान्डका जनता हो घर घरै दलाल भेटिने देशमा घर घर उडुस किन भेटिएन भनी कान्छाहरु चिन्तामा परे ।डल्लीहरुलाई सोधे । कान्छीहरुलाई सोधे । कसैले जवाफ दिन सकेनन् ।भ्यागुता प्रसादहरु बोलिरहे जन्तरेहरु बोलिरहे अन्तरेहरु सुनिरहे तहा उप्रान्त पोल्यान्डमा टि आर सी कार्ड अप्लाइ गरेर महिनौ न आएकाहरु छलफल गरे ।
इमिग्रेसन भित्र उडुस पारियो भने चाडो काम हुन्छ कि भन्दै तोरि वकिल सित राय बुझे तोरि वकिलको राय अनुसार घर घर सेतो तन्नामा कालो ढाडिको उडुस पारिदिने र रातभर सुत्न नसकेपछि इमिग्रेसनका कर्मचारी सबै अफिसमा आएर राती पनि काम गर्छन् भनेर तोरि लाउरे वकिलले सल्लाह दिए । तर पोटिलो उडुस न पाएपछि केहि कार्ड नबनेकाहरु निराश भए ।
त्यसैबेला भुडे दाइलाई सोधे । भुडे दाइले भने भाइ उडुस मिलाइदिएको कति दिने हो । उनिहरुले भने दिन्छौ दाइ हामिले भनेको जस्तो उडुस मिलाउनु पर्यो । मैले उडुस दिने हो भने मेरो जागिर धरापमा हुन्छ । चाडै चाडै काम भए पछि मैले बोलेको भरमा 1000 ज्लोटी पाउथे त्यो धरापमा हुन्छ त्यही पनि मिलाइदिन्छु । एक उडुस बराबर 100 ज्लोटी । तर उडुस पोटिलो छ । एउटा उडुसले धेरै कर्मचारी तह लाउन सक्छ ।
त्यसपछि हुन्छ बरु १०० ज्लोटिमा उडुस किन्छौ भने । एउटा गङटे दाइको कोठामा प्रशस्त उडुस रहेछ । वारसवा सेन्ट्रममै तर गङटे दाइले दिन मानेनन्
उडुस मिलाइदिन खोजेको भुडे दाइसित झगडा भो । अर्को सिकुटेले बोले हाम्रो उडुसमा यसले दलाल गर्यो । अब हाम्रो उडुसको मुल्य दोब्बर हुन्छ । किनकी रातभरी हाम्रो रगत चुसेर उडुस मोटाएको छ । हाम्रो रगतको पनि त मुल्य छ ।
एक उडुस बराबर २०० ज्लोटी । यदि उडुसले काम गरेन भने भन्नु । काम नै नगर्ने मान्छेलाई १००० दिएका छौ भने यो उडुसले त कुर्सोमा लुकि लुकि चिरिप्प कुर्सिमा निदाउने कर्मचारीहरुलाई टोकेर काम चाडो गराइदिन्छ ।
अरुको रगत खाएर बाचेको उडुस भए म सित्तैमा दिने थिए ।हाम्रो रगत चुसेर बाचेको उडुस महङ्गो छ ।
यति भनेपछि अन्ततः उडुस धमिराप्रसादहरुले किने । प्रति उडुस डिस्काउन्ट सहित 200 ज्लोटिमा 100 ज्लोटी भुडे प्रसादलाई 100 ज्लोटी रगत खुवाएर पाल्नेहरुलाई ।
आजको अपृल १ देखी पोल्यान्डमा उडुस ब्यापार एकदमै फस्टाएकोले धमिरा प्रसादले उडुस खेती गर्नको लागी पोल्यान्ड सरकारलाई निवेदन दिने भएका छन् ।