हिमाेढ पहाडी
धराेधर्म साइली !
म अाफू जन्मेकाे माटाे छाेएर भन्छु
अाफ्नाे जन्मभूमिकाे कसम खान्छु
र त भन्छु
मेराे देश बुद्धकाे देश हाे ।
सगरमाथाको काखमा अवस्थित मेराे देशले
कुनै दिन तपाेभूमि बनेर
वाल्मीकि र वेदव्यास जन्माउँदै
अाफ्नाे पवित्रताकाे परीक्षा दिँदै
पाैराणिक कालखण्डमा
स्वार्णिम इतिहास रचेकै त थियाे ।
साइली! केही पापी अाँखाहरुले
मेराे देशकाे पवित्रतामा धावा बाेलेर
बुद्ध लुट्ने प्रयास गरिरँहदा
म बलभद्र बनेर
राष्ट्रिय स्वाभिमानकाे रक्षा गर्नु
अपराध कसरी हुन सक्छ ?
साइली! तिमीले एक पटक
अाफूलाई अामा सम्झेर त हेर
कसैले तिम्राे काख लुट्याे भने
तिमी पनि त प्राणकाे बाजि राखेर
बिद्राेही बनेर शत्रुकाे मुकाबिला गर्छौ ।
अाज टुँडिखेलमा
देशकाे छाती गाैरवले फुलेकाे छ
तिम्रा वीर विराङ्गना
हजारौं सन्ततिहरु एकैपटक
एकै सुर र तालमा
बुद्ध वचन धम्मपद वाचन गर्दै
विश्वलाई भनिरहेछन्
ए! पापी अाँखाहरु
बुद्धलाई हामीबाट लुट्ने दुस्साहस नगर ।
साइली! उठ अब नराेउ
तिम्रा सन्ततिहरुले अाज
टुँडिखेलबाट उद्घाेष गरेका छन्
कुनै पराइले बुद्धकाे नाम भजाउँदै
स्वार्थको व्यापार गर्याे भने
उनीहरू बलभद्र बन्न सक्छन्
त्यसैले साइली!
नेपाली माटाेलाई साक्षी राखेर
अाउ फेरि बाचा गराैँ
अब हामीले विश्व शान्तिकाे बिज राेप्ने
अर्को एउटा बुद्ध जन्माउनु छ ।
३ मार्च २०१८
पाेल्याण्ड