रमेश राज शर्मा
पोर्चुगल
सहनसीलताको सहर लिस्वन यसकारण पनि
यूरोपियन देश पोर्चुगल अहीले धेरै नेपालीको लोकप्रिय देश हो । अर्को अर्थ नलागेमा ठक्कर लागेका, पैसाले मातेका, पढाईमा अव्वल, वुद्धिजिवी, लेखक, पत्रकार, पत्रुकार, कृषक मात्र नभई रमाउन , कमाउन , ठगिएर वा ठग्न आउने साथै नेपालवाट अपराध गरी भागेर लुक्न आउने, प्रहरी सेना बाट छदा छदैको जागीर छोडेर आउने सवैले जतिसुकै नेपालमा म यस्तो थिए उस्तो थिए यति सम्पति छ आदि इत्यादि जस्तो सुकै फुर्ति लगाए पनि सवैको एउटै उदेश्य भनेको कार्ड वनाऊने, परिवार ल्याऊने सुखी र खुसी सग वस्ने मात्र हो ।
जव पोर्चुगल आएर रोसीयोको( ठाँउको नाम ) एउटा भित्तोमा देवनागरी लगायत बिभिन्न भाषामा ठुलो अक्षरमा लेखेको देख्न पाईन्छ “सहनसीलताको शहर लिस्वन ” भनेर । त्यती वेला यी हरफले खासै महत्व र अर्थ पाउदैनन् जव यहाँ नेपाली समाज, नेपाली समुदाय साथै एक नेपालीले अर्को नेपालीलाई गर्ने व्यवहार अनि यहाँको नियम, प्रसासनीक कामको अनुभव र सास्ति भोगे पछि मात्र बल्ल ठुलो अक्षरले लेखिएको सहनसीलताको शहरको अर्थ बुझिन्छ ।
कुरा गरौ नेपाली समुदाय र नेपालीको –
नेपालवाट अनेक सपना देखेर युरोपका विभिन्न देश हुदै होस वा खेती कम्पनीका मानब तस्करहरु मार्फत पोर्चुगलको एरपोर्टमा ऊत्रने वेला सम्म आनन्द उमंग मात्र होईन मनमा हरेक सपनाहरुको माला वुनेर एयरपोर्टवाट पाहिला अगाडी सार्दैमा नयाँ चटक सुरु हुन्छ फिनान्स कसरी भर्ने, जुन्ता वनाऊने, सोसीयल नन्बर अनि के के अरे के के सेफ़ इन् रे, फिड्गर रे साँच्चै सुन्दा कार्ड भर्खरै भयो भन्ने जस्तो भान हुन्छ तर कुरा सोचे जस्तो सजिलो छैन । अनि मन मनै भन्नु पर्छ…………….
आतले नहाँसे पनि दाँतले हाँस्नु पर्दो रेहछ ।
मनले बहीस्कार गरे पनि हातले नमस्कार गर्नु पर्दो रहेछ ।।
हो २ /४ दिनको वसाई मा नै यो पंक्ति अनुसारको भोगाई सुरु हुन्छ । फिनान्स त साथी भाईको सहयोगमा बनाइएला । २/४ जना साथी भाई सगै एउटै कोठामा वस्न पनि पाईएला तर ब्वासो जस्ता अद्रिश्य दलालहरु श्रम सोषण गर्न पछ्याई रहेको हामी चाल पाउनै सक्दैनै । नियम अनुसार सोसीयल सेकुरेटि नम्बर काम गर्न थाले पछि काम गर्ने ठाँउबाट नै वन्ने हो तर आज भोली पहीला सेकुरेटी नम्बर खोज्दछन् जस्तै मोहि माग्न आउने अनि ढुङ्ग्रो लुकाउने । नेपालीहरु मालिक भएका व्यावसायमा त झन अनिवार्य चाहीने रे । सित्तैमा बनिनु पर्ने सोसीयल सेकुरेटि