नवराज पोखरेल रोमानिया
‘नेपाल र नेपालीकालागि योगदान पु-याउन चाहन्छु’ भन्नुहुन्छ स्पेनकालागि नेपाली राजदूत महामहिम भरत बहादुर रायमाझी।
उहाँले स्पेनमा कुटनैतिक भेटघाट तिब्र बनाउनु भएको छ। नेपाली राजदूतावासको शुरु गर्नु पर्ने चटारोका बाबजुद पनि महामहिम राजदूतले स्पेन र यसका प्रान्तीय सरकारका प्रतिनिधिहरुसंग बाक्लै भेटघाट गरिरहनु भएको छ।
हालै मात्र स्पेनको पाईस भास्को प्रान्तिय सरकारका अन्तर्राष्ट्रीय सम्बन्धका निर्देशक तथा परराष्ट्र मंत्री लेईरे मादारिआगा गांगोईती र खुआन आगुआडो उर्किओलाले भेटघाट गर्नुभएको थियो।
नेपालका हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको र त्यसका लागि छिट्टैनै एउटा बिशेष बैठक गर्नका लागि पाईस भास्को आतुर रहेको कुरा प्रान्तिय सरकारका अन्तर्राष्ट्रीय सम्बन्धका निर्देशक तथा परराष्ट्र मंत्री गांगोईतीले बताएका थिए।
सो भेटघाटमा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवं एनआरएनए युरोपका उप-संयोजक एकराज गिरीको पनि उपस्थित थियो।
स्मरण रहोस सो भेटघाटको कार्यक्रमको आयोजना नेपालका स्पानिस मित्र मियान भिन्यास पातो र एकराज गिरीको पहलमा गरिएको थियो।
हाम्रा मित्र एकराज गिरीको सक्रियतालाई हार्दिक बधाई छ।