पोल्यान्डको कामदार भिजाले मात्र शेन्जेन देश घुम्न सकिदैन

मित्रलाल पार्दे
पोल्यान्ड

१४ दिन अगाडि हो पोल्यान्डको क्यातोविच सुरक्षा बलले मलाई फोन गर्यो नेपालीहरु दुई दिन देखी जेल छन् । आउनु पर्यो । म मेरो आफ्नो अफिस काम भ्याएर के भएछ भनेर रातको एघार बजे ट्रेन चढेर गए ।वारसवा देखी सिधै ट्रेन भेटिएन ।अनि चेस्तोवा शहर पुगे ।वारसवा देखी धेरै टाढा क्यातोविच त्यहा तीन नेपालीहरू दुई दिन देखी समाएर राखेको रहेछ।उनिहरुको गोपनियताको कारणले नाम प्रकाशित गर्नु उचित हुँदैन । अनि रातको १.३० बजे मलाई सिमा सुरक्षा बल भाषा अनुवादको लागी चेस्तोवा शहरमा ट्रेनबाट झरेपछी लिन आयो र तीन बजे एउटा होटेलमा राख्यो । अर्को दिन सात बजे तीन जना भाइहरु रहेको ठाउँ लगेर गयो । उनिहरुलाई झन्डै ७ घन्टा सोधपुछ गरेपछि छोडिदिए । १४ दिन पोल्यान्ड बस्न पाउने अनुमति दिएर । १४ दिन भित्र उनिहरुको आफ्नो आधिकारिक समाचार प्रकाशित नहुदै अरुले सार्वजनिक गर्न नमिल्ने जानकारी गराएका थिए । आज बिभिन्न मिडियामा त्यही समाचार प्रकाशित भएको रहेछ । उनिहरुको भनाइ अनुसार कुनै पनि कामदार हरु कम्पनीलाई नसोधेर भागेको खन्डमा र कम्पनीले नचाहेको र शेन्जेन भिजा नभएको अवस्थामा पोल्यान्ड सरकारलाई डिपोर्ट गर्ने अधिकार छ । उनिहरुले बताए यदि डिपोर्ट गरिएको पत्र अनुसार १४ दिन भित्रमा फेरि अर्को युरोपेली देशमा लुकेर गैरकानुनी रुपमा रहेको भेटिएर पक्डाउ भएको खन्डमा बढिमा तीन वर्ष जेल हुन सक्ने जानकारी पनि दिए ।
हामी जो सुकै जहाँबाट आए पनि सम्बन्धित उद्देश्य भन्दा अरु गैर कानुनी बाटोबाट समाधान खोज्छु भन्दा समस्या पर्न सक्छ । अत सबै बुझेर आउनुहोस् फलानो पोर्चुगल गयो फलानो नर्वे गयो भनेर नबुझेर नहिड्नुहोस । फलानो विना भिजा नर्वे जादा कसैले पक्डेन होला फलानो पोर्चुगल जादा बाटोमा चेकिङ भएन होला । चेकिङ भैहालेको खन्डमा कानुनी कागजात हुनुपर्छ । कानुनी कागजात बोकेर हिड्नुहोस । हाम्रो देशको सरकार नालायक भएकोले नेपाली युवाहरुले दु:ख पाएका हुन् । हामि पनि कुरै कुरामा हिड्नाले दुख पाएको हो । कोरिया पठाउदा २ लाख आफै लिने नेपाल सरकार युरोप पठाउदा ६० हजार भन्दा धेरै नल्याउ भन्छ तर युरोपको नाममा कसैले १२ लाख तिर्न तयार हुन्छ । नेपाल सरकारको नितिबाट शुद्ध व्यवसाय गर्नेहरु पनि पिडित छन् अनि कामदार पनि पिडित छन् । अत नेपाल सरकारको वैदेशिक रोजगार निति पुर्णतः फेल भएको छ । #जयहोस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.