नम्बर ७/८ सय यूरो तिरे पछि नेपालीले नै बनाई दिन थालेका छन आजकाल । यसरी नेपालीबाट नेपाली ठगीदा सबै तै चुप मै चुप छन बोल्न पाईन्दैन आवाज उठाउन पाईन्दैन किनकि वोलेमा नेपाली समुदायवाट नै कुटीनु र चुटीनु पर्छ । कुटीय, चुटीय, लुटीय, ठगीय पनि सवै तै चुप मै चुप छन् किन ????? किनकि यो सहनसीलताको शहर हो यहाँ सहनु पर्दछ । केहि समय अघि न्यूज़ २४ का पत्रकार ले के कलम चलायका थिए मध्य रातमा पत्रकारलाई नै काम गरिरहेको ठाँउमा गएर तथानाम छाडा गाली गर्दै एन आर एनका उपाघ्यक्ष नै रंगलाल (रक्सीवाला) जंगलाल (जाडवाला) भाडाका गुण्डाहरुको जथ्था लिएर आक्रमण गर्न गए । भोली पल्ट आफुलाई नेपाली समाजको स्वघोषित डन साथै समाजसेवी भनाउदाहरु मिलापत्र गर्न गए कानुनी कार्यवाही अगाडी वढोस् नवढोस् ऊनीहरुले जे जति आश्वासन दिए पनि उनि सहेरै वसे पत्रकार भएर पनि के गर्नु ?? सहनै पर्यो किनकि यो सहनसीलताको सहर न पर्यो ।
यहाँका पार्कहरुमा कति दिन देखी नेपालीहरु भोकै सुतेका छन् ,कति कोठा विहीन छन् काम विहिन छन् , कति भाषा नजानेर भौतारीयका छन् ,कति नेपालको सयकडा २ मासीकको पिरले टाऊको समाएर बसेका छन् ,कोहि मानव तस्करमा परि काममा पिटाइ खाइ मृगौला पिडित भइ संघ संस्था तथा समाजसेवी भनाउदाहररको ढोका ढक्ढकाउनु परेको छ तर केही चिल्ला गाड़ी चढ्नेहरु पिडितहरुलाई नै शोषण गरिरहेका छन् । १४/१४ घन्टा काम गराऊने तर महीनाको २५० युरो तलव दिएर ५३० युरोको ( बेसीक तलव ) सेलरी पेपरमा सही गराउने नेपाली समाजसेवीको जमात, खादा लगाऊनेको जमात, आसन र भाषणको लागि मर्न खोज्नेको जमात ठुलो छ यहाँ तर नेपालीहरु जो कागजी प्रकृयामा छन् उनीहरु वाध्य छन् काम गरेका छन् सहेका छन् किन कि यो सहनसिलता को सहर हो सहनु नै पर्दछ मनले वहीस्कार गरे पनि हातले नमस्कार गरीरहेका छन् । नेपालवाट ६ महीनामा कार्ड वन्दछ भनेर पोर्चुगल आए आजको दिन सम्म ६ छका ३६ महीना भयो न काम छ ! न कार्ड ! न पैसा !!! तर पनि नेपालवाट नै पैसा मगाएर भए पनि गुजरा चलाएर आतले नहाँसे पनि दाँतले हाँसिरहेका छन् । यदी कुनै नेपाली साहुजीले गरेको अन्याय र अत्याचारको कुरा वोल्यो भने नेपाली साहुजीको गोदाई खानु पर्दछ तेसैले सहनु नै वेस भन्नेहरुको जमात धेरै छ र यहि आशामा छन् यो सहनसीलताको शहर हो सहनु पर्दछ ।।
यहाँ चम्केका समाजसेवी वुद्दीजिवी र व्यापारीको कुरा गर्नु भन्दा पहीला साथीले भनेको यो पंतिको स्मरण हुन्छ………….
