रविकिरण अधिकारी कतार
मेरो यो देस नेपालमा कानुन कुन सरकारले पालन गर्ने रहेछ बोल्ने त धरै आए तर राम्रो कानुन आएन यो देस मा
आखिर किन कसले रोकेको छ राम्रो कानुन बनाउन के यो देसमा ३ साल का बच्चा देखि लिएर ८० साल का बुढि आमाहरू बलात्कार हुने देश हो त !
अब हो भनि यसलाई पनि गिनीज बुकमा नाम लेखाऊ नै भने राम्रो कानुन बनाएर जनतालाई सुरक्षा देउ नै भने यस्ता मुते सरकार हरु अब यो देशमा चल्ने वालाछैन ।
हामि २१ सौ सताब्दीमा प्रबेस गरेका छौ राम्रो कानुन बनाउन सकेका छैनौ ।
जनता ले गरेको बलिदान आखिर के को लागि हो
के फेरी अब जनताले बन्दुक उठाउनु पर्ने हो त !
अब बुद्ध नेपालमा जन्मेको भनेर १ लाख जनता जम्म गरियो तर यो देशमा बलात्कारीलाइ फासीको सजाए होस् भनेर अब जनता फेरी सडकमा आएर के टुडिखेल मा जम्मा हुन पर्ने होत? त्यो पनि नेपाली जनताहरुले गरिदिन पर्ने हो त ?
के सरकार को बदनाम गर्दा राम्रो होला त
त्यसैले बेलैमा सरकारको ध्यान जावस भर्खरैको कुरो हो हिजो साउदी मा ७ साल को बच्चा लाइ बलात्कार गरेको काण्ड साउदी सरकार ले गोलि हानी फासीदियो सरकार भनेको यो हो ।
तर नेपालमा त कुनै कानुन छैन ।
बाजे ले नातिनी लाइ बलात्कार गर्यो तेस्को कुनै अतो पतो छैन यो केस १ साल पहिलाको हो ।
त्यसमा महिला राष्ट्रपति यो देसले पायो विद्या देवी भण्डारी उनले पनि हरिण को मासु खादै देसको दोहन गरेकी छन् । आखिर महिलाले महिला को पिरमर्का लाइ हेर्दैन अनि कसले हेर्छ ? यो देसले त दियो त महिला लाइ त्यति माथि ठुलो सिट मा बसाल्दा राम्रो काम त गरेर जानुस कि तपाइँ लाइ अरु देसले यो कानुन बनाउन दिदैन भननुस जनता तेस्को लागि फेरी बलिदान दिन तयार छन् तर यो देसलाई देस जस्तो बनाउनैपर्छ यो मेरो आग्रह हो
खाली त्यो नेपाल को दाना पानी खाको हिसाब को काम त गर्नुस अझ हामी कुरो ठुलो ठुलो गर्छौ लगानी लगाई दिने देसले पनि म तेरो देस मा आउदिन कुनै कानुन त छैन तेरो देशमा म कुन आधारमा लगानी लगाउने भन्यो भने तपाईहरु को पासमा के उतर छ
या त एस्तो मान्छे को जरुरत छ कि साउथ अफ्रीका मा बुवा प्रधानमन्त्री थिए छोरा कसै लाइ रेपको केस सुने त्यसपछि आफ्नो छोरालाइ गोलि हाने आदेस दिएका थिए २ साल पहिला को कुरो हो । त्यो हो देस को कानुन भनेको त्यो हो ।जहाँ सानो ठुलो हुदैन ।
कस्ता खाल का पत्रकार हुन् माखो मार्यो पनी समाचार बनाएका छन् कमसेकम शब्द त हेर कुन चिजमा जनता लाइ दिदै छु कति सस्तो क्यामरा हो तिमीहरु को ? दाइजोमा भारतले दिएको होकी जस्तो लाग्छ मलाई त
भारतले भनेको छ नेपालमा जे गरेपनि छपाछपा म तलाई कमिसन दिन्छु भनेको छ कि
भरिसक आफ्नो बुद्धि ले गर्ने हो नै भने पो देश बन्छ । अरुको देसमा घुम्न जाने दाल भात खान को लागि हो भने त नेपाली जनता ले दिएको छ त नेता हो किन जानु पर्यो खाली खर्च मात्र
अब प्रचण्ड र केपी ओलीजी लाइ मेरो बिन्ति छ विकास को साथसाथ मा यो बलात्कारी केसमा गुन्डा गिरि दादागिरि भास्ताचारी यस्ता लाइ फासी दियो भने तपाइँ हरुको सरकारले जनता ले पाउने राहत को महसुस गर्ने छन् नै भने यस्ता केस अब दैनिक हुन्छन किन भन्दा यो फेसबुकका संजाल ले धरै मानिस जोखिममा परेको छ अब तपाई ले जनता लाइ खुसि बनाउने तिर लाग्नुस् दुखि तिर होइन दुखि तिर हो भनि त राजा आउला र तिम्रा टाउकाका मोल हरु तोक्दा थाहा पाउला ।
