मित्र लाल पार्दे पोल्यान्ड
आदरणीय मेनपावर व्यवसायीहरु एवम गैर व्यवासायीहरु नमस्कार
तपाईंहरुले काम गर्नुहोस् त्यसमा मेरो कुनै आपत्ति छैन । तपाईंहरुलाई कसैले १० लाख १२ लाख बुझाएर खुशीले पैसो दिन्छ भने मेरो भन्नु केही छैन । अहिलेको संसार एउटै गाउँ भएको छ । तपाईंले काम गरिदिएबापत कसैले सुनको सिक्री नै दिन्छ भने पनि मेरो केही छैन तर दु:ख साथ म भन्न गैरहेको छु । यदी कुनै पनि मेनपावर व्यवसायीले पानी अभियान शुरु भएको गाउँ सुनपुरमा गएर पोल्यान्डको लागि , १२ लाख उठाएर पोल्यान्डको कृषि काममा म पोल्यान्ड ल्याउछु भन्छ भने मलाई सहनु छैन ।उनिहरुले खुशी साथ घर जग्गा नै दिन्छन भने मेरो भन्नु पो के भो र ? उनिहरुलाई फकाएर नलिनुहोला । उनिहरुले यो मित्रलाललाई जरैदेखी चिनेका छन् । नेपालको लागि केही गर्छु भन्ने संस्थाहरु चुप लागेका छन् । म पानी अभियानको लागि निरन्तर लडिरहेको छु । मलाई पनि रहर थियो मेरो गाउँका भाईहरुलाई जागिर दिने तर काममा लगाए वापत कसैले पनि नसुहाउदो लिनुहुन्न भन्ने मेरो मान्यता हो तर यहाँ त न त समाजले कुनै चासो देखाउछ न त कलाकारहरु न त संस्थाहरु न त सरकार न त स्वदेशका नागरिक समाज । तर दलाली तन्त्र सरकारी निती र दलाली तन्त्रमा मेरा गाउँका भाईहरु विश्वास यसरी गरेका छन् कि मानौ उनिहरुलाई तिनिहरुले जिन्दगी नै बनाइदिन्छन् । सत्यको लागि लड्नेहरु कहिलेकाही एक्लिनु पर्दछ । म तयार छु एक्लिन । सर्पको बिष सर्पले नै ठीक गर्नु पर्ने म बिदेश लिने पक्षमा छैन होइन युरोप देख्न मन लागेकै छ भने आफ्नो श्री सम्पत्ति डुबाएर नहिंड्नुहोस् । युरोपमा दबिएकाहरुको आवाज कसैले सुन्दैनन यो पनि थाहा छ भोली १२ लाख लगाएर युरोप हिंड्ने भाईहरुलाई कुनै मर्का नपारेर मेरो गाउको भाईलाई यथार्थ जानकारी दिएर काम गर्ने कि नौटन्की सेटिङ भनेर भ्रस्टाचारको बढावा दिने पक्षमा छैन पोल्यान्ड समाजले बुझोस् १२ लाखमा उसलाई आउन दिएर दलालीतन्त्रको बिकास गर्ने कि सम्झाउदै फकाउदै भर सक त यथार्थ जानकारी दिने र यथार्थ जानकारी दिएर सुहाउदो रकम ल्याउन सम्बन्धित व्यवसायीहरुलाई प्रेरित गर्ने । सरकारलाई पनि दबाब दिने कि व्यवसायिहरु मर्कामा पर्ने गरी राखिएको नौटन्की नियममा फेर बदल गर्न लगाउने । शुद्द व्यवसायी हो भने तपाईंहरु किन हिच्किचाउनु पर्यो ? के यो बेथिती समाजले टुलु टुलु हेर्ने हो त ? कसैको पनि सपना बिदेशमा राम्रो गरु भन्ने हुन्छ त्यो सपनालाई तुहाइदिएर शरणार्थी बन्न नेपाली समाजलाई प्रेरित गरिरहने ?
म वाध्य भएर सोच्न नपरोस यदी कसैले चासो लिएन भने म वाध्य भएर तिनिहरुको लाखौं रुपैया बचाइदिनको लागि भए पनि कदम चाल्नेछु ।
मेरो मान्यता यती हो बिदेशको नाममा लाखौं लगानी लगाएर नहिडुन् । घर जग्ग बन्धकी राखेर नहिडुन् । लाखौं लाख रिन लगाएर बिदेश नहिडुन् सुहाउदो खर्च गरुन् । मेरो मान्यता यही हो । गाउका बुवा आमा सित क्षमा माग्दै आज पोल्यान्डमा तपाईंको कागज पत्र निकाल्दा खट्नु पर्ने समयलाई यहाँको पारिश्रमिक अनुसार सेवा शुल्क लिएर जुन मेनपावरले निती अनुसार काम गर्नेछ त्यसइलाई पठाउनेछु र त्यो मेन पावरले पनि भौचर दिनुपर्नेछ । यती गर्दा बिल पुर्याइदिदा पनि कसैले दलालले ठग्यो भनेर आँखाबाट आसु झार्नेलाई भिर बाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिदैन , पोल्यान्डमा बस्नु भएका साचिक्क्कै व्यवसायिक धर्म र नेपालमा रहने साचो व्यवसायिहरु हुनुहुन्छ भने तपाईंहरु एक जुट भएर किन एउटै मुल्य निकाल्न सक्नुहुन्न ?
