गैर आवाशिय नेपाली संघ पोल्याण्डको विज्ञप्ति ।
जो जो सँग सम्बन्धित छ!
आदरणीय पोल्यान्डबाशि नेपाली दाजुभाई एबम दिदि बहिनि; बिगत केहि समय देखि पोल्याण्डमा नेपालीहरुको आवतजावत बाक्लिदै गएको र त्यस बाट सम्बन्धित ब्याक्ति एबम राज्यले आँशिक लाभ लिन सकेता पनि पोल्याण्डको कानुन, भाषा एबम कार्य ब्यबस्थापन जस्ता कुरामा अधिकाशं ब्याक्तिहरु अनविज्ञ भएका कारण उत्पन्न समस्या प्रति संघको ध्यानाकर्षण भएको छ!
पोल्याण्डलाई बैदेशिक रोजगारी को गन्तब्य बनाउनु भन्दा पहिला सम्बन्धित ब्याक्तिले आफ्नो रोजगार दाता र गर्नु पर्ने कामका बारेमा पुर्व जानकारी लिनुहुन साथै आफुले पाउने सेवा सुबिधाका बारेमा बुझ्नका लागि अनुरोध गर्न चहान्छौ! तपाईँ पोल्याण्ड आईसके पछि अन्य देशमा स्थानान्तरण हुने सोच बनाउनु भएको छ भने तपाईँको भिषा सेन्जेयन हो या होईन र पोल्याण्ड छोड्न खोजे के कस्ता प्रकृया हरु अपनाउनु पर्दछ र चालिएका कदमले के कस्ता समस्या हुन सक्छन एबम मैले गर्दै गरेको काम कानुन सम्बत छ या गैर कानुनी हो? भन्ने बारेमा पनि बुझ्न जरुरि छ र सरकारी एबम गैर सरकारि कुनै पनि कागजमा हस्ताक्षर गर्नु पुर्व सम्बन्धित कागजमा के लेखिएको छ भनेर समेत बुझ्न यसै विज्ञप्ति मार्फत आग्रह गरिन्छ!
गैर आवाशिय नेपाली संघ पोल्याण्ड का पदाधिकारी हरु उल्लेखित बिषयमा सहयोग गर्न हमेसा तयार रहेको समेत अबगत गराउन चाहान्छौ!
अध्यक्ष गोपाल राइ महासचिब श्री कृष्ण न्यौपाने
ADVERTISEMENT ADVERTISEMENT
बिदेशमा बसेर काठमाडौ चितवन नवलपरासी आफ्ना प्रियजनहरुको घरमा सम्झना स्वरुप घरमै पुर्याउने प्लेट्फर्म एस एम एस सर्भिस फर यु
http://smsservice4you.com/service_taker
paypal smspardey@gmail.com