गाउँगाउमा बन्दुक सोझ्याउदा जनताले त्यसबेला थाहापाउने छन् अहिले गणतन्त्रमा खुलेका मुखकामूलहरु राजाले गोलि ठोकदा थाहापाउला जनता हो । अरुलाइ गालि गर्ने नेपालीको बानी कहिले गएन हामीले आफु भित्रको आत्मासाथ गर्दै हामी माथि भएका गल्ति सुधारेर जाउ हाम्रो देसको जनता धरै छैन हामी का धरै खनिज पदार्थ छ त्यसको उन्मुलन गर्न सक्यौ भने हाम्रो देस २० सालमा आत्मा निर्भर बन्छ राम्रो सुशासन हुनुपर्यो के कुरो त बाटोमा हिड्ने बटुवाले पनि गर्छ मिठा मिठा हामी नेपालीको बानी के छ कसै ले मिठो भाषण गर्यो अलिकति टुच कसैले दियो भने हामी त्यसैमा बिक्ने बानी छ त्यसैले गर्दा पनि यो देश बर्बाद भाको हो
अब आउने सरकार ले ५ साल चलाओस देसमा बाहिरको लगानी लगाउन दियोस जनताले पनि सरकारले गरेको काम बिरोध नगरोस् ।
हामी नेपाली हरु बिरोध गर्ने धरै अगाडी धरै नै छौ हाम्रो जिउनै खराब छ जस्तो लाग्छ ।
बाबुरामले बिपा सम्झौता गर्दा वैद्य पार्टी कार्यकर्ताले कालो झन्डा देखाए नेपालमा ठुलाठुला कम्पनी खोल्ने दुवइ कम्पनि लाइ रोक लगाए उनले कम्पनी खोलेको अवस्था भएको भए जनताले रोजगार पाउथ्यो ।दिन दिन ३ वोटा लास आउनेबाट अलि कम त हुन्थ्यो कि त्यो पनि बिरोध
आज कसैको राम्रो काम गर्ने हो भन्दा हामी नेपाली को बानी मुन्टो बटार्ने बानी छ
खराब काममा आफ्नो काम थाती राखेर भएपनि श्रीमतीलाइ कुटेर हुन्छ कि आमा लाइ कुटेर हुन्छ कि हामी त्यो ठाउँ मा पुगीहाल्छौ । यो हाम्रो बानी
कदापि गएन ।
कुनै नेता ले गरेको काम हामी नेपालीले विश्वास गर्दिनौ उसले पनि कुनै सोचेर गरेको होला नि तै खराब कामगर्ने लाइ फेरी भोट दिन्छौ ।
अरु देशले गरेको कामको हामी छिटो विश्वास गर्ने बानी हाम्रो छ ।
हाम्रो देशको हर्बो टि सुकेर गाको छ हामी अरु को देस टि एस्तो उ एस्तो भनेर अरु देसको प्रचार गर्ने हामी कस्ता नेपाली ?
हाम्रो देस शिलाजित यार्सागुम्बा हर्बो एलैची दाल चिनी हिङ्ग हामी कुरो गर्दिनौ अरु को देस प्रचारमा निकै व्यस्त देख्छु म त्यसैले हाम्रो देशपछि छौ । अनि हामीले भने भन्छौ कि विकास भएन कसले गर्ने विकास सब नेतालाई दोष दिएर हुँदैन उसले त राम्रो कानकुन बनाई दिने मात्र हो बाकी त हामी जनता ले गर्ने हो चिनले अरु को देस समान इज्जत गर्दिन था छ नि
बुवा आमा राम्रो भयो भने छोरा राम्रो हुने हो
सरकार राम्रो भयो भने जनता राम्रो हुने हो
हामी राम्रो भयो भने आउने सन्तान राम्रो हुने हो
जनताले पिने पानी पाको छैन नेता ले बियर ले नुहाएको छ खोलो भरि पानी छ खोलो सुसाएर नीद हराम गरेको छ घरको नजिकको मान्छे पानीले तड्पेको छ त्यो काम सरकारले गरेको छैन एक जना दाङ्ग जिला सुनपुर् गाबिसका भाई मित्र लाल पार्दे पानी पानी भनेर चिल्लाइरहेका छन् । पोल्याण्डबाट त्यति राम्रो भिजन ल्याउदा पनि सरकार कानमा तेल हालेर बसेको छ ।
८०० धुरी घरको पिने पानी छैन जब कि हाम्रो देस जल श्रोतको धनि देश हामी नै पानी पानी भनेर दुई वर्ष देखी तड्पेका छन् ।फेसबुक स्ट्याटसबाट गाउको जनताले पानी पाओस् भनेर लाखौं पनि जुटाएर पठाइसके ।पैसा नेपालीको पासमा छ तर सिस्टमले नेपालीले दुख पाएको भन्छन् पानी अभियानकर्ता । साथै उनि नेपालको कानुन त बच्चाको तोते बोलि जस्तो छ अनि उसले कहाबाट लगानी लगाउछ भनेर हरदिन नेपालको लागी चिन्तित छन् । उनि पानी यात्री भाइलाइ त गले खोजेर पुरुस्कार दिन पर्ने हो र ? गाउगाउमा पानीपानी गरिदिने हो र ? सबैले उनको कदमलाई थोपा थोपा साथ दिने हो । उनि अहिले पोल्याण्डमा छन् सबैलाइ पानी अभियान चलाएका छन् उनि जस्तै यो देशको माया गर्ने मान्छे १० जना हुनुपर्छ देश स्वर्ग बन्छ ।
त्यसैले अब हामी नेपाली जनताहरु अरुको गुण गान न गर आफ्नो देशको बोरो किन न होस् त्यसको सुरक्षा गरौ ताकि आउने हाम्रा सन्तान हरु ले सुन्दर शान्त देश देख्न पाउन् ।
रवि किरण अधिकारी खाडी मुलुक बाट