पोल्यान्डमा कुनै कागजपत्र डकुमेन्टेसन भनेर बिल पनि दिन सक्छन तर तपाईंहरु किन बिल दिन सक्नुहुन्न ? यदी सरकारले रोकेको छ भने किन सरकारको बिरुद्दमा आवाज उठाउन सक्नुहुन्न ? आखिर यो बेथितिको मर्का व्यवसायिहरु पनि हो तपाईंहरुको नाममा कसैले चल्खेल पनि गरिरहेको हुन्छ । मेनपावर व्यवसायीहरु हुनुहुन्छ साचिक्कै शुद्द पेशा गर्ने हो भने मान्छे भ्रममा पर्ने छैनन् । लिनै परे पनि मान्छेलाई रिनको माला बोकाएर नगरिदिनुहोस् । तपाईंहरुले कसैलाई दलाली गर्न प्रोत्साहित गर्नु पर्दैन । बरु तपाईंहरुले त स्वदेशमा पनि हजारौ रोजगार निर्माण गर्न सक्नुहुन्छ । जब बार बार लेख्दा कसैले सुन्दैन तब मित्र लालले आफ्नो गाउका भाईहरुको रकम बचाइदिनु पनि आफ्नो धर्म सम्झनेछ । मलाई थाहा छ यहाँ उड्ने किराहरु भन्दा नदेखिने भाईरसहरु खतरनाक हुन्छन् । बेथितिसित लड्दा हुनु पर्ने घटनाको जिम्मेवार सम्बन्धित निकाय हुनेछन् ।
युरोप मान्छे ओसार्यो भनेर सेता पानाहरुमा काला अक्षरहरुले भाईरल पनि बनाउनेछन् मित्र लालको ईतिहास परिवार नबुझेर त्यो दिन सारा भ्रश्टाचारीहरु थपडि बजाउनेछन केही महान सामाजिक अभियन्ताहरुले त्यो दिन सारा समाजको अगाडि सिताले अग्नी परिक्षा दिए झै समाजको अगाडि दिनेछु त्यो दिन मेरो भगवानजस्ता बुवा आमालाई साक्षी राखेर समाजको अगाडि परिक्षा दिनेछु । मैले चाहे रिन लागोस समाजको हित होस् भनेर लगाएकै छु तर कसैको व्यक्तिगत स्वार्थको लागि पूजा भने गरेको छैन सोच्नेहरुले जे सुकै सोचुन त्यो मेरो बिषय पनि भएन । मैले प्रतिष्ठित कम्पनिमा काम गरेकै थिए । सत्यता इमान्दारिताको बाटोको पिडा मैले भोगेकै छु । समाज प्रती उदार भएर काम गर्नुको पिडा मैले भोगेकै छु । अरुको हितको लागि काम गर्दा आफुले बेहोरेको दु:ख मैले अनुभुती गरेको छु त्यो समय आए पछी बताउनेछु । अरुको जिन्दगीको लागि आफ्नो जाचलाई मतलब गरेन त्यो पिडा मैले भोगेकै छु । अरु पिडा त्यो दिन बताउनेछु जुन दिन पानी अभियान सफल हुनेछ त्यो दिन अझै सफल त भइसकेको छैन यद्दपी साथ समर्थन त पाइरहेकै छु । जे काम गर्छु अरुको लागि पनि होस् भनेर गर्छु । बाहिर बजारमा पोल्यान्डको नाममा मेरो गाउको युवाहरुबाट १२ लाख उठाएर पोल्यान्ड लिएको सुन्न नपरोस अली अली सुन्दैछु किन कि म त्यही गाउ जाने हो उनिहरुलाई सिकाउने हो मेरो सोच बिस्तार गर्नुछ । मेरा गाउँका भाईहरु बिदेश पोल्यान्ड आउने नै हो भने एउटा शर्तमा म लिन वाध्य हुनेछु . । कहिले काही जब समाज मुर्दा झै सुत्छ जब हुने खानेहरु चुप लाग्छन त्यतिखेर मित्रलालहरुले लेख्नु पर्दोरहेछ । मलाई बाच्नुछ मलाई मान्छे मार्नुछैन मलाई मान्छेहरु रिन लगाएर बिदेश मान्छे ओसार्नु छैन यो कामको लागि प्रेरित पनि नगरोस् । मलाई सारा घरबारि बेचेर रिन तिर्न म तयार मान्छे हो । मैले बार बार भनेको छु ए मेरा गाउका युवाहरु हो । बिदेश हिडिहालेपनी आखिर पोल्यान्ड आएपछी मेरो आत्माले