राधा चौधरीप्रति समर्पित कविता

received_216923055710495

हाम्राे देशले कराेडाैँ खर्चेर
नारी दिवस मनाएको
हिसाबकाे मसी नसुक्दै
त्यही समाजले बाेक्सी भनेर
तिम्राे अपमान गर्दै
तिमीलाई यातना दिएको
त्याे बीभत्स क्षणले
गणतन्त्र नेपालकाे मानहानी भाकाे छ ।
तिमी अपमानित हुँदै गर्दा
हिजाे तिमीले मतपत्रमा ल्याप्चे ठाेकेर
तिमीले चुनेकाे जनप्रतिनिधिले
तिम्रै अपमानकाे साक्षी बनेर
मुकदर्शक बनिरहँदा
उसले अाफ्नाे मातृत्वकाे
चिर हरण गरिसक्याे ।
नारी दिवसमा
शितल निवास हुँदै
सिंहदरबारले विदेशी डलर भित्र्याउन
नारी स्वतन्त्रताको
कागजी घाेडा दाैडाउन अब व्यर्थ छ ।
मेराे देशकाे माैन संविधान
अनि अन्धाे कानुनले
तिम्राे स्वतन्त्रताको रक्षा नगरे
निरीह र लाचार प्रशासन
र त्यसका कारिन्दाहरु
जागिरका नाममा
मुलुककाे राजस्व लुट्दै
लाचार लुटेरा बनेकाे क्षण
अझ कति मरणीदेवी र
निर्दाेष राधाहरुले
पिपासु दानवहरुकाे सिकार बन्दै
बाेक्सीकाे उपमा पाउने हुन् ।
यदि नारी बाेक्सी हाे भने
घर भित्रकि अामा
अनि शितल निवासकी
राष्ट्रकै अभिभावक
भाेलि बाेक्सीकै उपमा र अलङ्कारले
नेपाली अाँगनमा शुसाेभित हुँदै
अपमानित भए भने
हाम्राे लाेकतन्त्रले
तिरस्कृत हुनु पर्दैन र ?
अाउ हामीले लैङ्गकि समानताकाे क्षेत्रमा
नयाँ अाराम काेर्न
अपराध कर्मलाई दण्डित गर्न
अब सिमारेखा काेर्नै पर्छ ।
FB_IMG_1520760503277
हिमोढ पहाडी
११ मार्च २०१८
पाेल्याण्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.