नेपाल बाट १२-१५ लाख तिरेर कुक ल्याउने र तिनीहरुलाई मासिक न्युन ज्यालामा काममा लागाउने र रातरात करोडौ कमाउने बिजनेसम्यान हरु अहिले धेरै नै समस्या परेर निकै सस्तो मुल्यमा रेस्टुरेन्ट बिक्रि गर्न थालेका छन्।
नेपाल बाट कुक मगाउनलाइ इमिग्रेसनले कडाई गरेको कारणले गर्दा अहिले काम नसीकि र जापनको बारेमा थोरै भय पनि ज्ञान नलिई पैसा मात्र तिरेर जापन आउन चाहानेको को लागि सपना जस्तै हुन थालिसकेको छ ।
केहि महिना अगाडी सम्म रेस्टुरेन्ट संचालक संचालक को बिचमा प्रतिस्पर्दा थियो कसले धेरै रेस्टुरेन्ट खोल्ने भनेर तर अहिले तिनै साहुजीहरु को मुखबाट रेस्टुरेन्ट चलाउने मान्छे चाहियो नत्र रेस्टुरेन्ट नै बेच्नु परयो भन्ने बोली सुनिन थालेको छ कतीपयले भाडामा चलाउने मान्छे खोजिरहेका छन्।
एक हिसाबले नेपाल बाट आउने कुकलाई कडाई गरेको कारणले गर्दा जापानमा रहेका कुकहरुको लागिभने सस्तोमा रेस्टुरेन्ट किनेर मालिक बन्ने अबसर आयको छ अथवा काम गरिराखेकै ठाउमा अहिले को भन्दा राम्रो सेवा सुबिधा पाउने अबस्था रहेको छ।
अर्को तर्फ कुरा गर्ने हो भने विद्यार्थीहरुले सस्तोमा रेस्टुरेन्ट किनेर बिजनेस भिसा बनाउने पनी सुनौलो अबसर आयको छ । आफुले विद्यार्थी भिसामा रहदा इज़काया ,रेस्टुरेन्टमा बाईतो गर्दा सिकेको सीपलाई सदुपयोग गरेको खण्डमा रेस्टुरेन्ट राम्रो सँग चल्न्ने कुरामा विद्यार्थीहरु बिस्वस्थ भयर धमाधम रेस्टुरेन्ट किन्ने गरेको पाईयको छ।पछिल्लो केहि महिनादेखी जापानमा रहेका समाचार साइटमा रेस्टुरेन्ट बिक्रिका सुचनाहरु बढ़दो मात्रामा आउन थालेका छन।😀😀😀😀😀😀😀
श्रोत
https://gaijinsewa.com/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%a8/