भाईहरुको दु:खलाई १२ लाखमा साटेको मन पर्दैन । आदरणीय बुवा आमा तपाईंहरु कुनै चिन्ता नगरनु होला मेरो लागि । साला सरकारको कुरो त डाडुमा पानी तताएर पिए जस्तो छ । सरकार सित पनि अब मेरो कुनै गुनासो रहेन । दुतावास हरुसित पनि मेरो कुनै गुनासो रहेन समाजसित पनि कुनै गुनासो रहेन गुनासो यती हो न्यायको लागि समाजले आवाज उठाउने कि भ्रस्टतन्त्रको विरुद्दमा आवाज उठाउने । म लड्न तयार छु म जेल जान तयार छु । मेरो भन्नु केही छैन ब्यापार गर्न आउनुहुन्छ भने मेरो भन्नु केही छैन । होइन मलाई मुछन चाहनुहुन्छ भने मैले एउटा शर्तमा मेरो गाउका भाईहरुलाई पोल्यान्ड लिनेछु । कहिलेकाही यस्तो अवस्था आउदो रहेछ हतियार उठाउने अपराधी हुँदैनन नचाहदा नचाहदै समाजले देवीलाई बेश्या बनाउछ भने त्यो बेश्या देवी हो तर समाज बेश्या हो आज म रहरले होइन सामाजिक बेथिती देखेर अनि आफ्नै गाउका भाईहरु करोडौ रकम अनुत्पादक ठाउमा खर्च गरेको देखेर पिडा बोध हुँदै यी भावनाहरु व्यक्त गर्न पुगे तिनिहरुले पोल्यान्ड जस्तो देशमा कम्पनिमा काम गर्न आउँदा १२ लाख खर्च गर्नु नाजायाज छ । कहिलेकाही यस्तो अवस्था आउदोरहेछ यथार्थ जानकारी दिएको छु सरकारले चासो राख्ने हो भने थोरै लगानिमा पोल्यान्ड आउन सक्नेछन् । हरेक घर धारो हरेक गाउ सिंचाइ नारामा समर्पित भएको मित्र लाललाई कसैले ठुलो स्वार्थ राखेर अफर दिनु पर्दैन सेवाको शोषण नगरे पुग्छ ।श्रमको सम्मान गरे हुन्छ तर मान्छेलाई उता पेलिने काम गरिनु भएन । सरकार पनि चुप लागेर बस्नु भएन ।
पानी अभियान सफल हुँदा दिन गाउँमै आएर म सारा व्रितान्त बताउनेछु । मेरो लागि बाँच्न र खान पुगे भो तर बेथिती युक्त समयमा कसैले चासो नदिएपछी यो मित्र लाल अब चुप लाग्दैन । साला पूँजीवादको बिरुद्दमा आज वाध्य भएर म यो लेख्दैछु । प्रमाण त कसले दिन सक्छ र ? ? जब मान्छे समाजको लागि मर्छ तब बल्ल समाज जाग्छ । घरका भाईहरुले बुझ्दैनन युरोप भने भो । जब कि युरोपको नाममा अरबौ मेरो देशले खर्च गरेको छ । तर युरोपबाट मेरो देशले के पायो त ? बरु बिदेशिहरुको नाममा हजारौ खान नपाएका गोराहरुले काम पाएका छन् । शान्दार काम पाएका छन् । बरु ठगी हिंड्नेहरु ताइ न तुइको वकिल पो भएका छन् । ठगी हिंड्नेहरु ताइ न तुइको कम्पनिको डाइरेक्टर पो भएका छन् । मलाई पोल्यान्डमा दलाली गर्ने भाई बहिनिहरु प्रती पनि कुनै गुनासो छैन किन कि बिचरा उनिहरुलाई पनि त्यही निती भोगेर आएका छन् . । उनिहरुलाई त्यही गर्न सिकाइएको छ । उनिहरुलाई बाटो देखाउने कुनै अगुवा छैनन् अगुवा छन् त अल्पमतमा छन् तर जब समस्या आउछ तब त्यही अल्पमतको साथ लिन वाध्य हुन्छन् । अब भाई बहिनिहरु हो मात्र १ पटक १ वर्ष राम्रो कामको लागि हात हालौ । असम्भव छैन तपाईं हाम्रो पैसाले झन्डै पोल्यान्डमा मात्र ५००० युरोपियन नागरिकहरुले रोजगार पाएका छन् तपाईंहरुले पनि राम्रो पाउनुहुन्छ यदी थोरै लगानिमा पोल्यान्द