वाहीर हेर्दा पहरेसुलीको रमीता हेराई छ ।
भित्र दुई चोईली आटो के धोती फेराई छ ।।
हो माथीको पंतिमा भने जस्तै यहाँका समाजसेवी, यहाँका व्यापारी, सफल व्यावसायीहरुको हालत यही हो वाहीर हेर्दा क्या बात तर भित्र आफु विरुद्ध कोही वोल्यो, कसैले कमीकमजोरी नियाली दियो भने चाहे पसल होस चाहे घर होस् नेपाली भाडाका गुण्डा लगायो आफै पिटायो अनि फेरी आफै मिलाउन गयो । अनि भन्यो देख्यौ यहाँ नवोल यहाँ गार्हो छ । हामीले भनेको मान, पुज तिमीहरुको मनोकामना पुरा हुनेछ तर हाम्रो नराम्रो नलेख, नराम्रो नदेख, राम्रो मात्र भन परेको हामी वेहोरौला, हामी नराम्रो भए पनि हामीले नराम्रो गरे पनि राम्रो गर्नु भयो भन नराम्रो नभन, मलाई विचरा तिम्रो जहान केटाकेटीको माया लाग्छ कतै तिमीलाई केही भयो कि उनीहरुको विजोग हुनेछ यस्ता भावनात्मक शव्दहरुले भावनात्मक ब्लायकमेलिङ् गर्छन । आफै सोचौ र मनन् गरौ यहाँका गन्यमान्य भनाउदाको व्यबहार । यति मात्रै होइन वेला वखत आऊने नेपालका पाहुना, कलाकार, नेतालाई लम्पसार परेर एयरपोर्ट लिन जाने उनीहरु नै हुन् । केही समय अघि लोकमान आए उनीहरुले नै खुवाए, घुमाए, ज्यू हजुर गरे । लोकमान कुन उदेश्यले आए त्यो त कसैलाई थाहा नभए पनि लोकमानले कसै कसैको ७ हज़ार युरो खर्च गराईदीय रे ( सुन्नमा आएको ) हिजो बाबुराम भट्टराई ज्यु आउनु भयो तुलनात्मक रुपमा नयाँ शक्तिले राम्रो र २/३ सय जना मान्छे उतार्न सके पनि बाबुराम भट्टराईको फेसवुक स्टाटस देख्दा लाग्दछ बाबुराम भट्टराई ज्यु पनि यहाँका प्रगति गरेकाहरुको लागी मात्र आउनु भएको रहेछ भन्ने भान पर्दछ तर जे होस् पोर्चुगलको लिस्वन शहर सहनसिलताको शहर हो यहाँ खान र भाड़ा तिर्न गार्हो छ । नेपालमा वुवा आमाको अन्तिम अवस्थामा उपस्थित हुन एउटा टिकट काट्न नसकेर यही रातभरी रुनु पर्ने वाध्यता छ सहेरै वस्नु पर्ने रहेछ किनकि यो सहनसीलताको सहर रहेछ ।
यहाँ नेपालीहरुका समस्याका थुप्रो लागेका छन् । कुटनैतीक, राजनैतिक, सामाजीक संस्था कोहि पनि समस्याको समाधान तिर लाजेका छैनन् तर नेपालमा भने पोर्चुगलका पर्यटन दुतको लागी दौड धुप छ रे आफू आफू यो समाजसेवी र त्यो नेपाली पर्यटन प्रबर्धक भनेर समाचार हाल्न व्यास्थ छन् पर्यटन दुत हुन साम दाम दण्ड भेद सबै प्रयोग गर्दैछन् कोहि सांसद बोकेर कुद्दै छन कोहि होटलमा लाखौ खर्च गर्दै छन । पर्यटन दुत भनेको थाह छ के हो ?? रेष्टुरेन्ट चलाएर, नेपालीहरुको लागि कलाकार ल्याएर नचाएर, खेतिको कम्पनि खोलेर, नेपालीहरुलाई काम दिएर पर्यटन दुत बनिन्दैन विदेशीलाई नेपाली संस्कृतीको बारेमा बुझाउन चिनाउन सक्नु पर्छ रेष्टुरेन्ट फाईदाको लागि खोलिएका हुन पर्यटन प्रवर्द्धनका लागि होईन । नेपाली रेष्टुरेन्ट संचालन गर्ने तर खाना सबै ईन्डियन बेच्ने यो पर्यटन प्रवर्द्धन होइन पर्यटन प्रवर्द्धनको धज्जी उडाउनु हो । यहाँ बस्ने नेपालीले मुल्याङ्कन गरेका छन यहाँहुरले कतिको पर्यटन प्रवर्द्धन गर्नु भएको छ गर्नेलाई भन्दा देख्नेलाई लाज नबनाउनु होस ।
सहनसीलताको शहरमा सवै नेपाली सहेकै थिए तर सहनसीलताको शहरमा सहने शक्तीको पर्खाल क्षीण भयको भान भएको छ ।।।।।