नवराज पोखरेल रोमानिया
बुडापेस्ट, हंगेरी।
जर्मनीका लागि नेपाली राजदूत महामहिम रमेश खनालले हंगेरीको हालै औपचारिक भ्रमण गर्नु भएको थियो। उहाँले हंगेरीका राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै बुडापेस्टमा बसोबास गर्ने नेपालीहरुसंग भेटघाट गर्नु भएको थियो।
हंगेरीका लागि नेपाली पर्यटनदूत नारायण भण्डारी र एनआरएनए हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले महामहिम राजदूत खनालको हार्दिक स्वागत गरेका थिए।
भेटघाटको कार्यक्रममा हंगेरीमा नेपाली समूदायहरूमा आई पर्ने बिभिन्न समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल भएको थियो।
हंगेरीमा नेपालबाट निर्यात गरिने अधिकांश सामानहरूको ब्राण्ड नभएका कारणले सो तयार गर्न हंगेरीमा धेरै पैसा खर्च हुने हुँदा नेपाल सरकारले नेपालमा नै ब्राण्ड रजिष्ट्री गराउनका लागि अनुरोध गरिएको थियो।
महामहिम राजदूत रमेश खनालले हंगेरीका ब्यापार ब्यवसायी र टूर एजेन्सीहरूसंग पनि भेट गरि नेपाल र हंगेरी बीच पर्यटनको विकास सम्भावना बारेमा ज्यादै चासोका साथ छलफल भएको थियो।
पर्यटनदूत नारायण भण्डारी र एनआरएनए हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ धन्यवादका पात्र छन्।