हालै पोल्यान्डमा शुरु भएको चिसोको कारणले ६० भन्दा बढीको मृत्युु भएको खबर विभिन्न विबिसी लगायत अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । हालैका दिनमा पोल्यान्डमा -१५ -२० को चिसोको कारणले जनजीवन देशभरी जनजीवन प्रभावित भएको छ । सरकारले चिसोको कारणले कोहि बाहिर धेरै बसेको जस्तो शंका भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि उर्दी जारी गरेको छ । देश व्यापी चिसोको कारणले यो हप्ता मात्र पोल्यान्डमा २३ जना भन्दा बढिले ज्यान गुमाउनु परेको छ । स्मरण रहोस् यसरी ज्यान गुमाउने चिसोको कारणले अत्यधिक मादक पदार्थ पिएर बाहिर धेरै समय रहने र चिसोमा कठ्याङृएर मरेका छन् ।
चिसोमा परेर हालसम्म कुनैपनि नेपालीहरु पोल्यान्डमा प्रभावित भएको खबर भने प्राप्त भएको छैन ।
पोल्यान्ड युरोपेली मुलुकहरुमा अत्यधिक जाडो हुने देशहरुमा पर्दछ ।