वारसवा पोल्यान्ड फेब्रुअरी ११ मा कृ प्रदर्शन हुने

नेपाली सिने उद्योगको बहुप्रतिक्षीत चलचित्र मानिएको ‘कृ’ को प्रदर्शन वारसवा पोल्यान्डको सिनेमा हलमा हुने भएको छ।

कलिउड पोल्यान्ड र मेन पार्टनरको विशेष संयोजनमा प्रदर्शन गर्न लागिएको उक्त फिल्म वारसवा पोल्यान्डमा फेब्रुअरी ११ गते किनो लुनामा प्रदर्शन हुने भएको छ । स्मरण रहोस् उक्त फिल्मको टिकट रिजर्भेसनको लागी एस एम एस सर्भिस फर यु मा पनि सम्पर्क गर्न सकिने जानकारी फिल्म प्रदर्शन व्यवस्थापक सुरज कार्कीले दिएका छन् ।

FB_IMG_1517784147538
उक्त फिल्ममा स्टार अभिनेता अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्रमा अुनप विक्रम साहीलाई खलनायकका रुपमा देख्न पाइनेछ।

फिल्ममा नायक अनमोलको एक्सन रुप देख्न सकिन्छ। भारतमा बसेर मोडलिङ गर्दै आएकी अदिति यसै चलचित्र मार्फत नेपाली सिनेमा उद्योगमा डेब्यु गर्दैछिन्।

नायक अनमोल केसीको पारिश्रमिकमा कीर्तिमानी अनुबन्धनले चर्चा पाएको ‘कृ’मा कामेश्वर चौरासिया, सरोज खानाल, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय छ।

सुवास इन्टरटेनमेन्ट र सुपर काजल फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।

युरोपको शहर पोल्यान्ड राजधानी वारसवामा प्रदर्शन हुन लागेको उक्त फिल्म बाट पक्कै पनि भरपुर मनोरंजन लिने विश्वास कलिवुड पोल्यान्डले गरेको छ ।
FB_IMG_1517784136057

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.