बरिष्ठ लोक गायक राजु परियारले र सिनेकर्मी इकुले वारसवा पोल्यान्ड तताउने
पोल्यान्डको वारसवामा बरीष्ठ लोक गायक राजु पारियारले संगीतइक कार्यक्रम दिने भएका छन् । उनको साथै सुलेमन शंकर इकु पनि पोल्यान्ड आउन लागेको खबर पोल्यान्ड नेपाललाई प्राप्त भएको छ । पर्सी नै पोल्यान्ड अाइपुग्ने जानकारी व्यवस्थापनमा खटिएका आश्विन परियारले पोल्यान्ड नेपाललाई बताए । स्नेह बालघरको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुन लागेको पनि उनले जानकारी दिए ।
साथै २४ गते फेब्रुअरीमा हिमालय यती रेस्टुरेन्टमा सांस्कृतिक कार्यक्रम हुन गैरहेको छ भने किनो लुना मा दोश्रो दिन नेपाली चलचित्र फिर्के प्रदर्शन हुन लागिरहेको पनि जानकारी दिएका छन् । स्मरण रहोस् दुई दिन सम्मको कार्यक्रमको लागि एउटै टिकटले काम गर्ने र टिकटको मुल्य ५० ज्लोटी राखिएको पनि जानकारी दिएका छन् । साथै एक जनालाई फिर्के चलचित्रको साथमा अाइ फोन आठ भाग्यमानिको हातमा भनेर फिल्म हेर्ने वा कार्यक्रममा आउनेलाई पुरस्कार पनि राखिएको आयोजकले जनाएको छ ।
हिम सम्झौता डिजिटल काठमान्डौले संयोजन गरेको उक्त कार्यक्रमको लागि शुभकामना हिम सम्झौता डिजिटलले दिएको छ र आफ्नो फेसबुकमा शुभकामना दिदै लेखेको छ । हार्दिक शुभकामना !
हिम सम्झौता डिजिटल प्रा.लि को सम्योजन तथा अश्बिन सर र सिद्दार्थ रेस्टुरेन्टको आयोजनामा बरिष्ट लोक गायक राजु परियार तथा ईकु सुलेमान शङ्करको बृहत सास्कृतिक कार्यक्रम युरोपको पोल्यान्ड, स्पेन लगायतका देशहरुमा यहि फेब्रुअरी २४ बाट हुन गैईरहेको जानकारी गराउन चाहन्छौ। एउटा श्रष्ठाले सिङ्गो क्षेत्र र देशकै प्रतिनिधित्व गर्दछ त्यहि सिलसिला यो सास्कृतिक कार्यक्रमले निधि गर्नेछ। यहाँ सम्मको सम्पुर्ण सहयोगका लागि विशेषत अश्बिन सर तथा अनिल परियार ज्यु प्रती कृतज्ञता प्रकट गर्दछौ। स्वभाविक रुपमा यो प्रयास आफैमा सिङ्गो नेपाली गीत-सङीतको उत्थान र प्रवर्धनको पाटो पक्कै हो। यस बृहत् कार्यक्रम सङ्ग जोडिनु हुने तमाम आदर्णिय दर्शक दिर्घामा लाख लाख धन्यवाद ब्यक्त गर्दछौ।