बिरगन्जमा हुन्डी कारोबार गर्ने पक्राउ

1475414180_unnamed-3-750x410
राससमा प्रकाशित समाचार अनुसार
पर्सा, २८ माघ : सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

वीरगन्जको लिंकरोड स्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले रु ५५ लाख ६४ हजारसहित चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो ।

न्यू दक्षिणकाली अटोमोबाइल्सबाट अवैध रकम ओसारपसार हुने गरेको पूर्वसूचनाको आधारमा छापामारी गर्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, छ थान मोबाइल र नगद बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका मध्ये भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रितेशले वीरगन्जमा बुझेको रकम अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.