पोल्यान्डमा जुन भिजामा आउनु भएको छ त्यही भिजाको नियम अनुसार बस्नुहोस । यदि शेन्जेन भिजा छैन भने लहलहैमा अरु देशमा नहिड्नुहोस । यदि पकडाउ परेमा डिपोर्ट हुने सम्भावना प्रबल हुन्छ ।
कुनै कम्पनीमा काम गरिरहनु भएको छ र कम्पनीलाई कुनै जानकारी नदिएर हिडेमा तपाइहरुलाई अप्ठ्यारो पर्न सक्छ किन कि कम्पनीले जिम्मेवारी नलिन सक्छ । कृपया कम्पनीको अनुमति लिएर हिडेको खन्डमा तपाइलाई सजिलो हुनेछ । कामदार भिजामा आएर आफ्नो कोहि बाहिर गए भन्दै आफु पनि हिडिहाल्ने नगर्नुहोस् ।हिडिहाले पनि नियम कानुन बुझेर हिड्नुहोस । । पोल्यान्डको शेन्जेन भिजा वा कार्ता पोबितु पोल्यान्ड पासपोर्ट नागरिक मात्र शेन्जेन देशहरुमा जान पाउछ ।
शेन्जेन देशमा जानुको अर्थ अरु युरोपियन शेन्जेन देशमा बढिमा तीन महिना घुम्न पाउने अधिकार हो सिधै काम गर्न पाउने अधिकार होइन ।