पोलिश इन्टरनेसनल फूटबल लिग र एन आर एन पोल्यान्ड फुटबल खेल आज वारसवामा शुरु भएको छ ।
पोल्यान्ड र नेपाल बिचकै सामिप्यता झल्कने गरी खेलिएको खेलमा एन आर एन पोल्यान्ड स्पोर्ट् टिमले अत्यन्त राम्रो प्रद्रशन गरे ता पनि जीत भने हासिल गर्न सकेन । शुरुवाती चरणमा नेपाली टिमले अग्रता कायम गरे ता पनि अन्ततः पोलिश इन्टर्नेशनल फूटबल टिमले ३ का बिरुद्ध ५ गोलले आफ्नो अग्रता कायम गर्यो ।
एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राइले हिजो सामाजिक संजाल मार्फत खेल सम्बन्धी सूचना प्रेषित गरेका थिए ।
पोलिश ईन्टर-नेष्नल फुटबल लिग ul. koncertowa 4,Ursynów, Arena Futbolu मा मिति १८.०३.२०१८ बाट शुरु हुन गहिरहेको हुदा, नेपालको प्रतिनिधित्व गर्दै गैर आवाशीय नेपाली संघ पोल्यान्डको Sport team पनि उक्त लिग मा सहभागी हुन लागेको कुरा अबगत गराउन पाउँदा हामि हर्षित भएका छौ!
लिगको पहिलो खेल १८.०३ .२०१८ आईतबार दिउसो १५ बजे बाट सुरु हुने हुँदा NRNA-Pl sport Team का खेलाडीहरुको हौसला बढाउन पोल्याण्डबाशि सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनि हरुलाई उपस्थितिको लागि निबेदन गर्न चाहन्छौ!
NRNA-Pl Sport Team का खेलाडि हरुको नामावली यस प्रकार रहेको थियो !
Coach: Tomasz Cwyl
Subash Khadka-RW
Damodar Regmi-MF
David Thakuri-D
Kesab Thapa-D
Nishan Shrestha-DF
Ashish Rana-AS
Abinash shrestha- D
Kshitij Shrestha-GK
Ashish Shrestha-D
Saroj Ghimire- D
Suraj Chaudhary-FW
Yunesh Khatri -GK
Sujan Bagale-D
Mukul Bohora-MD
नेपाली टिमको ब्यबस्थापनका लागि प्रायोजक तथा सह प्रायोजक हरु यसप्रकार रहेका थिए !
Main sponsor: Little India Poland
Co sponsors: Sneha’s The Touch of India
OM Resturacja, Kuchnia Nepalska
Himalayan Yeti Resturacja
Lumbini Resturacja
Siddartha Resturacja
यस कार्यमा सहयोग गर्ने हरेक व्यक्तिहरुलाई एन आर एन पोल्यान्डका अध्यक्ष गोपाल राइले एन आर एन ए पोल्यान्ड बरिश्ठ उपाध्यक्ष नरेश सापकोटा लगायत अन्य सहयोगी संस्था कम्पनी एवम व्यक्तिहरुलाई आभार प्रकट गरेका छन् । अहिले अत्यन्त समय छोटो भएकोले र थोरै समयमा सबैलाई समावेश गर्न नसकिएको महशुश गर्दै अर्को पटक अली धेरै समय अगाडि देखी प्रचार प्रसार एवम जानकारी गराउने प्रतिवद्दता अध्यक्ष गोपाल राइले पोल्यान्ड नेपाललाई जानकारी दिएका छन् ।