आउने हो भने उनिहरुको सोच सकारआत्मक हुन्छ । तर ढाड सेकिने गरी पोल्यान्ड आएपछी न त घरको न त घाटको । उहिले गोराहरुले सिक्रिमा बाधेर कालाहरुलाई जीवनभर शोषित गर्थे रे अहिले गोराहरुको देशमा सिक्रिमा बाधेर त राख्दैनन तर ढाड सेकिने गरी युरोप छिरे पछी त्यो कमाइ गर्न कमैया जस्तै काम गर्नु पर्ने हुन्छ जीवन भर न त कमैया बन्न सक्छ न त समाजमा खुलेआम हिंड्न सक्छ ? यो बेथितिको अन्त्य कसले गर्ने ?एउटा त्यतिक्कै बिदेश लिन हुन्न भन्छ अर्को होइन लिनुपर्छ पैसा धेरै लिनुपर्छ भन्छ यो द्वन्दको अन्त्य कसले गर्ने ? । समाजमा निकास हो कि खाली एकापसमा मान्छे लडाउने होइन । बिदेश केही सिक्न आउनु ठीक छ । किन कि महात्मा गान्धी पनि २० वर्ष विदेश बसेकै थिए ।
तर अनावश्यक आउन खोज्ने आएर फेरी समाज गाली गर्ने यो प्रव्रिती गलत छ । सरकारी निती गलत छ । सोझा सिधालाई नैतीकताको पाठ सिकाउने अनि भ्रस्टाचारमा आँफै रूमल्लिने सरकारी निती खराब छ ।नेपालको सरकारी निती ठीक हुने हो भने कोही पनि बेरोजगार हुनुपर्दैन । अनि यो पूँजीवाद निती पूर्ण तया खराब छ । यही पूँजीवादको भुमरिमा परेर हाम्रा अस्तित्वहरु लोप हुँदैछन । यही पूँजीवादले नबुझेर गाढा सम्बन्धहरु बिग्रदैछन ।
बिदेशिहरुले आफ्नो देशको जनतालाई चुस्ने काम त गरेका छैनन् ।सेवाको नाममा कामदार शोषण गर्ने कम्पनीहरु पनि दलाल हुन् । सेवाको नाममा कसैको श्रम शोषण गर्ने कथित सामाजिक संस्थाहरु पनि दलाल हुन् । सेवाको नाममा घुस लिने सरकारी कर्मचारी पनि दलाल हुन् . सेवाको नाममा कसैलाई निशुल्क काम लगाएर आफ्र्नो स्वार्थ लिने व्यक्तिहरु पनि दलाल हुन् दलाल मान्छे ल्याउनेहरु मात्र होइन अरुको रचना चोर्नेहरु पनि दलाल हुन् । एउटा श्रम जिबिले घण्टा घण्टा काम गरेको हुन्छ त्यसको घण्टा चोर्ने कम्पनी मालिक पनि दलाल हो ।अरुको गोपनियता भङ गर्ने पनि दलाल हो ।
। भाई बहिनिहरु हो सेवा शुल्क बाजा बजाएर लिनुहोस् तपाईंलाई कसैले दिदैन खान बस्न दिदैन खाली सेवा मात्र पनि खोज्छन केही व्यक्तित्वहरु , तर ठगेर नलिनुहोस् । पोल्यान्ड आएका हरेक भाईबहिनिहरु भोली यो दाइले भनेको ठीक रहेछ भन्ने सोचेर सामाजिक प्रगतिको लागि अगाडि बढीदिनुहोस् । कलाकारहरु पोल्यान्डको नाम लिएर युरोप लुक्ने बाटो नबनाइदिनुहोस् । किन कि कलाकारिताको कारणले देश बद्नाम हुनुहुदैन । व्यक्तिको कारणले देश र समाज गन्हाउनु हुँदैन । मेरा बुवा आमाहरु छोराले कमाएन भनेर चिन्ता नगरनुहोस् , मेरो घर समाज हो । जहाँ जानेछु त्यहा म बोलिरहनेछु मेरो सोचलाई अगाडि बढाउन मलाई महलको आश छैन मलाई मात्र यो बेथिती समयमा निकालेको सोचलाई बुझाउनुछ म बुझाउनेछु सम्झाउनेछु आखिर सत्यको जित एक दिन हुनेछ । जती तपाईंहरु महलको सपना देख्नु हुन्छ त्यती धुर्तहरुको जालमा पर्नुहुन्छ । हामीहरु गरीब हुँदै होइन नेपाल गरीब हुँदै होइन किन गरीब भनेका छौं ? मात्र राजनीति गरीब हो ।