अपृल २१ , र २२ गते बेलायत लन्डनमा हुन गइरहेको युरोपियन इनास नाच तथा गीत प्रतिगियोगिताको लागी पोल्यान्डबाट कलाकारहरु छनौट भएका छन् ।
इनास पोल्यान्डको आयोजनामा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिती पोल्यान्ड सभापति डा एलिनी पोखरेल सुवेदी , इनास ग्लोबल उपाध्यक्ष एवं पानी अभियानकर्ता मित्र लाल पार्दे एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राइ प्रवासी मन्च पोल्यान्ड महासचिव प्रदीप अधिकारी इनास ग्लोबल प्रतिनिधि (जि आर सी) नरेश सापकोटा लगायत बिभिन्न व्यक्तित्वको उपस्थिति थियो । उक्त कार्यक्रममा डा एलिनी पोखरेल सुवेदी लगायत बिभिन्न व्यक्तिहरुले शुभकामना दिनु भएको थियो ।
इनास पोल्यान्डका अध्यक्ष श्री श्री कृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लन्डन युरोपियन भेलामा भाग लिनको लागी पोल्यान्डबाट नाचतर्फ अपि न्यौपाने गीत तर्फ पृतम लुइँटेल र एक माया पुलामी छनौट भएका थिए ।
स्मरण रहोस् इनास युरोपियन नाच प्रतियोगितामा समावेश हुने अपि न्यौपानेको लागि र पृतम लुइटेलको लागी इनास दर्ता शुल्कको प्रायोजन नरेश सापकोटा र कलिउड पोल्यान्डका सुरज कार्कीले गर्ने भएका छन् ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
कार्यक्रमको सहजीकरण इशु श्रेष्ठ सोम सैन्जु लगाययत इनास पोल्यान्डका कार्यसमिति सदस्यहरुले गरेका थिए
।